×

NMB BANK
NIC ASIA

उदाहरणीय जोडी

कलंकी-बालकोट रुटमा कर्मशील जोडीको पौरख: हुइँकिन्छ श्रीमान्–श्रीमती एक्सप्रेस [भिडियो]

असोज २७, २०७९

NTC
Premier Steels

थापाथलीको ट्राफिक जाममा रोकिएका बेला कलंकी जाने शुभकामना यातायातको एउटा मिनी बसमा मेरो नजर पर्‍यो । एकजना महिला ढोकामा उभिएर सानो आवाजमा त्रिपुरेश्वर, कालिमाटी, कलंकी भनेर यात्रु बोलाउँदै थिइन् ।

Muktinath Bank

त्यो दृश्यले मेरो ध्यान खिच्यो । उनलाई भेटेर केही जिज्ञासा राख्ने उत्सुकता जाग्यो । अनि पछ्याउँदै बससम्म पुगें । र, सोधें के तपाईं यो बसको कन्डक्टर हो ? मुन्टो हल्लाउँदै भनिन्- हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनि फेरि सोधें– 'चालक नि !' उनले भनिन्, 'मेरो श्रीमान' । मलाई झन् गज्जब लग्यो । त्यसपछि सोही बसमा चढेर कलंकीसम्म र कलंकी हुँदै फेरि बालकोटसम्म पुगेर दृश्यावलोकन गरें ।


Advertisment
Nabil box
Kumari

सो क्रममा श्रीमान्, श्रीमती दुवै जनासँग छोटो कुराकानी गर्ने अवसर पनि जुर्‍यो । श्रीमानको नाम वीरबहादुर वाइवा तामाङ, श्रीमती पार्वती तामाङ, घर धादिङ ।

Vianet communication

५ वर्षदेखि उनीहरू मिलेर गाडी हाँकिरहेका छन् ।

२० वर्ष अगाडि गाउँबाट काठमाडौं छिरेको यो जोडीका २ सन्तान छन्- एक छोरा, एक छोरी । 'बच्चाहरू काखे हुँदा काठमाडौं आएका हामी शुरूबाटै यही पेशामा लाग्यौं,' वीरबहादुरले भने ।

पार्वतीले शुरूमा ट्याम्पो चलाउँथिन् । 'मलाई भित्रैदेखि इच्छा लागेर सिकेकी हुँ । बुढाले नै सिकाएको हो । अब त यो लाइनमा हिँड्दा हिँड्दै बुढी भइसकें,' पार्वतीले भनिन् ।

सफा टेम्पो बेचेर मिनीबस

अलग–अलग बसेर सवारी चलाउनुभन्दा दुवैजना संगै बसेर आफ्नै सवारी चलाउँदा अझ राम्रो हुने सोचेर टेम्पो बेचेको उनीहरूले बताए ।

त्यसपछि टेम्पो बेचेको थोरै रकम र सहकारीबाट थप ऋण लिएर किस्तामा मिनी बस किनेर बालकोट-कलंकी रुटमा चलाउन थालेका थिए ।

'जम्मा १४ लाखमा सेकेन्ड ह्यान्ड किनेको, यो बस अहिले भर्खर बल्लबल्ल किस्ता चुक्ता भयो,' श्रीमान् वीरबहादुरले भने।

दुवैजना गाडी लाइनकै भएकाले उनीहरूलाई काम गर्न सहज भएको वीरबहादुरले बताए।

'अर्को खलासी राखेको भए यति छिटो किस्ता नै तिर्न सकिँदैन थ्यो,' उनले भने ।

कुनै महिना त उनीहरूले १ लाख रकमसम्म बचत गरेको उनीहरूले बताए । अहिले तेलको मूल्य बढेकाले आम्दानी केही कम भएको उनको भनाइ छ ।

के भन्छन् यात्रु ?

कौशलटारकी रश्मी बजगाईं २-३ वर्षदेखि निरन्तर उनीहरूकै बसमा चढ्छिन् ।

कारण सोध्दा उनले भनिन्, 'दिदीको बोलीवचन एकदमै राम्रो लाग्छ । पुरुषमा रुखो बोली हुन्छ । मलाई उहाँको गाडीमा चढ्दा सहज अनुभव हुन्छ । महिला भएर यति धेरै मेहनत गर्नुहुन्छ, मलाई भित्रैबाट उहाँप्रति सम्मान लाग्छ ।'

कलंकीबाट चढेका यात्रु जीवन खनाल पनि प्रायजसो यही बसमा चढ्दा रहेछन् ।

'मसँग कहिलेकाहीँ चेञ्ज नहुँदा वा ५/१० रुपैयाँ नपुग्दा पनि उहाँले केही भन्नुहुन्न । म अर्को दिन ल्याएर दिन्छु,' खनालले भने, 'तर, पुरुष कन्डक्टरलाई पैसा पुग्दैन भन्दा नराम्रो शब्द प्रयोग गरेर मुखै छाड्छन्, सहनै सकिँदैन ।'

उनले पार्वतीलाई ट्याक्सी चलाउन सुझाव दिए ।

'उहाँ बहिनीलाई म ट्याक्सी चलाउन सल्लाह दिन्छु, किनकी पुरुष ट्याक्सी चालकले यात्रुलाई ठग्ने गरेका छन्,' उनले भने ।

कौशलटारकै राजु रोकाले पनि उनीहरूको प्रशंसा गरे । 'श्रीमान् श्रीमती निकै मिलेर गाडी चलाएको देखिन्छ । उहाँहरूको निकै राम्रो तालमेल र प्रेम छ,' रोकाले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x