×

NMB BANK
NIC ASIA

पर्यटन बोर्ड शुल्क विवाद : एउटा निकायले उठाएको शुल्कमा अर्को निकायको आँखा !

कात्तिक ८, २०७९

NTC
Premier Steels

सरकारकै एउटा निकायले उठाएको शुल्कमाथि राज्यकै अर्को निकायले आँखा लगाएका कारण नेपाल पर्यटन बोर्डले डेढ दशकदेखि उठाउँदै आएको पर्यटन सेवा शुल्क विवादमा तानिएको छ ।

Muktinath Bank

पर्यटन बोर्डले नेपाल भित्रिएका पर्यटक बाहिरिँदा प्रतिपर्यटक भ्याटबाहेक नै १ हजार रुपैयाँ लिने गरेको छ । यो शुल्क पर्यटन बोर्डले हरेक विदेशी यात्रु फर्किंदा टिकटमै जोडेर लिने गरेको छ । यस्तो शुल्क एयरलाइन्सको टिकटमै जाेडेर बोर्डलाई बुझाउने गरिएकाे छ । बोर्डले पनि नेपालबाट विदेशिएका पर्यटकबाट लिएको यस्तो शुल्क हरेक १५–१५ दिनमा बिलिङ गरेर सम्बन्धित एयरलाइन्समार्फत असुल गर्दै आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटन बोर्ड ऐन २०५३ अनुसार गठन भएको यो संस्थालाई नेपालको पर्यटनको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार-प्रचार गर्न र स्वदेश भित्रिएका पर्यटकलाई सेवासुविधा प्रदान गर्ने उद्देश्यले शुल्क उठाउने अधिकार दिएको छ । सरकारले आर्थिक ऐन २०६३ को दफा १४ ले दिएको पर्यटन सेवा शुल्क उठाउने अधिकार बोर्डले प्रयोग गर्दै आएको छ । बोर्डलाई त्यतिबेला प्रतिपर्यटक भ्याटबाहेक ५०० रुपैयाँ उठाउन भनिएकाे थियो । यस्तो शुल्क बोर्डले २०७० सालदेखि प्रतिपर्यटक १ हजार रुपैयाँ उठाउँदै आएको छ । 


Advertisment
Nabil box
Kumari

सरकारले २०६६ सालमा दिएको यस्तो शुल्क वृद्धिको अधिकार पर्यटन बोर्डले नियमावलीमा नै व्यवस्था गरेर लिने तयारी गर्दा निर्णय भएको ४ वर्षपछि मात्रै लिन थालेको थियो । पर्यटन बोर्डलाई नियमित आम्दानीको स्रोत बनाउन सरकारले हवाई टिकटबाट शुल्क लिनुअघि २०५५ सालको आर्थिक ऐनले गरेको व्यवस्थाअनुसार बोर्डले भ्याट लाग्ने वस्तु तथा सेवामा २ प्रतिशत पर्यटन सेवा शुल्क लिने गरेको थियो ।

Vianet communication

बोर्डले उठाइरहेको शुल्कको विषयमा नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले भने हटाउन चाहेको छ । प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले गत हप्ता एक पत्रकार सम्मेलनमै बोर्डले उठाइरहेको शुल्क वैध नभएको बताएका थिए  । उनले उक्त शुल्क उठाउन नपाउने भन्दै बन्द गराउन लबिङ थालेका छन् ।

प्राधिकरणका अनुसार टिकटबाट पर्यटन सेवा शुल्कको कोड हटेपछि हवाई टिकटमा सेवा शुल्क उठाउन पाइने छैन । हाल हवाई टिकटमा एनक्यू कोड सिर्जना गरेर यस्तो शुल्क बोर्डले उठाउँदै आएको छ । अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयटा) का सदस्य भएका ट्राभल एजेन्सीहरूले अन्तर्राष्ट्रिय उडानको टिकट काट्दै बोर्डका लागि यस्तो शुल्क लिएको हुन्छ । यो शुल्क उठाउन नदिन प्राधिकरणले आयटाबाटै कोड खारेज गर्न लबिङ थालेको बताएको छ ।

प्राधिकरणका महानिर्देशक अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले १३–२५ अप्रिलससम्म गरेको नेपालको हवाई सुरक्षा अडिटका क्रममा हवाई यात्रुबाट अतिरिक्त शुल्क लिएको विषयमा प्रश्न उठाएको बताए । यस्तो शुल्क खारेज गर्ने विषयमा प्राधिरकणले हवाई यात्रुबाट पर्यटन सेवा शुल्क हटाउने सहमति दिन आयटालाई पत्राचार गरेको समेत दाबी गरेको छ । 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बोर्डले उठाएको शुल्क वैध नभएको र यात्रुलाई अनावश्यक रूपमा टिकट महंगो बनाउने काम गरेको पाइएको छ । आयटाले यात्रुबाट लिने अतिरिक्त शुल्क लिनेको प्रमाणित औचित्य नभएकाले हटाउन लागिएको प्राधिकरण अधिकारीको भनाइ छ ।

