×

NMB BANK
NIC ASIA

समय त्यस्तै २०३२ सालको अन्त्यतिर हुनुपर्छ । बहिनीको विवाहको राति भागेको गोपाल पर्सिपल्ट त्रिशूली बजार पुग्यो ।

Muktinath Bank

पढ्न हिँडेको थाहा भए पनि कता जाने थाहा थिएन उसलाई । यसो त प्रथम परीक्षा पास गर्नासाथ कथावाचक बन्ने विचार नगरेको होइन उसले । यसका लागि सक्दो प्रयास पनि गरेकै हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिनताका गोरखाका लामिछाने थरी पण्डित जानेमाने विद्वान्मा गनिन्थे । उनको ख्याति पश्चिम १ नम्बर नुवाकोट, धादिङदेखि ३ नम्बर लमजुङ, तनहुँसम्म फैलिएको थियो । त्यस्ताको पछि लागेपछि राम्रै पण्डित बनिन्छ भन्ने लागेर उनीसमक्ष गएको पनि हो तर पण्डित बाजे यति व्यस्त थिए कि फुर्सद निकाल्नै सकेनन् । त्यसपछि निराश भई थप पढाइका लागि हिँडेको थियो ऊ । 


Advertisment
Nabil box
Kumari

त्रिशूली बजार पुगेपछि एउटा होटलमा बस्ने निधो गर्‍यो गोपालले । त्यतिबेला होटलमा खाने ग्राहकलाई बस्न सित्तैमा दिने चलन थियो त्रिशूलीतिर । साँझ खाना खाने बेला पल्लो गाउँका इण्डियन लाहुरे गुरुङ दाइसित भेट भयो उसको, जो छुट्टी सकिएर फर्किंदै रहेछन् देहरादून ब्यारेकतिर । उसलाई देख्नासाथ सोधे, ‘कता हिँड्या बाज्या ? निको चाल ‘छ्यान’ नि । ‘क्या नाम डिस्टप’ भाग्या त होइनौ ?’

Vianet communication

‘हो दाइ ! भागेरै हिँड्या हुँ ।’ 

‘क्यान भाग्या हौ नि ?’ 

‘पढौं कि भनेर ।’

‘भन्याभा’ हुन्थेन घरमा क्या नाम ?’

‘नहुने भएर नै ।’

‘खर्च पानी बोक्या हौ कि नाइ ?’

‘छ अलिअलि ।’

‘अलिअलि भन्या कति ?’

‘गोडापाँचै सय जति ।’

‘कसले द्या’ नि तुमारा क्या नाम ?’ 

‘गाउँकै घले काकासित माग्या सापटी ।’ 

त्यसपछि लाहुरे दाइले हरिद्वार रेल्वे स्टेसनमा लगेर झारिदिए । हरिद्वार ओर्लेपछि २ रात रेल्वे स्टेसनमा बितायो उसले । दिनभर स्टेसन वरपर घुम्थ्यो, रात मुसाफिरमा सुत्थ्यो । खानाका लागि १ माना जति भुटेको चना किनेको थियो, स्टेसन नजिकैको पसलमा । भोक लागे चना चपाउँथ्यो र स्टेसनकै ‘पिनेका’ पानीले प्यास मेटाउँथ्यो ।

तेस्रो दिन बजारतिर घुम्दै जाँदा एउटा गडवाली ढावामा पुग्यो । ढावा सञ्चालक गडवालतिरका सज्जन रहेछन्, जसले आफ्नै ढावामा काम दिने दया देखाए । त्यतिबेला गर्मीका कारण सबै विद्यालय बन्द रहेछन् । खुल्नासाथ राम्रो विद्यालयमा भर्ना गरिदिने आश्वासन समेत दिएका थिए उनले । 

