×

NMB BANK
NIC ASIA

तेस्रो कार्यकालको नजिक सी

सीपीसीको २०औं महाधिवेशनः सी चिनपिङलाई अझै बलियो किन बनाउँदैछ चीन ?

असोज ३१, २०७९

NTC
Photo : Xinhua
Premier Steels

आइतवार (१६ अक्टोबर) बाट चीनको सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टीको बीसौं राष्ट्रिय महाधिवेशन शुरू भएको छ । 

Muktinath Bank

उक्त महाधिवेशनले चीनका बहालवाला राष्ट्रपति सी चिनपिङलाई तेस्रो कार्यकाल चलाउनका लागि निर्वाचित गर्ने लगभग पक्का छ । अभूतपूर्व रूपमा तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेसँगै सीले चिनियाँ तथा विश्व राजनीतिमा दूरगामी प्रभाव पार्ने विश्लेषकहरू बताइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस महाधिवेशनको संक्षिप्त चर्चा गर्नुपर्दा यसमा २३ सयजना प्रतिनिधि सहभागी छन् । महाधिवेशनमा पार्टीले अघिल्लो कार्यकालमा भएको प्रगतिको समीक्षाका साथै आगामी कार्यकालका लागि राष्ट्रिय तथा परराष्ट्रनीतिका लक्ष्यहरू निर्धारण गर्नेछ । 


Advertisment
Nabil box
Kumari

आगामी कार्यकाल कस्तो होला भन्ने विषयमा सीले आइतवारको सम्बोधनमा केही झलक दिइसकेका छन् । उनले राष्ट्रिय सुरक्षालाई देशको पहिलो प्राथमिकताका रूपमा प्रस्तुत गरेका छन् । 

Vianet communication

सोमवार सीले महाधिवेशनमा प्रतिवेदन पेश गर्दै एक देश, दुई प्रणालीमा अडिग रहनका लागि नयाँ विचार र रणनीतिका विषयमा चर्चा गरेका छन् । त्यसमा उनले हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्रका विषयमा निर्देशिका पेश गरेको बताइएको छ ।

राष्ट्रिय सुरक्षा कानूनको कार्यान्वयन गर्ने, हङकङको निर्वाचन प्रणालीलाई सुधार गर्ने अनि हङकङ र मकाउमा देशभक्तहरूलाई प्रशासनको जिम्मेवारी सुम्पिने सिद्धान्तलाई कार्यान्वयन गर्दा ती विशेष क्षेत्रमा सक्रिय चीनविरोधी तत्त्वहरूलाई सफलतापूर्वक दमन गर्न सकिएको सीको प्रतिवेदनमा उल्लेख छ ।

विदेशी शक्तिहरूबाट चीनलाई सधैंभरि अस्थिरताको जोखिम रहेको भनी एक दशकअघिदेखि सीले बताइरहेको कुरा अहिलेसम्म पनि सान्दर्भिक रहेको देखिन्छ । चीनको राष्ट्रिय पुनरुत्थान गर्ने भनी सी चिनपिङले बताउने गरेको चिनियाँ सपनाको अवधारणालाई मूर्त रूप दिन सुरक्षा बलियो हुनु जरूरी छ । 

विदेशी शक्तिले उक्साएको कलर रिभोल्युसनबाट हङकङको सुरक्षा जोखिममा परेकोमा माथि उल्लेखित रणनीति अपनाएर जोखिम हटाएको भनिएको छ । 

अर्थात्, विदेशी शक्तिहरूबाट चीनलाई सधैंभरि अस्थिरताको जोखिम रहेको भनी एक दशकअघिदेखि सीले बताइरहेको कुरा अहिलेसम्म पनि सान्दर्भिक रहेको देखिन्छ । चीनको राष्ट्रिय पुनरुत्थान गर्ने भनी सी चिनपिङले बताउने गरेको चिनियाँ सपनाको अवधारणालाई मूर्त रूप दिन सुरक्षा बलियो हुनु जरूरी छ । 

त्यो सुरक्षा जोखिम चीनले आन्तरिक मोर्चाबाट बेहोर्नुपर्ने स्थिति देखिँदैन । तिब्बत र सिन्ज्याङलाई सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र मानिएको भए पनि त्यहाँ चिनियाँहरूले सबै किसिमका जोखिमलाई निस्तेज बनाइसकेका छन् । 

ती क्षेत्रमा चिनियाँकरण अभियान चलाएर (चाहे त्यो बाध्यकारी कदममार्फत होस् चाहे ललाइफकाइ गरेर होस्) त्यहाँका जातीय समूहहरूलाई चीनप्रति बफादार बनाउन उनीहरू सफल भएका छन् । हुन त तिब्बती र वीगर मुसलमानहरूमा बहुसंख्यक हान जाति तथा चिनियाँ कम्युनिस्ट पार्टीको प्रभुत्वप्रति असन्तुष्टि राख्ने व्यक्तिहरू पनि होलान् तर तिनले चीनको सुरक्षामा जोखिम पार्ने हैसियत राख्दैनन् । 