यही शुल्क हटाउने बोर्डले विमानस्थलमा राखेको पर्यटन सेवा काउन्टरलाई प्राधिकरणले हटाइदिएको छ । सोही काउन्टर हटाएसँगै प्राधिकरण बोर्डले उठाउने शुल्कप्रति नकारात्मक हुन थालेको हो । 

तत्कालीन पर्यटन विभाग र हवाई विभागलाई १९९८ डिसेम्बर ३१ मा खारेज गरिएको थियो । तत्कालीन पर्यटन विभागको विकल्पमा पर्यटन बोर्ड र हवाई  विभागको सट्टा नेपाल नागरिक उड्डयन प्राधिकरण गठन भएको थियो । एकैदिन जन्मिएका २ संस्था नेपालको पर्यटन र हवाई क्षेत्रको विकासमा छुट्टै अस्तित्व भएका स्वायत्त संस्था हुन् ।

पर्यटकबाट शुल्क उठाउने देशहरू

एउटा स्वायत्त निकायको शुल्क अर्कोले खारेज गराउन सक्छ ?

प्राधिकरणले पर्यटन बोर्डको शुल्कको विरोध गरेपछि प्राधिकरणसँग भने यस्तो शुल्कको कहीँ पनि सरोकार हुँदैन । बोर्डले एयरलाइन्सबाट उठाउने यस्तो शुल्क प्राधिकरणसँग सरोकार नहुने र सरकारले दिएको अधिकारलाई पालना गरेको नेपाल पर्यटन बोर्डको भनाइ छ । 

बोर्डको यस्तो शुल्कसम्बन्धी अधिकार सरकारसँगै हुन्छ । बोर्डले संसदबाट पारित भएको पर्यटन बोर्ड ऐन २०५३ अनुसार शुल्क उठाएको हुँदा ऐनमा भएको व्यवस्था हटाउन मिल्दैन । ऐनमा संशोधन गरेर मात्रै यस्तो शुल्क सम्बन्धी व्यवस्था परिवर्तन गर्न सकिन्छ । 

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीले प्राधिकरणले व्यक्तिगत इगोलाई अनावश्यक रूपमा उचालेको बताए । रेग्मीले प्राधिकरण टुक्र्याउन संसदमा पुगेको विधेयक पारित हुनुपर्छ भनेर सार्वजनिक रूपमा बोलेको, प्राधिकरणको अधिकार, विमानस्थल सञ्चालन हुन नसकेको र भैरहवा विमानस्थलमा प्राधिकरणको कमजोरी औंल्याएका कारण प्राधिकरण महानिर्देशकले व्यक्तिगत इगो लिएको दाबी रेग्मीले गरेका छन् ।

रेग्मीले प्राधिकरणको स्वार्थका कारण यस्तो शुल्क नहट्ने दाबी गरे । प्राधिकरणले आयटालाई पत्र पठाए वा कुनै औपचारिक माध्यमबाट प्रश्न उठाए कानूनी उपचार खोज्ने पनि बताएका छन् । रेग्मीले भने, ‘ऐन-कानूनले दिएको विषय कसैको स्वार्थमा हटाउन र राख्ने भन्ने हुँदैन ।’

अन्तर्राष्ट्रिय अभ्यासअनुसार शुल्क

पर्यटन बोर्डले अन्तर्राष्ट्रिय अभ्यासअनुसार पर्यटकबाट शुल्क लिएको र पर्यटन प्रवद्र्धनमा खर्च गरिरहेको बताएको छ । बोर्डका सहप्रवक्ता मणिराज लामिछानेले बोर्डले लिएको शुल्कको औचित्य पुष्टि गर्दै भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेर नेपालको प्रवद्र्धन गर्ने र पर्यटक ल्याउने काम यही शुल्कबाट भएको छ ।’

वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठ्ने यस्तो शुल्कबाट सरकारलाई नै पर्यटन प्रवद्र्धन र विकासमा सहयोग पुगेको छ । 

पर्यटन शुल्क जापान, मेक्सिको, कोस्टारिका, कोलम्बिया, जमैका, इक्वेडर, पेरु, मोरक्को, ट्युनिसियासहितका देशले पनि लिइरहेका छन् । लामिछानेले कानूनी व्यवस्थाअनुसार लिएको यस्तो शुल्क खोस्ने अधिकार प्राधिकरणसँग नरहेको पनि बताए ।