करीब २ महिना त्यहीँ बितायो । दिनभर काम गथ्र्यो, साँझ ढावामै सुत्थ्यो । १ दिन घुम्दै गंगा किनारतिर गएको बेला दैवले एक नेपालीसँग भेट गरायो । बझाङतिरका जोशी थरी सज्जन पढ्न आएका रहेछन् तर त्यता बस्न मन नलागेर वनारस जाने तरखर गर्दै रहेछन् । उनकै साथ लागेर गोपाल पनि वनारस पुग्यो सोही सालको जुलाईतिर । गोपाललाई नेपाली संस्कृत महाविद्यालय मंगलागौरीमा छाडेर उनी कता लागे थाहा भएन । दशाश्वमेध घाटमा गाउँले दाजु छन् भन्थे सायद त्यतै लागे होलान् । 

त्यतिबेला नेपाली संस्कृत महाविद्यालय मंगलागौरीका प्राचार्य कृष्णप्रसाद ढुंगाना थिए कडा स्वभावका, जो कोही विद्यार्थी सामुन्ने पर्नै नसक्ने । निकै केरकार गरेपछि मात्र उसलाई बस्न दिन राजी भए उनी ।

वनारसको विशेषता के भने अग्लो घर साँघुरो गल्ली, जुन हेरे पनि उस्तै, नयाँ मानिसलाई बसेको ठाउँ पहिल्याउनै गाह्रो । एक दिन घाम ओइलाउन लागेपछि घुम्न निस्केको गोपाल फर्कने बाटो नचिनेर घुम्याघुम्यै भयो । हिँड्दाहिँड्दै अलाइपुरातिर पो पुगेछ राति १० बजेतिर । त्यतिबेला चितवन माडीका मित दाइ नाता पर्ने घिमिरे दाइ अलाइपुरा मुसलमान गल्लीमा दरवानी गर्दा रहेछन्, जोसित चितवनमा हुँदै चिनजान भएको थियो ।

अचानक गोपाललाई देखेर छक्क पर्दै सोधे, ‘ओ हो ! भाइ तिमी ? कसरी यहाँ आइपुग्यौ ?’

‘के भनौं दाजु ! यस्तै भयो ।’ मसिनो स्वरमा बेलिविस्तार लगायो गोपालले । 

त्यसपछि कुनै काम खोजिदिने आश्वासन दिँदै केही दिन आफ्नै डेरामा राखे उनले । २–४ दिनपछि नजिकैको अर्को गल्लीमा राति गस्ती गर्ने काम मिल्यो, जहाँ एकसेएक वनारसी सारी उत्पादन हुने गर्थे । 

साँझ १० बजेबाट शुरू भएको ड्युटी बिहान ६ बजेसम्म चल्थ्यो । रातभर सिठ्ठी फुक्दै ‘जाकते रहो’ भनेर कराउँदै गल्ली घुम्नुपथ्र्यो । तलब महिनाको डेढ सय भारु मिल्थ्यो, जुन महिना बितेपछि घरघरमा गएर माग्नुपथ्र्यो । ऊ ड्युटी सकी बिहान विद्यालयमा गएर सुत्थ्यो, साँझ खाना खानासाथ ड्युटी जाने गथ्र्यो । करीब ३ महिना यसैगरी बितायो । रातभर ड्युटी गरेपछि दिउँसो सुत्नै पर्‍यो । अनि पढ्ने कति बेला ? कसैले थाहा पाए सन्काहा प्राचार्यले कतिबेला के गर्ने हुन् ? थाहा थिएन । ड्युटी छाडौ हातमुख जोर्ने अवस्था थिएन, गरौ पढ्ने अवसर मिलेन । केही दिन काम छाडी विश्वनाथ गल्लीको सदावर्त खिचडी खाएर काम चलाउने प्रयास पनि नगरेको होइन तर भने जस्तो भएन ।

अघिल्लो दिन १२ बजे खाएको खिचडीले भोलिपल्ट १२ बजेसम्म धान्नुपर्ने हुन्थ्यो । नियतिले मजबुरीसित सम्झौता गर्न सिकाए पनि प्रकृतिले स्वीकारेन ।  

