×

NMB BANK
NIC ASIA

ढिलासुस्ती

पाँचतारे होटल हायातमाथि छानबिन : ७ दिने समितिको काम ६ महिनासम्म अधुरै

भदौ ३०, २०७९

NTC
Premier Steels

सरकारी सम्पत्तिमा रजाइँ गरिरहेको तारागाउँ रिजेन्सी होटल (हायात) माथि सरकारी समितिको अध्ययन अलपत्र परेको छ ।

Muktinath Bank

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले फागुन २९ गते ७ दिनको समय दिएर अध्ययन गर्न लगाएको होटलमाथिको अध्ययन मन्त्रीको बहिर्गमनसँगै अलपत्र परेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आलेले पर्यटन मन्त्रालयकै सहसचिव होमप्रसाद लुइँटेल संयोजकत्वको ५ सदस्यीय एक अध्ययन समिति बनाएर हायातले गरेको अनियमितता सहितको विषय अध्ययन गराउन लगाएका थिए । जम्मा ७ दिनको समय पाएको समितिको समय पटक–पटक थप गर्दै ६ महिना बितिसक्दा पनि तारागाउँ रिजेन्सी होटलको अध्ययन पूरा हुन सकेको छैन । अध्ययनको विषयलाई निरन्तर राखिएको भए पनि नयाँ तथ्य नभेटेकाले यसअघि आएको विषयको गहिराइमा जाने प्रयास भइरहेको पर्यटन मन्त्रालयकै एक अधिकारीले बताए ।


Advertisment
Nabil box
Kumari

आलेले असार १२ गते राजीनामा दिएपछि पर्यटन मन्त्रालयको जिम्मेवारी जीवनराम श्रेष्ठले सम्हालिरहेका छन् । श्रेष्ठले आलेले बनाएको समितिमाथि साढे २ महिनासम्म पनि चासो दिएका छैनन् । समितिका एक सदस्यका अनुसार हायात होटलले कब्जा गरेको १५४ रोपनी जग्गा फिर्ता ल्याउने, ३९ प्रतिशत रहेको सरकारी शेयर स्वामित्व ९ प्रतिशतमा झरेको विषयमा अध्ययन गर्नेछ । यसले ओगटेको ३०४ रोपनी जग्गामध्ये १५० रोपनी तारागाउँ विकास समितिले नै होटललाई रजिस्ट्रेसन पास गरेर दिएको थियो । बाँकी १५४ रोपनी जग्गा भने भाडामा लिएको छ । अध्ययन समितिले सम्झौता पुनरावलोकन गर्नका लागि पनि उपयुक्त सिफारिस गर्ने सहितको जिम्मेवारी पाएको छ ।

Vianet communication

पर्यटन मन्त्रालयले गठन गरेको समितिलाई सरकारी स्वामित्वको जग्गा हायात होटलले कब्जा गरेको र अहिलेसम्म सरकारी लगानीले प्रतिफल नदिएको सहितका विषयको अध्ययन गर्ने कार्यगत शर्त दिइएको छ । समिति गठनमा टिप्पणी उठाउँदा ७ दिन मात्रै भनिए पनि अध्ययन गर्दै जाँदा थप समय लागेको अध्ययन समितिको भनाइ छ ।

प्राविधिक विषय भएको र अध्ययन गर्दै जाँदा थप विषयको खोजी गर्नुपर्ने भएकाले पनि समय थप गर्दै गएको जानकारी समितिका संयोजक होमप्रसाद लुइँटेलले बताए । समिति संयोजक लुइँटेलका अनुसार अध्ययन गर्दै जाँदा थप विवरण आवश्यक पर्दै गएकाले समय पनि बढाउँदै जानुपरेको तर्क गर्छन् ।

उनी भन्छन्, ‘पछिल्लो समय साउन मसान्तसम्मका लागि अध्ययन समितिले समय पाएको थियो ।’ समयमै काम नसकिएकाले अब भदौ मसान्तमा सक्ने गरी काम भइरहेको दाबी उनको छ । लुइँटेल अब प्रतिवेदन तयार पार्ने अन्तिम तयारी हुँदै गएकाले छिट्टै सार्वजनिक हुने विषयमा विश्वस्त हुनुपर्ने बताउँछन् ।

सरकारले पटक–पटक अध्ययन गराएको भए पनि प्रतिवेदन कार्यान्वयन गर्दै गएको भए सरकारी सम्पत्ति फिर्ता आउने र सरकारले पनि लगानीको प्रतिफल फिर्ता आउने बुझाइ तारागाउँ विकास समितिका पूर्व अध्यक्ष नारद लुइँटेलले बताए । यसअघि सरकारले नै संसदीय समिति बनाएर अध्ययन गरिसकेको छ । तारागाउँ विकास समिति आफैंले पनि पटक–पटक अध्ययन गरेको भए पनि अहिलेसम्म सिफारिस भएका कुनै पनि प्रतिवेदन कार्यान्वयन नभएको बुझाइ उनको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यसअघि २०७५ गतेमै तारागाउँ विकास समिति अध्ययन अनुगमन प्रतिवेदन तयार पारेको थियो । संसदीय समितिको प्रतिवेदनले औंल्याएका कमी–कमजोरी तथा सुझावलाई आधार बनाएर अहिलेको समितिले प्रतिवेदन दिन सक्छ । यस्तो प्रतिवेदन आफैं कार्यान्वयन गर्ने निकाय भएकाले पनि यसले गरेको अध्ययन अब सरकारी सम्पत्ति फिर्ता आउने सहितको विषयमा महत्त्वपूर्ण हुने बुझाइ तारागाउँ विकास समितिका पूर्व अध्यक्ष लुइँटेलको छ ।

