×

NMB BANK
NIC ASIA

सामान खरिद नगरी साढे ४ लाख रुपैयाँ भुक्तानी गरेका जोशीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

साउन १६, २०७९

NTC
Premier Steels

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीवरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनले ४ लाख ४७ हजार ५ सय रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो । 

Muktinath Bank

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार खरिद नै नगरिएका सामानहरूको समेत दाखिला प्रतिवेदन बनाई भुक्तानी लिने–दिने कार्य गरिएको भन्दै विशेष अदालतमा सोमवार मुद्दा दर्ता गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक वर्ष २०७३/०७४ मा फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन लिएको, बिलअनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको अनुसन्धानबाट खुलेको हो ।


Advertisment
Nabil box
Kumari

जोशी सरुवा भएपश्चात कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा कार्यालयमा फेला नपरेका सामानहरु खरिद नगरी वा हिनामिना गरेको सामानको दाखिला प्रतिवेदन बनाई भुक्तानी लिने–दिने कार्य गरेको अभियोगपत्रमा उल्लेख छ ।

Vianet communication

फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री खरिद गरिएकोमा खरिद भएका सामग्रीहरूमध्ये ४ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरका सामग्रीहरु कार्यालयमा नरहेको देखिएकाले जोशीविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०७९

मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत तत्कालीन मालपोत अधिकृत लेखा पनेरू महतको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी बनेकी भावना महतले बयान व्यहोराको प्रतिकूल बकपत्र दिएकी छन्।   पनेरुले १ लाख ५० हजार रुपैयाँ...

जेठ २८, २०७५

विराटनगर, २८ जेठ– रंगेली नगरपालिका–५ का वडा अध्यक्ष महानन्द मण्डलको दैनिकी अरुको भन्दा अलि फरक छ । उनको दैनिकी हरेक दिन आउने समस्या समाधान गर्नैमा बित्छ । तर समस्या समाधान हुन भन्दा पनि उनकै कारण...

माघ २४, २०७९

सल्यानको कालिमाटी सब डिभिजन वन कार्यालय कालिमाटीका फरेष्टर जय पृथ्वीराज बुढाथोकी, सहायक वन अधिकृत, वन उपभोक्ता समूहका अध्यक्ष, सप्लायर्ससमेत ६ जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ। ...

साउन २२, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् ।  आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसा...

असार १६, २०७९

राष्ट्रिय सूचना आयोगले माग गरिएबमोजिमको सूचना उपलब्ध नगराउने रौतहट राजपुर नगरपालिकाका कार्यलय प्रमुख तथा सूचना अधिकारीलाई जरिबानाको फैसला सुनाएको छ ।  राजपुर –१ का एक्रा मुलहकले माग गरेको स...

माघ ११, २०७९

बिचौलियाको काम गरेको अभियोगमा धनुषा जिल्ला प्रशासन कार्यालयबाट एक बिचौलिया बनेर सर्वसाधारणलाई दुःख दिने एक जना पक्राउ परेका छन्।  जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर बस्ने ३९ वर्षीय दीपक ठाकु...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x