×

NMB BANK
NIC ASIA

सप्तरीमा छ महिनामा ४४ मानवअधिकार उल्लंघनका घटना

असार १७, २०७९

NTC
Premier Steels

सप्तरीमा छ महिनाको अवधिमा ४४ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटना भएको छ । इन्सेक सप्तरी शाखाले सन् २०२२ को जनवरीदेखि जुनसम्मको अवधिमा अभिलेख गरिएको घटना सार्वजनिक गर्दै सो जानकारी दिएको हो । यो छ महिनाको अवधिमा महिला र बाल हिंसाका घटना बढी अभिलेख गरिएको छ ।

Muktinath Bank

इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बढी चर्चामा रहेको घटनामा बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहलाई २०७८ माघ २१ गते देवरले पेट्रोल छर्केर आगो लगाई हत्या गरेको उल्लेख छ । हत्या आरोपमा पक्राउ परेका २१ वर्षीय परमेश्वर साह असार ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । यस्तै सुरुङ्गा नगरपालिका–२ घुमाउने चौरीकी ४३ वर्षीया देवकुमारी सदाको हत्या आरोपमा उनकी श्रीमान् ४९ वर्षीय अगहनु सदा रु ५० हजार धरौटी रकम राख्न नसक्दा चैत २२ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस वर्ष गैरराज्यबाट तीन हत्याका घटनामध्ये २७ र ३५ वर्षका दुई दलित र २५ वर्षका एक मुस्लिम समुदायका युवकको हत्या भएको अभिलेख छ । आरोपितहरू १६ मध्ये पुर्पक्षका लागि थुनामा दुई, धरौटीमा रिहा तीन, बालसुधार गृहमा एक र पक्राउ पुर्जी जारी भएका १० जना छन् । नवजात शिशुको हत्या घटनामा शव फाल्नेको पहिचान हुनसकेको छैन ।प्रतिवेदनअनुसार बालिका बलात्कारको १० घटनामा १८ वर्षभित्रका १० पीडित छन् । आरोपित १५ वर्षदेखि ६८ वर्षका १५ मध्ये पाँच पुर्पक्षका लागि थुनामा र पाँच जना बालसुधार गृहमा छन् । बाँकी तीन आरोपितविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने दुई जना हालै पक्राउ परेका छन् ।


Advertisment
Nabil box
Kumari

यसैगरी महिला बलात्कारका तीन घटनामा २५ माथि ४० वर्षीयासम्मका तीन महिला पीडित भएका छन् । बलात्कारको घटनामा १८ देखि ३० वर्षीय पाँच आरोपीमध्ये तीन फरार छन्, एक हालै पक्राउ परेका छन् भने एक जनाले सफाइ पाएका छन् । महिला बलात्कार प्रयासका एक घटनामा २८ वर्षीया महिला पीडित भएकी छिन् । उक्त घटनामा आरोपित दुईमध्ये एक धरौटीमा रिहा भएका छन् भने अर्का एक फरार छन् ।

Vianet communication

अमानवीय व्यवहारको एक घटनामा २७ वर्षीया एक महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ । परिवारकै सदस्यबाट भएको सो हिंसामा चार जना पुर्पक्षका लागि धरौटीमा रिहा भए भने दुई फरार छन् । इन्सेक प्रतिनिधि पोखरेलका अनुसार छ महिनाको अवधिमा बहुविवाहको पाँच, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारअन्तर्गत चार, घरेलु हिंसाका तीन तथा गर्भपतन, मानव बेचबिखन, अपहरण उद्योग, अभद्र व्यवहार, धम्की र झडपका एक–एक घटना अभिलेख गरिएको छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

चैत ४, २०८०

रुपन्देहीको एक गौतम परिवारले बुहारीलाई छोरीजस्तै अन्माएर पठाएका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ शान्तिपुर घर भई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका लक्ष्मीधर गौतमले बुहारीलाई दोस्रो विवाह ...

मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...

पुस १४, २०८०

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...

भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x