संसदीय समितिले दिएको सुझाव र औंल्याएका विषयलाई ननाघी थप गहिराइमा अध्ययन भए झनै राम्रो हुने उनको बुझाइ छ । ‘हायातलाई विवादमा मात्रै अल्झाइरहनभन्दा सरकारले निकास दिन चाहे समस्याको समाधान हुनसक्छ,’ उनले भने । मुख्य विषय जग्गाको भाडा सम्झौता समय सान्दर्भिक नवीकरण गर्ने, सरकारको शेयर संरचना बढाउने सहितको विषयमा पनि उपयुक्त निकास दिन सक्ने बुझाइ पनि तारागाउँ विकास समितिका पूर्व अध्यक्ष लुँइटेलको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सचिव सुरजकुमार दुराका अनुसार समितिले दिएको प्रतिवेदनका विषयमा लिखितदेखि मौखिकसम्मको ‘फलोअप’ हुने गरेको छ । ‘कुनै एजेण्डमा छिटो र कुनैमा ढिलो भएको हुनसक्छ, हुन चाहिँ हुन्छ,’ उनले भने ।

दुराका अनुसार कार्यपालिका र व्यवस्थापिकाको अधिकार र कार्यप्रणाली फरक हुने हुँदा आ–आफ्नै हिसाबले अध्ययन गरेर काम गर्न सक्छन् तर संसदले गरेको अध्ययन र दिएका प्रतिवेदनको सुझावलाई आधार बनाएर सरकारी निकायहरूलाई काम गर्न असहज हुँदैन । तारागाउँ विकास समितिको हकमा पनि हरेक मन्त्री आएसँगै नियमित प्रतिक्रिया लिने, समितिका सुझाव कार्यान्यन गर्न लगाउने काम भइरहेको छ ।

‘पछिल्लो समय पूर्व पर्यटनमन्त्री आलेलाई पनि यो विषयमा समितिले पटक–पटक प्रतिवेदन कार्यान्यवन गर्न भनेको थियो । सोही आधारमा पर्यटन मन्त्रालयले अर्को समिति बनाएर थप अध्ययन गर्न चाहेको हुनसक्छ,’ समिति सचिव दुराले भने ।

पछिल्लो समय सरकारलाई सहज हुने विषय तुरुन्तै कार्यान्वयन हुने गरेको छ भने नियम कानून बनाएर र केही समय लाग्ने विषयमा भने सयम लाग्ने बुझाइ दुराको छ । संसदीय समितिले दिएको निर्देशनपछि कतिपय सुझावको भने ऐन–नियम नै बनाउनुपर्ने भएकाले केही समय लाग्ने विषयलाई भने स्वाभाविक मान्नुपर्ने पनि बुझाइ दुराको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २१, २०७६

सुर्खेत – राउटेलाई जंगलका राजा भनिन्थ्यो । राउटे समुदाय जंगलमै रमाउँथ्यो र जंगलमै फिरन्ते जीवन बिताउँथ्यो । राउटेको जंगली जीवन एकादेशको कथाजस्तै बनाइएको छ । राउटेको जीवन सुधार्न भन्दै सरकार र विभिन्...

जेठ १८, २०८०

भारतको राजस्थानमा यसै वर्ष हुने विधानसभा चुनावको मिति नजिकिँदै गर्दा मुख्यमन्त्री अशोक गहलोतले राहतको घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत मुख्यमन्त्री गहलोतले महंगी राहत शिविरमा प्राप्त सुझावका आधारम...

असोज १८, २०७९

आमसर्वसाधारणले अनुभव गर्ने गरी हरेक वर्ष महंगी बढ्दै गएको छ । सर्वसाधारणले जोहो गरेर पुर्‍याउनुपर्ने, व्यवस्थापन मिलाउनुपर्ने दशैंतिहार सहितका चाडमा महंगीले आकाश छुने गरेको छ । नेपालको आन्तरिक उत्पादनले...

असोज १२, २०७९

सर्वोच्च अदालतबाट अवकाश पाउँदै गरेका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आफ्नो निजी निवासको सिँगारपटारमा लाखौं रुपैयाँको सरकारी खर्च गरेका छन् । काठमाडौंको नैकापस्थित निजी निवासमा कार्कीले सर्वो...

कात्तिक २०, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स (दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि अनुगमन तथा भ्वाइस र डेटाको कुल भोल्युम परीक्षण गर्ने प्रविधि) प्रविधि खरिद प्रकरणमा ३ अर्ब रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष न...

पुस २९, २०७८

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ५ जना सचिवहरूलाई बेकामे बनाइएको छ ।  दरबन्दीभन्दा बढी संख्यामा सचिवहरूको सरुवा भएपछि जगेडामा थन्क्याइएका सचिवहरू बेकामे भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x