×

NMB BANK
NIC ASIA

शंकाको घेरामा फैसला

विशेषको विवादास्पद फैसला– प्रश्न मात्र सार्दा पनि उत्तीर्ण गराउनेलाई सफाइ, प्रमाण बेवास्ता !

साउन २३, २०७९

NTC
Premier Steels

त्रिभुवन विश्वविद्यालय(त्रिवि)को उपप्राध्यापक पदका लागि लिइएको परीक्षामा १८ पटक प्रश्नपत्र मात्र सार्नेलाई उत्तीर्ण गराउने परीक्षक तथा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष अदालतले सफाइ दिएको छ । प्रमाणहरू अनदेखा गरी गलत आधार लिएर विशेष अदालतले सफाइ दिएको पाइएको छ ।

Muktinath Bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षाको परिणाम फेरबदल गर्ने/गराउने काम गरी भ्रष्टाचार गरेको भन्दै त्रिविका प्राध्यापक रामविश्वास प्रसाद साह, प्रा. चेतराज भट्ट, परीक्षार्थी अमरनाथ साह, प्रमोदकुमार गोइतसहित चारजनालाई प्रतिवादी बनाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेष अदालतका न्यायाधीशहरू द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यसहितको पूर्ण इजलासले फैसला गर्दा सबै प्रतिवादीलाई सफाइ दिएको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication

'फौजदारी मुद्दामा शंकाको भरमा कसैलाई कसूरदार ठहर्‍याउन नमिल्ने भन्ने न्यायिक सिद्धान्त समेत रहेको र शंकाको सुविधा अभियुक्तले भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त समेत रहेको परिप्रेक्ष्यमा प्रतिवादीहरूले आरोप-दाबीबमोजिम उपप्राध्यापक पदको लिखित परीक्षाको परिणाम फेरबदल गरे, गराएको भन्ने वस्तुनिष्ठ र निश्चयात्मक प्रमाणबाट सम्पुष्टि गर्न सकेको नदेखिएकाले शंका र अनुमानका आधारमा भ्रष्टाचारजस्तो गम्भीर फौजदारी कसूरमा प्रतिवादीहरूलाई कसूरदार कायम गर्न कानून एवं न्यायसम्मत हुने देखिएन,' विशेष अदालतको फैसलामा उल्लेख छ ।

'प्रतिवादीमध्येका अमरनाथ साह राष्ट्रसेवक नरहेको, अन्य प्रतिवादीहरू चेतराज भट्ट, रामविश्वासप्रसाद साह र प्रमोदकुमार गोइत राष्ट्रसेवक देखिएता पनि निज प्रतिवादीहरूले परीक्षाको परिणाम फेरबदल गरे/गराएको भन्ने दाबी वस्तुपरक रूपमा पुष्टि नभएको देखिँदा निज प्रतिवादीहरूले आरोप-दाबीबाट सफाइ पाउने ठहर्छ,' फैसलामा उल्लेख छ ।

'प्रतिवादीमध्येका रामविश्वासप्रसाद साह र चेतराज भट्टले परीक्षासम्बन्धी काम कारवाहीका क्रममा कुनै नियम वा आचरणको उल्लंघन गरेको देखिएमा निजहरूलाई त्रिभुवन विश्व विद्यालयको ऐन/नियमबमोजिम जे बुझ्नुपर्ने बुझी विभागीय कारवाही गर्नसक्ने नै भएकाले सोहीबमोजिम गर्न, गराउन त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षणका लागि जानकारी दिनू,' फैसलामा अगाडि भनिएको छ ।

हेर्नुहोस्, फैसलाको ठहर खण्ड :

भएको के थियो ?

शैक्षिक सत्र २०७२/०७३ मा विज्ञापन नम्बर ७ र ८ अन्तर्गत गणित विषयको आन्तरिक तथा खुलातर्फ उपप्राध्यापक पदका लागि लिइएको परीक्षामा व्यापक अनियमितता भएको थियो ।

आन्तरिक विशेष परीक्षाका लागि रोल नम्बर ५७०८ भएका विद्यार्थीको प्रथम पत्रको उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षामा सोधिएका कूल ५ वटा प्रश्नको उत्तरमा कूल १७ पटक प्रश्न मात्र सारेपनि पास गराइएको थियो । उक्त उत्तरपुस्तिका परीक्षक विज्ञ प्रा. डा. चेतराज भट्ट थिए ।

१ नम्बर प्रश्नको उत्तरमा उनले १ नम्बरकै प्रश्न हुबहु सारे पनि नम्बर दिइएको थियो। २ नम्बर प्रश्नको उत्तरमा २ नम्बरकै प्रश्न हुबहु सार्नुका साथै ३ र ४ मा समेत प्रश्न मात्र सार्दा पनि नम्बर दिइएको थियो। 

