×

NMB BANK
NIC ASIA

भगवान कोइरालाको ‘हृदय’को नियमित संस्करण बजारमा

असोज २९, २०७९

NTC
Premier Steels

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ को नियमित संस्करण सार्वजनिक गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार उक्त पुस्तक सार्वजनिक गरियो । ‘हृदय’ को विशेष सीमित संस्करण भने गत भदौ २८ मा सार्वजनिक गरिएको थियो ।

Muktinath Bank

कार्यक्रममा लेखक बुद्धिसागरले नयाँ कलेवरसहित आएको आफ्नो कवितासङ्ग्रह ‘बुद्धिसागरका कविता’बाट केही कविता वाचन पनि गरे । साथै उनको नयाँ कलेवरसहितको कवितासङ्ग्रह पनि बजारमा गएको कार्यक्रममा जानकारी गराइयो । कार्यक्रममा सङ्गीतकर्मी अनिल शाही र उनको समूहको विशेष साङ्गीतिक प्रस्तुति पनि रहेको थियो । यो विशेष कार्यक्रम नेपाल लिटरेचर फेस्टिभलको ‘बुक अड्डा’ शीर्षकअन्तर्गत आयोजना गरिएको हो ।
कार्यक्रममा डा. कोइरालाको पुस्तक ‘हृदय’बारे विद्वान् राम लोहनीले समीक्षात्मक टिप्पणी गरेका थिए । डा. कोइरालाको पुस्तक ‘हृृदय’ले नेपालको स्वास्थ्य क्षेत्रका समस्या, समाधान एवम् यससम्बद्ध विषयलाई मात्र होइन, कोइरालाले आफ्नो जीवनमा सामना गर्नुपरेका सङ्घर्षहरूलाई विशेष रुपमा प्रस्तुत गरेको लोहनीले बताए । साथै यसले हामी सबैलाई आफ्नो काममा प्रतिबद्ध भएर लागिपर्न सके सफलता टाढा छैन भन्ने किसिमको विशेष प्रेरणा प्रदान गर्ने उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हृृदय’को नियमित संस्करण काठमाडौंका लागि प्रतिपुस्तक ६५० र काठमाडौं बाहिरका लागि ५७५ रुपैयाँ मूल्यमा उपलब्ध रहेको प्रकाशक फाइनप्रिन्टले बताएको छ ।
हालसम्म ‘हृदय’को सीमित विशेष संस्करण झन्डै ६ सय प्रति पुस्तक बिक्री भइसकेको पनि फाइनप्रिन्टले जनाएको छ ।  २५ सय प्रति मात्र मुद्रण भएको ‘हृदय’ को विशेष सीमित संस्करणबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) निर्माण परियोजनामा खर्च गरिनेछ ।


Advertisment
Nabil box
Kumari

यस्तै विशेष संस्करण खरिद गरी सहयोग पु¥याउने २५०० सहयोगीको नाम अस्पतालको शिलालेखमा समावेश गरिनेछ ।  नियमित संस्करणको ५० प्रतिशत लेखकस्व पनि डा. कोइरालाले सोही बाल अस्पताल निर्माणलाई हस्तान्तरण गर्ने डा. कोइरालाले बताएका छन् । काठमाडौँको बाँसबारीमा निर्माणाधीन बाल अस्पतालमा ‘हृदय’ पढ्ने हरेक पाठकको लगानी रहनेछ ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x