पर्यटन सेवा शुल्क सम्बन्धी​ कानूनी व्यवस्था

पीपीपीको नमूना संस्थालाई विवादित नबनाउन निजी क्षेत्रको सुझाव

नेपाल पर्यटन बोर्ड निजी–सार्वजनिक–साझेदारी (पीपीपी) को एक मात्रै नमूना संस्था हो । यो संस्थाको सफल अभ्यासलाई दृष्टिगत गरेर पनि पर्यटन बोर्डलाई विवादमा तान्न नहुने नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापाले बताए । थापाका अनुसार बोर्ड निजी क्षेत्रको आवश्यकताको संस्था हो, यसले गत वर्ष पनि मन्त्री र सीईओ विवादले प्रवद्र्धनमा उल्लेख्य प्रगति गर्न सकेन भने यो वर्ष पनि यही यस्तै बहाना नहाेस् ।

थापाले भने, ‘पछिल्लो समय देखिएका समस्या समाधान गर्नुपर्छ, कहीँकतै कमी कमजोरी भए बोर्डले कार्यविधि बनाएरै सुधार गर्नुपर्छ । व्यक्ति–व्यक्ति बीचको विवादका कारण संस्था कमजोर बनाउनु हुँदैन । सरकारकै अन्तरनिकाय झगडा गरेर बस्छन् भने निजी क्षेत्रका पर्यटन व्यवसायीले विरोध गर्ने र बोर्ड बचाउन आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्छ ।’ बेलैमा सरकारी निकायले विवाद सुल्झाउनुपर्ने आग्रह पनि थापाले गरे ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी सुमन पाण्डेले पर्यटन बोर्ड निजी क्षेत्रको साखको विषय भएकाले यसलाई विवादमा ल्याउन नहुने बताए । ‘पर्यटन बोर्ड र प्राधिकरण बसेर समस्याको समाधान गर्नुपर्छ, समन्वय पर्यटन मन्त्रालयले गर्नुपर्छ’, उनले भने । 

नेपाल  पर्यटन बोर्डका पूर्वसदस्य तथा पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटा अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालले आत्मसात गरेर दिएको सेवामा सरोकार नै नभएको निकायको चासो नै अनुपयुक्त भएको तर्क गर्छन् ।

उड्डयन प्राधिकरणले १ दशकदेखि युरोपेली युनियन (ईयू) ले राखेको कालोसूचीमा हटाउन नलागेको, प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरेर सेवा दिन बेवास्ता गरेर अनावश्यक विषयमा हात हालेको दाबी सापकोटाको छ । प्राधिकरण बोर्डसँग पूर्वाग्रही भएको पनि सापकोटाले बताए । 

पर्यटन सेवा शुल्क सम्बन्धी पर्यटन बोर्डले उपलब्ध गराएको तथ्य

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २१, २०७६

सुर्खेत – राउटेलाई जंगलका राजा भनिन्थ्यो । राउटे समुदाय जंगलमै रमाउँथ्यो र जंगलमै फिरन्ते जीवन बिताउँथ्यो । राउटेको जंगली जीवन एकादेशको कथाजस्तै बनाइएको छ । राउटेको जीवन सुधार्न भन्दै सरकार र विभिन्...

पुस २९, २०७८

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ५ जना सचिवहरूलाई बेकामे बनाइएको छ ।  दरबन्दीभन्दा बढी संख्यामा सचिवहरूको सरुवा भएपछि जगेडामा थन्क्याइएका सचिवहरू बेकामे भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

कात्तिक २०, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स (दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि अनुगमन तथा भ्वाइस र डेटाको कुल भोल्युम परीक्षण गर्ने प्रविधि) प्रविधि खरिद प्रकरणमा ३ अर्ब रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष न...

असोज १२, २०७९

सर्वोच्च अदालतबाट अवकाश पाउँदै गरेका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आफ्नो निजी निवासको सिँगारपटारमा लाखौं रुपैयाँको सरकारी खर्च गरेका छन् । काठमाडौंको नैकापस्थित निजी निवासमा कार्कीले सर्वो...

बैशाख १६, २०७८

गरीबी निवारण कोषमा गरीबको गरीबी निवारणभन्दा कर्मचारीको रजाईंमै बढी खर्च हुने गरेको पाइएको छ । विश्व बैंकको आर्थिक लगानी रहेको उक्त कोषमा गरीबभन्दा पनि त्यहाँ काम गरेर विदेशी डलरमा सुविधा पाउने कर्मचारीहर...

भदौ ३०, २०७६

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सीता परियार २०७५ चैत्र ४ गते हाजिर भइन् । हाजिर भएको भोलिपल्ट चैत्र ५ गते नै काठमाडौं काजमा गइन् । काजमा ५ दिन बसेर फिर्ता भए...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x