यसरी प्रथम पत्रको ३५ अंकका लागि सोधिएका कूल ५ वटा प्रश्नको उत्तर नै नलेखेका, उत्तर लेख्दा त्यही ५ वटा प्रश्नहरूलाई उत्तर खण्डमा १७ पटक हुबहुजस्ताको त्यस्तै सारेकोमा कूल ११ अंक दिएर ती परीक्षार्थीलाई उत्तीर्ण गराइएको थियो, जसमा १ अंक पनि दिन मिल्ने अवस्था छैन ।

३५ अंकका लागि दोस्रो खण्डको अर्को पत्रको उत्तरपुस्तिकामा पनि पूर्ण रूपमा गलत उत्तर लेखेकोमा बढीभन्दा बढी अंक दिएर पास गराइएको थियो। जाँचकले शुरूमा उत्तरपुस्तिका जाँच्दा लेखाइलाई पूर्णरूपले गलत भनी काटेका थिए । तर, उत्तरपुस्तिकामा देखाइएका संकेत जाँचकले भेटाएपछि  व्यक्तिको पहिचान भई उत्तर पुस्तिकाको बाहिर पहिलो पृष्ठमा २६.५ अंक दिइएको थियो । 

ती परीक्षार्थीले आफ्नो उत्तरपुस्तिका जाँचकलाई चिनाउन अंग्रेजीमा ‘रिमेनिङ’ लेखेर संकेत गरेका थिए ।

दोस्रो खण्डको उत्तरपुस्तिकामा उनले १ नम्बर प्रश्नको उत्तर लेख्दा उत्तरपुस्तिकामा जाँचकले १ अंक मात्र दिए पनि  मूल पृष्ठमा भने ९.५ अंक दिइएको थियो। उत्तरमा जाँचकले कैफियतमा ‘कम्प्लिट सेन्टेन्स’ भनी कैफियत लेखेर ०.५ अंक शुरूमा दिएकोमा पछि आएर फेरि ९.५ अंक दिएका थिए ।

२ नम्बर प्रश्नको उत्तर गलत लेख्दा पनि ५ अंक दिइएको थियो । ३ नम्बर प्रश्नको उत्तर उनले नेपाली भाषामा लेखेका कारण जाँचकले ‘प्रेस इन इंग्लिश’ अर्थात् अंग्रेजी भाषामा मात्र उत्तर लेख भनेर कैफियत लेखेका छन् तर पनि त्यसमा ९.५ अंक दिइएको थियो ।

४ नम्बर प्रश्नको उत्तरमा उनले केही पनि उत्तर नलेखी खाली नै छाडेकामा पनि त्यसमा अंक दिइएको थियो। ५ नम्बर प्रश्नको उत्तर पूर्णरूपमा गलत लेखेकोमा पनि २.५ अंक दिइएको थियो ।

(उत्तरपुस्तिकासहितको प्रमाण हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।)

ससुरा जाँचक, ज्वाइँ परीक्षार्थी; ३५ मा ३२ अंक ल्याएर टप !

खुलातर्फ उत्तरपुस्तिका जाँचक रामविश्वासप्रसाद साहले आफ्नै ज्वाइँको उत्तरपुस्तिका जाँचेर गलत उत्तरमा समेत बढीभन्दा बढी अंक दिएर 'टपर' बनाएका थिए ।

परीक्षामा ३०७१ रोल नम्बर भएका परीक्षार्थीले 'टप' गरेका थिए । उनी जाँचक साहका ज्वाइँ हुन् । ती परीक्षार्थीले उत्तर नै नलेख्दा समेत अंक पाएका थिए । प्रथम पत्रको ४ नम्बर प्रश्नको उत्तर लेख्दा उनले उत्तरमा ४ नम्बरको प्रश्न मात्र सारेकोमा पनि २ अंक दिइएको थियो। अन्य प्रश्नको उत्तर गलत लेखेको भए पनि उनलाई उच्च अंक दिएर परीक्षामा सर्वोत्कृष्ट बनाइएको थियो ।

प्रथम खण्डमा २५ र दोस्रो खण्डमा ३२ अंक दिएर कूल ५७ अंकसहित उनलाई ‘टप’ गराइएको थियो । दोस्रो खण्डको उत्तरपुस्तिका उनको आफ्नै ससुरा रामविश्वासप्रसाद साहले जाँचेका थिए । 

विशेषको फैसलामा लिइएका गलत आधार

फैसलाको ठहर खण्डको २१ नम्बरमा कोड नम्बर ५७०८ रहेका प्रमोदकुमार गोइतको प्रथम पत्रमा १ नम्बर प्रश्न सारेकोमा दिएको र १० नम्बर नियमबमोजिम दिएको भन्दै गलत आधार लिएको देखिन्छ ।