यत्तिकैमा दशैं मानेर पूर्वतिरका केही विद्यार्थी फर्केर वनारस फर्के । तीमध्ये १ जना जोखनराम संस्कृत पाठशाला खैरा मिर्जापुरका विद्यार्थी पनि रहेछन् । उनैबाट त्यहाँ खाने–बस्ने सहितको पढ्ने सुविधा छ भन्ने थाहा पाएपछि गोपाल पनि त्यतै लाग्यो । विद्यालय परिसर ठूलै रहेछ । कुनै पाठक थरी सज्जनले खोलेका रे बुवाको नाममा । बाहिर पढाइ हुन्थ्यो, भित्र बस्ने र खाने स्थान थियो । प्राचार्य जडाशंकर त्रिपाठी थिए साह्रै सज्जन ।

वातावरण राम्रै लागेकाले त्यहीँ बसेर पढाइ शुरू गर्‍यो गोपालले । छात्रावासमा बस्ने विद्यार्थी सबै नेपाली थिए । स्थानीय विद्यार्थीहरू घरबाटै आउजाउ गर्थे । समय बित्दै गयो । त्यही साल माघ महिनामा प्रयागराजमा महाकुम्भ मेला लागेको थियो । महिनाभर चल्ने मेलामा दैनिक २ करोडभन्दा बढी भक्तजनले गंगास्नान गर्थे रे !

गुरुले मेला भर्न जाने कुरा उठाउनुभएपछि गोपालले पनि सँगै जाने कुरा गर्‍यो । साथमा अन्य २ नेपाली विद्यार्थी पनि जान्छौं भन्न लागे । गुरुले विद्यार्थीको आग्रह टार्न सक्नुभएन र परिवारका साथमा उनीहरूलाई पनि लिएर जानुभयो, अन्तिमतिरको विशेष दिनमा गंगास्नान गर्ने गरी । मेला भर्न जाने यात्रुको भीड यति बढी थियो कि रेलको छतमा समेत सितिमिति बस्ने ठाउँ मिल्दैन्थ्यो । रेल्वे ट्राफिक जाम त्यत्तिकै, जसले गर्दा अघिल्लो दिन साँझ इलाहावाद पुग्नुपर्ने रेल भोलिपल्ट बिहान १० बजेतिर मात्र उत्रिन सफल भयो । 

मेलाको विशेष दिन त्यही भएकाले झोला शिविरमा राखेर गोपाल पनि गुरुजनको साथमा गंगाजमुना संगमतिर लाग्यो । भीडका कारण बाटो पाउन त्यति सहज थिएन । डोरी टाँगेर आउने–जाने बाटोको व्यवस्था गरेको रहेछ मेला प्रशासनले । शिविरबाट घुम्दैघुम्दै संगम पुग्दा साँझ झर्न लागिसकेको थियो । हतारहतार संगममा डुबुल्की मारी शिविरतिर फर्के सबै तर विडम्बना भइदियो के भने फर्कदा १ जना साथी छलिएछन् । शिविरमा पुगेर दिनभर सिमसिम परेको पानीले भिजेको लुगा फुकाली दोलाई ओड्ने विचारले आएको विचरा गोपाल सोही लुगाले साथीको खोजमा हिँड्न विवस भयो । माघको महिना, प्रयागराजको चिसो बालुवा, त्यसमाथि दिनभर परेको पानी किन खपिखानु हुन्थ्यो र जाडो । तैपनि स्युस्यु गर्दै हिँड्नुको विकल्प थिएन । 

तर भइदियो के भने जाडोले काम्दै मान्छेको भीडमा हराएको मान्छे खोज्न हिँडेको गोपाल कुन सड्को आफैं हराएर विपत्ता भयो, थाहा पत्तै भएन । उसको साथमा न थप लगाउने कपडा थियो, न पैसा नै । जो भएको शिविरमै राखेर हिँडेको थियो । यद्यपि गुरुजनहरूले रातभर खोज्ने प्रयास नगर्नुभएको होइन तर केही लागेन । भोलिपल्ट गुरुजनहरू निराश हुँदै विद्यालय फर्कनुभो, गोपालको भने अहिलेसम्म अत्तोपत्तो छैन । भीडले किचेर प्रयागराजमै विलीन भयो कि कुनै कुनामा बसेर दुनियाँलाई हेर्दैछ । खोज जारी छ, कतै भेटे खबर लिएर आउने वाचा बन्धनसहित आजलाई यति नै । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x