×

NMB BANK
NIC ASIA

रवीन्द्र मिश्रको पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण

असोज ३, २०७९

NTC
Premier Steels

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा सोमबार आयोजित विशेष समारोहमा पूर्वमन्त्री सिपी मैनाली, जलस्रोतविद् एवम् पूर्वमन्त्री दीपक ज्ञवाली र लेखक मिश्रले उक्त पुस्तक लोकार्पण गरे । 

Muktinath Bank

पुस्तकमा आफूले उठान गरेका मुख्य चार विषयवस्तु— संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी, हिन्दू–बौद्ध राष्ट्र र कल्याणकारी (सामाजिक) लोकतन्त्र— यो देशको दूरगामी हितका लागि अत्यावश्यक भएको मिश्रको भनाइ छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल अब असफल राज्य हुन र नेपाली सेना मात्र गिजोलिन बाँकी रहेको मिश्रले बताए । ‘राष्ट्रपतिदेखि न्यायालय, प्रशासन, प्रहरी, विश्वविद्यालय, संवैधानिक निकाय आदि सबै क्षेत्र राजनीतिबाट नराम्रोसँग गिजोलिएका छन्,’ उनले भने, ‘अब नेपाली सेना मात्र गिजोलिन बाँकी छ । सेना पनि गिजोलिएको खण्डमा यो देश असफल राज्य हुन केही बेर लाग्दैन ।’ यस किसिमको परिस्थितिलाई बदलिँदो भूराजनीतिले अझ पेचिलो बनाउँदै गएको उल्लेख गर्दै उनले संकटका बेला सदुपयोग गर्न ‘कुशन संस्था’का रूपमा संवैधानिक राजसंस्था पुनःथापित गर्नुपर्ने उनको भनाइ छ । यसका लागि आफूलाई लागेका धारणा पुस्तकमार्फत सार्वजनिक गरेको उनले बताए । आफ्ना धारणा सबैले मान्नैपर्छ भन्नेमा आफू नरहेको र यसलाई स्वीकार–अस्वीकार गर्ने छनोट सबैको रहेको उनले प्रस्ट्याए ।  


Advertisment
Nabil box
Kumari

प्रजातान्त्रिक आन्दोलन नयाँ आयाम रहेको र यो पुस्तक कुनै व्यक्ति एवम् धारणा मात्र होइन, देशलाई केन्द्रमा राखेर लेखिएको कम्युनिस्ट नेता तथा पूर्वमन्त्री मैनालीले बताए । मिश्रले आफ्नो विचारभन्दा माथि उठेर देशको समस्या समाधान हुनुपर्छ भनेर यो पुस्तक लेखेको उनको भनाइ छ । ‘००७, ०४६ र ०६३ सालको आन्दोलनले प्रजातन्त्र बोक्यो । तर देशको विचार बोकेन । प्रजातन्त्रका नाममा अवाञ्छित बाह्य प्रभाव र हस्तक्षेप देशमा भइरहेको छ । यसको केही नेताले विरोध गरे,’ मैनालीले भने, ‘तर त्यो संस्थागत भएन । यी लगायत थुप्रै विषयको चित्रण पुस्तकले गरेको छ । पुस्तक समसामयिक र बहस गर्न लायक विषयवस्तुसहित आएकाले सबै राजनीतिज्ञलाई यो पुस्तकले बहस गर्न प्रेरित गर्छ ।’  

Vianet communication

अर्का टिप्पणीकार जलस्रोतविद् तथा पूर्वमन्त्री दीपक ज्ञवालीले यो पुस्तक सबै राजनीतिज्ञ, राजनीतिको अध्ययन गर्ने विद्यार्थी र अनुसन्धाताका लागि सन्दर्भ सामग्री रहेको दाबी गरे । ‘यो किताब हेरेर राजनीतिक दलले मेनिफेस्टो लेख्न सक्छन् । यो पुस्तकले नेताहरुको आफ्नो स्थान के हो ? भनी प्रश्नसमेत गरेको छ,’ उनले भने ।  

पुस्तक देशका सबै प्रमुख पुस्तक पसलमा उपलब्ध छ । यसको मूल्य ४५० रुपैयाँ राखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x