त्यसैले चीन अहिले बाह्य शक्तिबाट तेर्सिएको सुरक्षा जोखिमप्रति नै सचेत छ । विशेषगरी चीनले आफ्नो अखण्ड भूमिको एक हिस्सा मान्ने गरेको ताइवान टापुलाई अमेरिका नेतृत्वको पश्चिमले स्वतन्त्र मुलुकका रूपमा उभ्याउँदै चीनलाई घेराबन्दी गर्ने अभियानलाई तीव्रता दिएको छ । त्यस दुष्प्रयासलाई असफल बनाउनु चीन सरकारको दायित्व हो । 

त्यसैले सी चिनपिङले आइतवारको सम्बोधनमा विदेशी शक्ति तथा केही पृथक्तावादीहरूले ताइवानलाई स्वतन्त्र मुलुक बनाउन खोजेको भन्दै तिनीहरूलाई तारो बनाउने बताए । तर समान चिनियाँ संस्कृति अपनाउने ताइवानका सर्वसाधारणलाई आफूहरूले कहिले पनि निशाना नबनाउने उनको भनाइ छ ।

ताइवानको विषयमा चीनको सुदृढ अडानलाई पुनः दोहोर्‍याउँदै सीले आफूहरू शान्तिपूर्ण पुनरेकीकरणका लागि इमान्दारीका साथ अधिकतम प्रयास गरिरहने बताए । तर ताइवान पुनरेकीकरणका लागि बल प्रयोग गर्ने विकल्पलाई खुला राखिने उनको भनाइ छ ।

लामो समयसम्म आर्थिक माध्यमले पुनरेकीकरणको लक्ष्य हासिल गर्ने भनिरहेको चीनले सैन्य बलप्रयोगमा समेत जोड दिनुमा अमेरिकाले ताइवानका विषयमा अपनाएको रणनीतिक दुविधाको नीतिको परित्याग हो । पंक्तिकारले यस विषयमा पहिले पनि टिप्पणी गरिसकेको छ । 

 


यस्तो अवस्थामा अमेरिकाविरुद्ध चीनको प्रतिकारको नेतृत्व गर्न एक दह्रो नेताको आवश्यकता पर्दछ । सन् २०१२ मा राष्ट्रपति बनेपछि व्यापक रूपमा भ्रष्टाचारका विरुद्ध कारवाही चलाएका सीले चिनियाँ जनमुक्ति सेनाको संरचनामा व्यापक सुधार गरेका छन् । आर्थिक चलखेलमा संलग्न सेनाका दुईजना उच्च दर्जाका जनरलहरूलाई सीले सफाया गरेपछि सेनामा अनुशासनहीनताको समस्या समाधान हुँदै गयो । 

उनको सुधार अभियानले सेनामा रहेको जटिल तथा अकर्मण्य प्रशासनतन्त्रलाई भंग गरेको थियो अनि सकल दर्जालाई केन्द्रीय सैन्य आयोगको प्रत्यक्ष नियन्त्रणमा ल्याएको थियो । त्यसको नेतृत्व सी आफैंले लिएका छन् । 

यससँगै सेनाका सातवटा कमान्डलाई घटाएर पाँचवटा थिएटर कमान्ड बनाउँदै सीले सेनालाई चुस्त समेत बनाएका छन् । ती कमान्डहरूबीच सैन्य कारवाहीमा बाधारहित सहकार्यमा उनले जोड दिएका छन् । 

यसका साथै उनले सेनालाई युद्धका लागि तयारी अवस्थामा रहन बारम्बार निर्देशन दिएका छन् । अनि अत्याधुनिक हतियार विकासको गति बढाउनका लागि पनि उनले प्रेरित गरेका छन् । आफूमाथि सबभन्दा ठूलो रणनीतिक जोखिम तेर्स्याउने मुलुक अमेरिकाविरुद्ध सैन्य भिडन्तका लागि समेत तयार रहन उनले यो सुधार गरेका हुन् । 

अनि विश्व राजनीतिमा क्रान्तिकारी परिवर्तन आइरहेको यथार्थलाई चिनियाँ कम्युनिस्ट पार्टीले मनन गरेको छ । परिवर्तनको लहरका कारण आउने अस्थिरताको अवस्थामा चिनियाँ नेतृत्वको निरन्तरताले स्थिरतालाई सुनिश्चित गर्ने बुझाइ पार्टीको छ । त्यसैले सीलाई तेस्रो कार्यकालका लागि निर्वाचित गर्न पार्टी सहमत भएको हो ।  

