कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मोफसलको पत्रकारिता अहिले जुन तहमा छ, त्यसमा धेरैको धेरैको योगदान छ । धेरै अग्रजको समर्पण, त्याग, लगाव र निष्ठा मिश्रित छ ।
मोफसलको पत्रकारिता इतिहास अध्ययनमा नछुट्ने अर्थात् छुटाउन नहुने एक पात्र हुन् अर्जुन ज्ञवाली । रूपन्देहीलाई पत्रकारितामा मोफसलको राजधानीको रूपमा चिनिन्छ ।
ज्ञवालीले पत्रकारिताको कलम २०२४ सालदेखि नै समाएका थिए । त्यतिबेलादेखि उनले समाएको कलम अहिलेसम्म रोकिएको छैन । ५४ वर्षदेखि ज्ञवालीले निरन्तर लेखिरहेका छन् । ज्ञवाली अहिले उमेरले ७६ वर्षमा पुगे । उनले २०२४ सालमा भैरहवाबाट प्रकाशित हुने लुम्बिनी सन्देश साप्ताहिकको सहसम्पादकबाट पत्रकारिता शुरू गरेका हुन् ।
‘मैले लेख्न थालेको अहिले ५५ वर्ष भयो, मिडियाको मूल प्रवाह अहिले पनि छाडेको छैन । ‘मेन इस्यू’ नछुटाउने गरी अहिले पनि लेखिरहन्छु,’ ज्ञवाली भन्छन् ।
पत्रकारितामा साढे ५ दशक बिताएका अग्रज पत्रकार ज्ञवालीले प्रेस स्वतन्त्रता सेनानीको उपाधि पाएको पनि २० वर्ष भयो । २०५८ सालमा नेपाल पत्रकार महासंघका तत्कालीन अध्यक्ष सुरेश आचार्य नेतृत्वको केन्द्रीय कार्यसमितिले प्रेस स्वतन्त्रता सेनानीको उपाधि प्रदान गरेका ज्ञवालीको फरक पहिचान छ । पदवी पाएका उनलाई प्रमाण पत्रबाहेक थप केही सेवासुविधा दिइएको छैन ।
‘मैले जे लगनका साथ पत्रकारिता गरें, त्यसको अहिलेसम्म कदर भएको छ, त्यसैमा खुशी छु,’ ज्ञवाली भन्छन् ।
यति मात्र होइन, विक्रम संवत् २०७० सालमा नेपाल सरकारले ‘वरिष्ठ पत्रकार सम्मान २०७०’बाट पनि उनलाई सम्मानित गरेको थियो । उनले स्व. गोपालचन्द्र गौतम पत्रकारिता पुरस्कार पनि प्राप्त गरिसकेका छन् । यद्यपि रूपन्देहीमा अहिले क्रियाशील रहेका पत्रकारमाझ उनको क्रियाशिलता ओझेलमा छ ।
‘प्रेस स्वतन्त्रताको पक्षमा लडेका हामीहरूलाई राज्यबाट केही अपेक्षा छैन तर प्रेस स्वतन्त्रता व्यवहारमा लागू होस् भन्ने माग छ,’ उनी भन्छन् । नेपालका केही ठूला मिडिया हाउसहरूमा प्रकाशन स्वतन्त्रता भए पनि सम्पादकीय स्वतन्त्रता नभएको उनको धारणा छ । ७५ वर्ष लागेका उनी भन्छन्, ‘प्रेस स्वतन्त्रताभन्दा पनि पत्रकारहरूको रोजीरोटीको ग्यारेन्टी आजको आवश्यकता बनेको छ ।’
अर्घाखाँचीको तत्कालीन चिदिका गाविसको ठूलाखर्कमा जन्मिएका ज्ञवाली २०२४ सालमा रूपन्देही झरेका हुन् । पत्रकारितासँगै उनले शिक्षण पेशामा पनि केही वर्ष बिताए । शुरूमा उनले तत्कालीन अञ्चल पञ्चायतको सरकारी पत्रिका लुम्बिनी सन्देश साप्ताहिकको सम्पादक भएर ८ वर्ष काम गरे । उनलाई त्यतिबेला न त पत्रकािरताको बारेमा अध्ययन थियो, न त तालिम नै ।
