×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन

माओवादीको चिह्न रोजेका वामदेवको इच्छा– प्यूठानबाट चुनाव लड्ने

साउन ३१, २०७९

NTC
Premier Steels

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्रतिनिधिसभा चुनाव लड्ने भएका छन् ।

Muktinath Bank

राष्ट्रियसभामा मनोनित सदस्य रहेका गौतम कार्यकाल नसकिँदै राष्ट्रिय सभा छाडेर प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा जुटेका हुन् । उनले माओवादी केन्द्रको चिह्न हँसिया हथौडाबाट उम्मेदवारी दिने पक्का भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा माओवादी केन्द्रले वामदेव गौतमको पार्टीलाई आफ्नो चिह्नबाट चुनाव लड्न दिने निर्णय मंगलवार गरेको छ । मंगलवार नै यसको जानकारी निर्वाचन आयोगलाई गराइँदै छ ।


Advertisment
Nabil box
Kumari

२०७४ सालको प्रतिनिधिसभा चुनावमा बर्दियाबाट पराजित भएका गौतमले प्यूठानबाट चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् ।

Vianet communication

‘वामदेव कमरेडको चाहना प्यूठानबाटै चुनाव लड्ने छ । २०७० सालमा बर्दिया र प्यूठानबाट चुनाव जितेपछि उहाँले प्यूठान नै रोज्नुभएको थियो,’ गौतमनिकट स्रोतले लोकान्तरसँग भन्यो, ‘२०७४ सालमा पार्टीले निर्णय गरेर बर्दिया पठाएको हो, फेरि उहाँ प्यूठानबाटै चुनाव लड्न चाहनुभएको छ ।’ 

२०७४ सालमा वामपन्थी गठबन्धन गर्दा जनमोर्चाले प्यूठानमा दाबी गरेको थियो । जनमोर्चाको प्रभाव रहेको प्यूठानबाट दुर्गा पौडेल विजयी भएकी थिइन् । अघिल्लो चुनावमा वाम गठबन्धनका सूत्राधार गौतमले पार्टीभित्रबाट अन्तर्घात गरेर हराइएको गुनासो गरेका थिए । 

नेकपा विभाजन हुनुअघि गौतमलाई प्रधानमन्त्री बनाउने तयारी भएको थियो । राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्थासहित संविधान संशोधनको गृहकार्य भएपनि त्यसमा सहमति जुट्न सकेको थिएन । 

त्यसपछि उपनिर्वाचन गराएर गौतमलाई प्यूठानबाट प्रतिनिधिसभामा ल्याउने चर्चा चलेको थियो । त्यो प्रस्तावले ठोस आकार लिन सकेन । 

राष्ट्रियसभा सदस्य रहेका गौतमले आफू भूमिकाविहीन सभामा नबस्ने भन्दै प्रतिनिधिसभा चुनाव लड्ने कसरत गरेका हुन् ।

२०७७ असोज १ गते गौतम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने कोटामा वामदेव सांसद बनेका थिए । 

‘प्यूठानबाटै चुनाव लड्ने उहाँको योजना छ, अन्य क्षेत्रबारे सोचिएको छैन,’ गौतममा एक सहयोगीले लोकान्तरसँग भने । माओवादीको चिह्न लिएर चुनाव लड्ने भएपछि उनी गठबन्धनको उम्मेदवार बन्ने भएका छन् । 

नेता गौतमले आफ्नो लागि कुन क्षेत्र छुट्याउने त्यो प्रचण्डको जिम्मा भएको बताएका छन् ।

‘मैले गोलाकारभित्रको हँसिया हथौडा चिह्नबाट चुनाव लड्ने भनेर प्रचण्डजीसँग सहमति गरेको छु । मेरो लागि प्रचण्डजीले कसको हिस्साबाट सीट छुट्याउनुहुन्छ, त्यो मलाई थाहा छैन । जे होस्, नयाँ प्रयोग गर्दैछौं,’ गौतमले निर्वाचन आयोगको कार्यकक्षमा मंगलवार भने, ‘माओवादीको चुनाव चिह्नबाट लड्दा हाम्रो पार्टी गठबन्धनमा नभए पनि मैले चुनाव जित्ने कुरा सुनिश्चित हुन्छ ।’

यस्तो छ प्यूठानको राजनीतिक समीकरण 

वरिष्ठ वामपन्थी नेता मोहन विक्रम सिंहको गृहजिल्ला समेत रहेको प्यूठानमा जनमोर्चाको प्रभाव अहिले पनि कायम छ । २०५६ सालको चुनावमा नवराज सुवेदी र हरि आचार्य प्यूठानबाट चुनाव जितेका थिए । 

२०६४ सालको संविधानसभा निर्वाचनमा प्यूठानका दुवै क्षेत्रमा माओवादी विजयी भएको थियो । २०७० सालको चुनावमा वामदेव गौतम प्यूठान १ बाट विजयी भएका थिए । १३ हजार ९ सय ३२ मत प्राप्त गरेर गौतम विजयी भएका थिए । २०७० सालमा वामदेव १ बाट विजयी हुँदा प्यूठान २ बाट हिराबहादुर केसी विजयी भएका थिए । 

गौतम २०४८ र २०५१ सालमा बर्दिया १ बाट विजयी भएका थिए । २०७४ सालको चुनावमा जनमोर्चाकी दुर्गा पौडेल पौडेल ४७ हजार ५ सय १४ मतसहित विजयी हुँदा कांग्रेसका डा. गोविन्द पोखरेलले ३१ हजार २ सय ८६ मत पाएका थिए । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा प्यूठानमा कांग्रेस र माओवादीले समान ३ पालिका जित्दा एमाले दुई स्थानमा खुम्चिएको छ । 

तर, वडाध्यक्षमा पाएको भोटका आधारमा नेकपा एमाले अग्रस्थानमा छ । नेकपा एमालेले ३९ हजार ८७७ मत पाउँदा कांग्रेसले २१ हजार ५६४ मत पाएको छ । माओवादीले १७ हजार १ सय ६३ र जनमोर्चाले १३ हजार ६ सय १२ मत पाएका छन् ।

नेकपा एकीकृत समाजवादीले १ हजार ४ सय १७ मत पाउँदा राप्रपाले ४ सय ३३ मत पाएको छ । 

गठबन्धनको मत एक ठाउँमा जोड्दा ५३ हजार ७ सय ५६ हुन्छ । 

जनमोर्चालाई मिलाएर गठबन्धनबाट सर्वसम्मत उम्मेदवार बनेममा गौतमलाई सहज हुनेछ । तर, जनमोर्चाकी दुर्गा पौडेलले सो क्षेत्र नछाड्ने बताएकी छिन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा एमालेका तर्फबाट सूर्य थापा र कांग्रेसका तर्फबाट डा. गोविन्द पोखरेल आकांक्षी छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x