×

NMB BANK
NIC ASIA

फूटपाथबाट हटाइएपछिको पीडा

फूटपाथ व्यापारीको गुनासो– महानगरले बिचल्ली बनायो, हाम्रो पनि कहीँ त व्यवस्थापन हुनुपर्‍यो !

असोज १०, २०७९

NTC
Premier Steels

मकवानपुरकी नानी मैयाँ तामाङले सीतापाइलाको फूटपाथमा मकै पोल्दै बेच्न लागेको उन्नाइस वर्ष भयो ।

Muktinath Bank

मकै बेचेरै उनले आफ्नो पेट र घर–परिवार पाल्दै आएकी थिइन् । तर, काठमाडौं महानगरपालिकाले फूटपाथबाट हटाएपछि उनको बिचल्ली भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहानबेलुका मकै पोल्न पनि धौधौ भएको उनले बताइन् ।


Advertisment
Nabil box
Kumari

'हामीहरू जस्तो फूटपाथमा मकै पोलेर जीविकोपार्जन गर्नेहरू अब कहाँ जाने ?,' उनले प्रश्न गरिन्,'बिहान–बेलुका हातमुख जोर्न पनि धौधौ छ। मेरो काम, जागिर, व्यवसाय जे भने पनि यही हो ।'

Vianet communication

अब बालबच्चाहरूलाई कसरी खुवाउने, कसरी उचित शिक्षा दिने भन्ने चिन्ताले उनलाई सताइरहँदो रहेछ ।

'पहिला यही मकै पोलेरै आफ्नो गाउँमा घर बनाएकी थिएँ। यताको सबै खर्च पनि यही मकै पोलेरै पुर्‍याउने गरेकी थिएँ,’ उनले मलिनो स्वरमा भनिन् ।

काठमाडौं महानगरले फूटपाथ खाली गर्ने अभियान थालेपछि फूटपाथमा गुजारा गर्ने साना व्यापारीहरू समस्यामा छन् ।

उनीहरूले गरिखान दिनुपर्छ भन्दै भदौ ३० गते महानगरअगाडि विरोध प्रदर्शन समेत गरेका थिए ।

***

फूटपाथमा व्यापार गर्दै आएकी निर्मला केसीको कथा अलि फरक छ । उनी श्रीमानसँग डिभोर्स गरेर बसेकी एकल महिला हुन् ।

उनले कोरोना महामारीपश्चात स्वयम्भु क्षेत्रमा लत्ताकपडाको व्यापार गर्दै आएकी थिइन् । चाडपर्वका बेला विगतका वर्षमा जस्तो व्यापार गर्न नपाउँदा उनी दु:खी छिन् ।

महानगरले फूटपाथबाट हटाएपछि बालबच्चालाई निजी स्कूलबाट निकालेर सरकारीमा हाल्नुपरेको गुनासो उनले गरिन् ।

'गरिखाने ठाउँबाट महानगरले उठाइदियो । बच्चालाई बोर्डिङ स्कूलमा पढाउनै सकिनँ अनि त्यहाँबाट निकालेर नजिकैको सरकारी गीतामाता स्कूलमा हालेको छु,' उनले गुनासो पोखिन् ।

महानगरले विकल्प नदिने हो भने आफूहरू निकै ठूलो समस्यामा पर्ने उनको गुनासो छ ।

'घर-परिवार पाल्नुपर्‍यो। सबै मेरै काँधमा छ,' केसीले भनिन्, 'हामीलाई अफिस टाइमबाहेकको दुई घण्टा जसरी पनि फूटपाथमा व्यापार गर्ने मौका दिनुपर्छ ।  नत्र मर्नुको विकल्प छैन ।'

कुनै खुला स्थानमा आफूहरूलाई व्यापार गर्न दिने व्यवस्था मिलाउन उनको माग छ ।

'फूटपाथबाट हटाउने हो भने पनि हामीलाई व्यवस्थापन त गर्नुपर्छ । हामीले पनि गरिखान पाउनुपर्‍यो नि !' उनले भनिन् ।

***

फूटपाथमै व्यापार गरेर आफ्नो परिवार धान्दै आएकी निता रोकाको कथा पनि उस्तै छ।

रत्नपार्कको फूटपाथमा बच्चाका लत्ताकपडा व्यापार गर्दै आएकी उनी २० दिनयता कमाइविहीन छिन् ।

'महानगरले हामी गरीबलाई धेरै दु:ख दिएको छ । फूटपाथमा बसेर जम्माजम्मी दुई-तीन सय जति दैनिक कमाइ हुन्थ्यो। त्यही पैसाले बालबच्चा पढाउने र घर खर्च चल्ने गरेको थियो,' रोकाले लोकान्तरसँग भनिन्, 'हामीले दु:ख पायौं, सन्ततिलाई यस्तो दु:ख नहोस् भनेर मेहनत गरेका हौं, तर महानगरले बिचल्ली बनायो ।'

फूटपाथबाट हटाइएका सबैको उस्तै माग छ, हामीलाई कहीँ त व्यवस्थापन गर्नुपर्‍यो । तर, उनीहरूको मागलाई महानगरले सम्बोधन गर्न सकिरहेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x