‘त्यो बेला समाजको बेथिति र अनियमिताबारे समाचार लेख्दा पञ्चायको निशानामा पनि परें तर मेरो कलम कहिल्यै पनि रोकिएन,’ ज्ञवाली भन्छन्, ‘पञ्चायतको दबदबामा प्रशासनको कारवाही भोग्दै काम गरियो ।’
२०३२ सालमा लुम्बिनी सन्देश पत्रिका बन्द भएपछि ज्ञवालीले शिक्षण पेशा थाले तर पनि उनले आफ्नो पत्रकारिताको यात्रालाई विभिन्न समाचार, सम्पादकीय, लेख, टिप्पणीमार्फत जारी राखे । उनको लेखन फिचरमा बढी केन्द्रित भयो । उनले राष्ट्रिय समाचार समिति (रासस), दैनिक लुम्बिनी, स्पेस टाईम्स, समीक्षा, कान्तिपुर दैनिक लगायत दर्जनौं पत्रिकामा काम गरे । उनी अहिले बुटवलबाट प्रकाशित हुने दैनिक लुम्बिनीमा निरन्तर लेखिरहन्छन् ।
सिसाका अक्षर जोडेर शुरू भएको ज्ञवालीको पत्रकारिताको यात्रा अहिले प्रविधिसँग जोडिएको छ । ‘त्यतिबेला सिसा भन्ने धातुलाई पगालेर अक्षरको आकारमा ढालेर पत्रिकामा वाक्य बनाइन्थ्यो, प्रविधिको विकासले अहिलेको पत्रकारितालाई धेरै सजिलो बनाइदिएको छ,’ उनको अनुभव छ ।
उनले २०५६ सालदेखि रेडियो लुम्बिनीको स्थापनासँगै नेतृत्व गरे र कार्यक्रम पनि चलाए । विगत र अहिलेको पत्रकारितामा आकाश–जमिनको फरक रहेको ज्ञवाली बताउँछन् । ‘मुलुकमा बहुदल आइसकेपछि पत्रकारितामा पनि दल पस्यो, यसले धेरै नै ठूलो चुनौती खडा गर्यो, यो पत्रकारिता भित्रको ठूलो रोग हो,’ उनी भन्छन् ।
अपवादबाहेक सबै पत्रकार पार्टीका कार्यकर्ता बन्ने परिपाटीले स्वतन्त्र र निष्पक्ष पत्रकारितामाथि चुनौती थपिदिएको उनको भनाइ छ । पार्टीका अलग–अलग पत्रकारका संगठन हुन नहुनेमा उनको जोड छ ।
अहिलेका पत्रकार सबै कुरामा पूर्ण भए पनि समाचारहरू सतही आउने गरेको उनले देखेका छन् । ‘विषयवस्तुको गहिराइमा पुग्न छाडे, सामाजिक सञ्जालमा जे देख्यो, त्यही लेख्छन् । पत्रकार सम्मेलनको समाचार लेख्छन् । खोजेर आफैं समाचार बनाउने कम भए,’ ज्ञवाली भन्छन् । अहिलेका पत्रकारमा विषयवस्तुको प्रस्तुति र भाषाशैलीमा निखारता आएको उनी बताउँछन् । सामाजिक सञ्जालले पत्रकारितामा चुनौती थपेको उनको बुझाइ छ ।
नेपाल पत्रकार महासंघ साझा संस्था भइसकेपछि पार्टीका संगठन आवश्यक नभएको उनको तर्क छ । लुम्बिनी प्रदेश सरकारले यसै वर्ष पत्रकारितामार्फत मानव अधिकार र समाज सेवामा विशिष्ट योगदान पुर्याएको भन्दै ज्ञवालीलाई समाजसेवा श्री पदकबाट पनि सम्मान गरेको छ । अहिलेका पत्रकारहरू सतही भएको वरिष्ठ पत्रकार ज्ञवालीको बुझाइ छ ।
‘लुकाएर राखेका सूचनालाई बाहिर ल्याउनुपर्छ । कसैले पत्रकार सम्मेलन गरेका विषय अब समाचारको विषय रहेनन् । लुकाइएका र लुकाउन खोजेका कुरालाई बाहिर ल्याउन सकेमा बल्ल पत्रकारितामा पूर्णता आउँछ । पत्रकारले केही कुरा सुनेपछि सबै जानेजस्तो गर्छन्, त्यो गर्नु हुँदैन,’ ज्ञवाली भन्छन् ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...