कोभिड महामारी तथा रुस–युक्रेन द्वन्द्वका कारण सिर्जित आर्थिक संकटबाट चीन पनि अछुतो छैन । त्यसले ल्याउन सक्ने अस्थिरताका विषयमा पार्टी सचेत छ र बलियो नेतृत्वको आवश्यकतालाई उसले उच्च प्राथमिकता दिएको छ । 

त्यस नेतृत्वलाई चुनौती दिन सक्ने सम्भावित व्यक्ति/समूहलाई दमन गर्नु पनि जरूरी रहेको पार्टीको बुझाइ छ । त्यसैले भ्रष्टाचारविरोधी अभियानमार्फत सीले आफ्ना राजनीतिक विरोधीलाई पनि ठेगान लगाएका हुन् । 

त्यसमाथि अबको एक दशक चीनका लागि अत्यन्तै महत्त्वपूर्ण छ । जनगणतन्त्र चीन स्थापनाको १०० वर्ष अर्थात् सन् २०४९ मा चीनलाई बलियो, लोकतान्त्रिक, सभ्य, मैत्रीपूर्ण र आधुनिक समाजवादी मुलुक बनाउने चिनियाँ कम्युनिस्ट पार्टीको लक्ष्य हो । 

त्यतिखरसम्म चीनलाई धनी राष्ट्र बनाउनका लागि आधारशिला खडा गर्ने अवसरलाई यही एक दशकभित्र छोप्नुपर्ने हुन्छ । त्यस आधारशिला निर्माणमा सीको जस्तो बलियो नेतृत्व चीनलाई आवश्यक छ । 

अमेरिकाको यस नकारात्मक रणनीतिलाई निस्तेज बनाउन नसकेमा चीनले सधैंभरि अमेरिकाको कनिष्ठ सहयोगीका रूपमा रहिरहनुपर्ने हुन्छ, अमेरिकाविरुद्ध महाशक्ति प्रतिस्पर्धा गर्न उसलाई गाह्रै पर्छ । त्यस्तो स्थिति आउन नदिनका लागि सीको बलियो नेतृत्व आवश्यक रहेको चिनियाँ कम्युनिस्ट पार्टीले बुझेको छ । 

अनि त्यसमाथि चीनलाई समृद्ध र बलियो मुलुक बन्न नदिनका लागि अमेरिकाले भरमग्दूर प्रयास गरिरहेको छ । चीनलाई विश्वव्यापी आपूर्ति शृंखलाको कमजोर खेलाडी बनाउने, एसियामै समेत चीनलाई शक्तिप्रदर्शन गर्नबाट रोक्ने तथा चीनको छिमेकमा आफूअनुकूल मुलुकहरूको शृंखला खडा गरेर रणनीतिक जोखिममा पारिरहने अमेरिकी योजना विभिन्न रूपमा सार्वजनिक भइरहेको छ । 

चीनलाई कमजोर बनाउने रणनीतिअन्तर्गत अमेरिकाले चीनको समग्र सेमीकन्डक्टर क्षेत्रलाई धराशायी पार्नका लागि नयाँ चिप्स ऐन ल्याएको छ ।

त्यसमार्फत उसले चिनियाँ चिपनिर्माताहरूलाई अमेरिकाबाट मात्र नभई अन्य कुनै पनि देशबाट अमेरिकी पेटेन्ट अधिकार भएका अत्याधुनिक उपकरण आयात गर्न प्रतिबन्ध लगाएको छ । आफ्नो नवप्रवर्तनमार्फत चीनलाई प्रतिस्पर्धामा उछिन्ने भन्दा पनि चीनको सेमीकन्डक्टर क्षेत्रलाई पंगु बनाएर अमेरिकाले आफ्नो अग्रता कायम राख्न खोजेको छ । 

अमेरिकाको यस नकारात्मक रणनीतिलाई निस्तेज बनाउन नसकेमा चीनले सधैंभरि अमेरिकाको कनिष्ठ सहयोगीका रूपमा रहिरहनुपर्ने हुन्छ, अमेरिकाविरुद्ध महाशक्ति प्रतिस्पर्धा गर्न उसलाई गाह्रै पर्छ । त्यस्तो स्थिति आउन नदिनका लागि सीको बलियो नेतृत्व आवश्यक रहेको चिनियाँ कम्युनिस्ट पार्टीले बुझेको छ । 

आफ्नो एकध्रुवीय प्रभुत्व कायम राख्नका लागि अमेरिकाले गरेका हरेक प्रयासबाट विश्व राजनीति अस्थिर बनेको भए पनि यसबाट विचलित नभई सीले चीनलाई धैर्यताका साथ अघि बढाएमा बहुध्रुवीय विश्वको निर्माण हुनेछ । तर अमेरिकाविरुद्धको संघर्षमा रुसको जति साथ चीनले लिनुपर्ने हो त्यो नलिएकाले बहुध्रुवीय विश्व निर्माणमा जटिलता उत्पन्न भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x