×

NIC ASIA

चलचित्र

नेपाली फिल्मको ‘रिलिज क्यालेन्डर’ : कुनै महिना भीडभाड, कुनै खाली

यी २ दर्जन फिल्म, कुन कहिले प्रदर्शनमा आउँछन् ?

असोज २९, २०७९

Prabhu Bank
NTC
Premier Steels

कोरोना महामारीका कारण झण्डै २ वर्ष चलचित्र क्षेत्रमा सन्नाटा छायो । चलचित्र घोषणा, छायांकनदेखि प्रदर्शनसम्मका गतिविधि ठप्प प्रायः रहे ।

प्रदर्शनको मुखमै आएर पनि धेरै चलचित्रहरू रोकिनुपर्‍यो । कोरोनाको कहर कम हुँदै जान थालेसँगै भने चलचित्रहरू फाट्टफुट्ट रूपमा प्रदर्शनमा आउन थाले । यद्यपि नेपाली चलचित्र प्रदर्शनले लय समात्न भने २०७९ वैशाख कुर्नुपर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाखयता असोजसम्म आइपुग्दा २ दर्जन बढी नेपाली चलचित्रहरू प्रदर्शनमा आइसकेका छन् । यतिबेला हलहरूमा नेपाली चलचित्र ‘प्रेम गीत ३’, ‘बाबरी’, ‘दुई नम्बरी’ र ‘हिजो आजका कुरा’ प्रदर्शन भइरहेका छन् । जसमध्ये ‘प्रेम गीत ३’ असोज ७ गतेदेखि प्रदर्शनमा आएको चलचित्र हो । ‘बाबरी’ असोज १४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र हो भने ‘दुई नम्बरी’ अघिल्लो शुक्रवारदेखि प्रदर्शनमा आएको हो ।


Advertisment
Rupse Holidays
Nabil box

यीमध्ये ‘बाबरी’ले उल्लेख्य दर्शक पाउन सकेन भने ‘प्रेम गीत ३’ र ‘दुई नम्बरी’ चलचित्रले राम्रो व्यापार गरे । ‘हिजो आजका कुरा’ भने शुक्रवारदेखि प्रदर्शनमा आएको हो । चर्चित टेलिसिरियल ‘हिजो आजका कुरा’को नाम सापटी लिएर सन्तोष पन्तले पारिवारिक चलचित्र निर्माण गरेका हुन् । सन्तोषका छोरा साकार पन्तले चलचित्रको निर्देशन गरेका हुन् । 

Vianet communication

चलचित्रमा ‘हिजो आजका कुरा’ टेलिसिरियलकै जोडी सन्तोष पन्त र रमा थपलिया मुख्य भूमिकामा छन् । साथमा केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जेविका कार्की लगायतको अभिनय छ । सन्तोष पन्त र साकार पन्त चलचित्रका निर्माता हुन् । यो कोरोना महामारीअघि नै निर्माण भएको चलचित्र हो ।

आउँदा दिनमा थुप्रै चलचित्रहरू प्रदर्शनमा आउँदैछन् । यस वर्षको चैतसम्मकै लागि धेरै चलचित्रहरूले प्रदर्शन मिति तोकिसकेका छन् । जसमध्ये कुनै महिनामा चलचित्रहरूको भीडभाड हुने देखिएको छ भने कुनै महिना खाली समेत हुने देखिएको छ । कात्तिक १० गते भाइटीका परेकाले त्यसअघिपछि पनि चलचित्रहरूको राम्रै प्रतिस्पर्धा देखिने भएको छ । 

कात्तिकको पहिलो शुक्रवार २ नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आउनेछन् । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’ र रिमेश अधिकारी निर्देशित चलचित्र ‘नालापानी’ तिहारको अवसर पारेर कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउनेछन् ।

‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा लगायतको अभिनय छ । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन ‘के घर के डेरा’ चलचित्रका निर्माता हुन् ।

‘नालापानी’ चलचित्रमा भने अर्जुनजंग शाही, सन्तोष पन्त, पूजना प्रधान लगायतको अभिनय छ । चलचित्रका निर्माता मनोज शाक्य हुन् । 

कात्तिकको दोस्रो शुक्रवार अर्थात् ११ गते पनि एउटा मात्रै नेपाली चलचित्र प्रदर्शनमा आउँदैछ । तिहारको भाइटीकाको भोलिपल्ट पर्ने मितिमा प्रदीप भट्टराई लिखित एवं निर्देशित चलचित्र ‘महापुरुष’ प्रदर्शनमा आउन लागेको हो । चलचित्रमा महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथमा गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईली, रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल लगायतको अभिनय छ । म्याक्स दिपेश खत्री निर्माता रहेको चलचित्रमा रवीन्द्र सिंह बानियाँ कार्यकारी निर्माता छन् । 