जबकि उक्त उत्तरपुस्तिकामा प्रश्नहरू मात्र १७ पटक सारेको प्रमाण मुद्दाकै फाइलमा समावेश गरिएको छ। त्यसैको आधारमा उक्त उत्तरपुस्तिकामा शुन्य अंकबाहेक नम्बर दिने कुनै आधार नै छैन।

गोइतकै दोस्रो खण्डको उत्तरपुस्तिकामा ५ अंक पनि आउन सक्ने अवस्था छैन तर २६.५ अंक दिइएको छ । उक्त उत्तरपुस्तिकमा अंक दिन नमिल्ने भनी स्वयं उत्तरपुस्तिका परीक्षण गर्ने विज्ञले कैफियत जनाएको अवस्थासहितको प्रमाणहरू पनि राखिएको छ । तर विशेष अदालतले फैसला गर्दा यी सबै प्रमाणहरूलाई अनदेखा गरी भएको आधार तथा प्रमाणहरूलाई आधार नलिएको देखिन्छ ।

त्यसैगरी अमरनाथ साहको प्रथम पत्रको उत्तरपुस्तिकामा अंग्रेजीमा 'टीयू सर्भिस कमिसन' भन्ने स्पष्ट संकेत उत्तरपुस्तिकाको शुरूमा लेखिएको छ । त्यही संकेतलाई पहिचान गरी उत्तरपुस्तिका परीक्षण गर्ने चेतराज भट्टले २५ अंक दिएका छन् । जबकि उनको लेखाइबमोजिम बढीमा १० नम्बर पनि दिन नमिल्ने अख्तियारको निष्कर्ष छ । 

साहकै दोस्रो खण्डको उत्तरपुस्तिकामा पनि सोही खालको संकेत शुरूमा र अन्त्यमा पनि उल्लेख गरिएको छ । त्यसैलाई पहिचान गरी उत्तरपुस्तिका परीक्षणकर्ता रामविश्वासप्रसाद साहले अधिकतम नम्बर ३२ दिएको देखिन्छ । यी सबै प्रमाणहरूलाई अनदेखा गरी विशेष अदालतले प्रतिवादीहरूले अदालतमा गरेको बयानकै आधारमा सफाइ दिएको देखिन्छ ।

पुनः परीक्षण गरी दिएका अंकहरू यथावत कायम रहेको भन्ने बयान र नक्कली प्रतिवेदनलाई आधार मानी उत्तरपुस्तिकामा दिइएको अंक सदर हो भनी अदालतले व्याख्या गरेको देखिन्छ । कसूरदारहरूले आफ्नो कसूरबाट छुटकारा पाउनका लागि काल्पनिक झूटा बयान गर्नुका साथै बयानका क्रममा सोही परीक्षामा उत्तीर्ण गराइएकाहरूलाई साक्षी राखी आफ्नो अनुकूल बयान गर्न लगाएर उम्कने प्रयास भएको देखिन्छ ।

यसअघि थुनछेक मुद्दाका क्रममा विशेष अदालतले अमरनाथ साह, चेतराज भट्ट र रामविश्वास प्रसाद साहलाई १०/१० हजार रुपैयाँ तथा प्रमोदकुमार गोइतलाई ५ हजार रुपैयाँ धरौटी लिएर तारेखमा छाडेको थियो ।

न्याय परिषद् सचिवालयमा उजुरी

विभिन्न प्रमाणहरूलाई बेवास्ता गर्दै गलत आधार लिएर प्रतिवादीहरूलाई सफाइ दिने गरी गरिएको उक्त फैसलाको छानबिन गर्न माग गर्दै न्याय परिषद् सचिवालयमा उजुरी परेको छ । २०७९ साउन ११ गते दर्ता भएको उक्त उजुरीमा न्यायाधीशहरूले प्रमाणको सही मूल्यांकन नगरी आचारसंहिता समेत उल्लंघन गरेको जिकिर गरिएको छ ।

'न्यायाधीशको न्युनतम क्षमता प्रदर्शन गर्न नसकी प्रतिवादीलाई सफाइ दिई अपराधीकरणको बढावालाई मद्दत पुर्‍याएको देखिएको र मुद्दामा समावेश गरिएका वस्तुनिष्ठ प्रमाणहरूलाई कानूनविपरीत बेवास्ता गरी कानूनको उल्लंघन गर्ने व्यक्तिलाई कानूनबमोजिम प्रमाणको आधारमा सजाय हुनुपर्नेमा निजहरूलाई उन्मुक्ति दिनेगरी न्यायाधीशहरूबाट फैसला भएकाले यस सम्बन्धमा छानबिन गरी कारवाही गरी पाऊँ,' गिरीले दिएको उजुरीमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x