×

NMB BANK
NIC ASIA

अञ्चल अस्पतालको लापरवाही, छोरा जन्मिएकोमा मिठाई बाँडेको खुशी धेरै समय रहेन

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
जनकपुरधाम, २२ साउन- जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीका कारण आइतवार फेरि एक बालकको ज्यान गएको छ । अस्पतालमा चिकित्सक नभएपछि नर्सहरुकै भरमा एक जना प्रसुति महिलाले नवजात शिशुलाई जन्म दिएको केही घण्टामै मृत्यु भएको हो ।

सर्लाही भेल्ही ७ का राजेश मुखियाका श्रीमति सुविता मुखियालाई सुत्केरी व्यथा लागेपछि प्रसुतिका लागि जनकपुर अञ्चल अस्पतालमा शनिवार भर्ना गरिएको थियो । दिनमै भर्ना गराईएकी सुवितालाई व्यथाले च्यापे पनि केही हुँदैन भन्दै अस्पतालमा कार्यरत नर्सहरुले सुवितालाई हिँडडुल गराउन भनेका थिए ।

राती १२ बजे चिकित्सकको अनुपस्थितिमै नर्सहरुले डेलिभरी गराएपछि छोराको रुपमा नवजात शिशुको जन्म भएको थियो । केही समयपछि उक्त नवजात शिशुको मृत्यु भएको थियो ।

राजेशका दाई विजय मुखिया जनकपुरमै प्रहरी जवानको रुपमा कार्यरत छन् । रातभरी उनी पनि अञ्चल अस्पतालमै थिए ।

प्रहरी जवान मुखियाका अनुसार बाहिर अस्पतालमा रेगुलर चेकअप गराउँदा आमा र बच्चाको स्थिति सामान्य रहेको थियो । तर जब राती जनकपुर अञ्चल अस्पतालमा आफ्नो भाई बुहारी सुवितालाई भर्ना गराउँदा लेबर पेन अत्यधिक हँुदा पनि अस्पतालमा कार्यरत नर्सहरुले वास्ता नगरेको पिडीत विजय मुखिया बताउँछन् ।

सुविताले नवजात शिशुको रुपमा छोराको जन्म भएपछि खुसी हुँदै सबैलाई मिठाई खुवाउने भनेर खुसियाली मनाएको प्रहरी जवान विजयको खुसी आधा घण्टा पनि टिक्न सकेन ।

नवजात शिशुको स्थिति बिग्रेको थियो, चिकित्सक बोलाईदिन विजयले नर्सहरुलाई धेरै गुहार गरेका थिए । तर पनि चिकित्सक समयमा आईदिएनन् ।

अनकलमा रहेका चिकित्सक डा. राजकिशोर पण्डित जब अस्पतालमा आए त्यति बेलासम्म नवजात शिशुको मृत्यु भईसकेको थियो ।

प्रहरी जवान विजयले जब चिकित्सक पण्डितसँग यदि तपाईकै छोराको यसरी मृत्यु भएको भए तपाईले के गर्नुहुन्थ्यो भनेर गुनासो गर्दा ‘तपाई प्रहरी हो भन्दै के मलाई गोली हानि दिने हो ?’ भनेर उल्टै धम्की दिँदै दुव्र्यवहार समेत गरिएको पिडीत विजयको भनाई छ ।

चिकित्सक अस्पतालमा नहुनु, कार्यरत नर्सहरुले बिरामीलाई गम्भीरतापूर्वक नलिएकै कारण भतिजोको ज्यान गएको भन्दै उचित छानबीन भई सत्य तथ्य बाहिर नआउनजेल नवजात शिशुको शव नबुझ्ने पिडीत विजयले बताएका छन् ।

जनकपुर अञ्चल अस्पतालमा चिकित्सक, त्यहाँ कार्यरत कर्मचारीहरु, अस्पताल प्रशासन, अस्पताल व्यवस्थापन आदिको लापरबाहीका कारण पटक पटक बिरामीको ज्यान जाने घटना बढेपनि अस्पताल प्रशासनले अस्पताल सुधारका लागि कुनै ठोस पहल गरेको छैन ।

केही दिन अघि मात्र चिकित्सकको लापरबाहीका कारण १३ वर्षीय बालक जीतेन्द्र मण्डलको उपचारको क्रममा अञ्चल अस्पतालमा मृत्यु भएको थियो । पछिल्लो ४ वर्षमा जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा ४ सय ७५ जना बिरामीहरुको मृत्यु भएको छ ।

अस्पतालकै तथ्याङ्क अनुसार पछिल्लो ४ वर्षमा २ सय ५० जना नवजात शिशुहरुको र २८ जना प्रसुति आमाहरुको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x