कात्तिक १८ गतेका लागि २ नेपाली चलचित्रले प्रदर्शन मिति तय गरेका छन् । चलचित्र ‘लाखे’ र ‘मिलन’ कात्तिक १८ गतेका लागि प्रदर्शन मिति तय गरेका चलचित्रहरू हुन् । यसमध्ये ‘लाखे’ले यसअघि कात्तिक ११ गतेका लागि प्रदर्शन मिति तोकेको थियो । कात्तिक ११ गते आउने अर्को महजोडीको चलचित्र ‘महापुरुष’लाई सम्मान गर्दै ‘लाखे’ १८ गतेका लागि सरेको हो । 

सम्राट बस्नेत निर्देशित चलचित्र ‘लाखे’मा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला लगायतले अभिनय गरेका छन् । सिजन अर्याल र जीएम ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । 

चलचित्र ‘मिलन’लाई भने टेक पौरखी राईले निर्देशन गरेका हुन् । चलचित्रमा कुशल शाह ठकुरी, शिल्पा थापा, सलोन बस्नेत, शिशिर बाङदेल, विशाल पहाडी लगायतको अभिनय छ । चलचित्रको निर्माता प्रविण थापा हुन् । 

‘लाखे’ र ‘मिलन’ प्रदर्शनमा आएको १ हप्तापछि कात्तिक २५ गतेका लागि चलचित्र ‘ह्यारीकी प्यारी’ र ‘वेलकम टु हेम्जाकोट’ले प्रदर्शन मिति तय गरेका छन् । 

डा. कपिल रिजालको निर्देशन रहेको चलचित्र ‘ह्यारीकी प्यारी’मा जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । निर्माण टीमले कात्तिकका लागि प्रदर्शन मिति तोके पनि चलचित्रको पोस्टरबाहेक अन्य प्रचारप्रसार सामग्रीहरू सार्वजनिक गरिएको छैन । निर्धारित मितिमा चलचित्र प्रदर्शनमा आउने सम्भावना भने कम देखिन्छ । 

अर्को चलचित्र ‘वेलकम टु हेम्जाकोट’लाई सरोज पौडेलले लेखन एवं निर्देशन गरेका हुन् । चलचित्रमा बुद्धि तामाङ, विनोद न्यौपाने, सन्दीप सिग्देल, अम्बिका तामाङ लगायतको अभिनय छ । जितेन्द्र गिरी निर्माता रहेको ‘वेलकम टु हेम्जाकोट’को कार्यकारी निर्मातामा सुमन खड्का छन् । स्रोतका अनुसार निर्धारित मितिमा यो चलचित्र पनि प्रदर्शनमा आउने सम्भावना कम देखिएको छ । 

मंसिरको पहिलो हप्ता आमनिर्वाचन र वर्ल्डकप भएका कारण २ हप्तासम्मका लागि चलचित्रहरूले प्रदर्शन मिति तोेकेका छैनन् ।

मंसिरको २३ गतेका लागि भोलाराज सापकोटा, नम्रता सापकोटा र निशान चौहान अभिनित चलचित्र ‘डेसान’ले प्रदर्शन मिति तोकेको छ । चलचित्रका निर्देशक कमल एकचाई मगर हुन् ।

मंसिरपछि पुसका लागि पनि धेरै चलचित्रहरू अहिलेसम्म देखिएका छैनन् । पुसका लागि अहिलेसम्म ३ वटा चलचित्रले मात्र प्रदर्शन मिति तोकेका छन् । आर्यन सिग्देल र उपासना सिंह ठकुरी अभिनित चलचित्र ‘डिसेम्बर फल्स’ले पुस ८ गतेका लागि प्रदर्शन मिति तोकेको छ । 

रामप्रसाद रिजाल प्रस्तुतकर्ता रहेको चलचित्रका निर्देशक प्रविण झा हुन् । चलचित्रमा सलोन बस्नेत, शिवहरी पौडेल, दयाराम दाहाल, नरेश भट्टराई लगायतको पनि अभिनय छ । 

अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको चलचित्र ‘कौसिद’ले पुस १५ गतेका लागि प्रदर्शन मिति तोकेको छ । कुमार भास्करको निर्देशन रहेको चलचित्रमा ऋचा शर्मासँगै भोलाराज सापकोटा, रुपेश दाहाल लगायत शीर्ष भूमिकामा छन् । ‘कौसिद’का निर्माता केदार भुसाल हुन् ।

यसैगरी, पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’ले पुसको २९ गतेका लागि प्रदर्शन मिति तोकेको छ । पासाङ लामा निर्माता, सविर श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा रमेश एमके पौडेल प्रस्तुतकर्ता एवं निर्देशकका रूपमा छन् । चलचित्रमा पुष्प र साम्राज्ञीका साथमा सन्दीप क्षेत्री, सरोज खनाल, खड्कबहादुर पुन, नवकलाकार ईमिली लामा र दिपिसा केसी लगायतको पनि अभिनय छ ।

माघ महिनाका लागि अहिलेसम्म चलचित्रहरू देखिएका छैनन् तर माघे संक्रान्तिमा चलचित्रको व्यापार राम्रो मानिने भएकाले केही चलचित्र प्रदर्शनमा आउने चलचित्रकर्मीको आकलन छ । फागुन महिनामा थुप्रै चलचित्रहरू प्रदर्शनमा आउनेछन् । फागुन ५ गतेका लागि ‘परदेशी २’ र ‘लण्डन टु पेरिस’ गरी २ चलचित्रले प्रदर्शन मिति तोकिसकेका छन् । नारायण रायमाझी निर्देशित ‘परदेशी २’ यसअघि दशैंमा प्रदर्शनमा आउने तयारीमा थियो तर दशैंमा चलचित्रको भीडभाडलाई कारण देखाउँदै चलचित्र फागुनमा पुगेको हो । राजेश वंशल र रायमाझी स्वयं निर्माता रहेको चलचित्रमा प्रकाश सपूत, प्रशान्त तामाङ, दीलिप रायमाझी, केकी अधिकारी, वर्षा शिवकोटी लगायतको अभिनय छ ।

घनश्याम लामिछानेको निर्देशनमा तयार ‘लण्डन टु पेरिस’मा भने साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, निश्चल खड्का, कविर खड्का, मनिष श्रेष्ठ लगायतको अभिनय छ । फागुन १९ गते ५ चलचित्रबीच प्रतिस्पर्धा हुने देखिएको छ, फागुन १९ गतेका लागि ५ वटा चलचित्रले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । सुरज पाण्डे निर्देशित चलचित्र ‘परस्त्री’, लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’, मिलन चाम्स निर्देशित चलचित्र ‘बर एण्ड बधु’, समुन्द्र भट्ट निर्देशित चलचित्र ‘गुलाबी, दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’ले प्रदर्शनका लागि फागुन १९ घोषणा गरेका हुन् ।

फागुन आउन केही महिना बाँकी भए पनि उक्त मितिको चर्चा चलचित्र वृत्तमा अहिल्यैदेखि छ । अहिले उक्त मितिमा धेरै चलचित्रहरू देखिए पनि अन्ततः केही चलचित्रहरूपछि हटने आशंका सरोकारवालाको छ ।

चैत महिनाका लागि भने अहिलेसम्म एउटा मात्रै चलचित्रले प्रदर्शन मिति तोकेको छ । चलचित्र ‘म राजेश हमाल’को निर्माण टीमले चैत १० गतेका लागि प्रदर्शन मिति घोषणा गरेको छ । जोन योञ्जन निर्देशित चलचित्रमा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एवानराज उप्रेती, संजोग रसाइली र अस्मिता लामिछानेको मुख्य भूमिका छ । नेपाली चलचित्रका सुपरस्टार राजेश हमाल बन्न चाहने चरित्रको कथामा चलचित्र निर्माण गरिएको निर्माण टीमको भनाइ छ । ‘म राजेश हमाल’ चलचित्रका निर्माता केदार भुसाल हुन् ।

आगामी वैशाख १ अर्थात् नयाँ वर्षका लागि पनि एउटा चलचित्रको प्रदर्शन मिति घोषणा भइसकेको छ । झरना थापा निर्देशित चलचित्र ‘भगवत गीता’ले वैशाख १ गतेका लागि प्रदर्शन मिति घोषणा गरिसकेको छ । कोरोना महामारीअघि नै निर्माण भएको चलचित्र ‘नीरफूल’ले भने अझै प्रदर्शन मिति तोक्न सकेको छैन् । त्यस्तै यसअघि प्रदर्शन मिति स्थगित गरेका ‘आई एम ट्वान्टी वान’, ‘आँधि तुफान–२’ले नयाँ प्रदर्शन मिति तय गरिसकेका छैनन् ।

निर्माण सकिएको नवल खड्का निर्देशित ‘काँडेतार’ चलचित्रले समेत प्रदर्शन मिति पनि घोषणा गरिसकिएको छैन । छायांकनमा रहेका ‘फूलबारी’, ‘छड्के २’ लगायतका चलचित्रले पनि प्रदर्शन मिति तय गरिसकेका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x