×

NMB BANK
NIC ASIA

उद्यम

शहरी भान्सामा अर्ग्यानिक खाद्यवस्तु पुर्‍याउने २२ वर्षीय अबिशेक

कात्तिक १९, २०७९

NTC
Premier Steels
Marvel

विराटनगरलाई औद्योगिक शहरका रूपमा चिनिन्छ । औद्योगिक शहरमा पछिल्लो समय १ युवा अर्ग्यानिक खानामा जोड दिइरहेका छन् ।

Muktinath Bank

२२ वर्षीय अबिशेक गौतमले घरका भान्सा अर्ग्यानिक बनाउने प्रयास शुरू गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तरकारी तथा खाद्यान्नमा अत्यधिक विषादी र रासायनिक मल प्रयोग गरेर उत्पादन भइरहेका बेला उनले किसानले घरायसी मलको मात्रै उत्पादन गरेका खानेकुरा विराटनगर ल्याउने गरेका छन् । उनले १ नम्बर प्रदेशका किसानले उत्पादन गरेकादेखि अन्य प्रदेशका किसानले उत्पादन गरेका दाल, चामल, फलफूल समेत बेच्ने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

अर्ग्यानिक घर नाम दिएर उनले पसल शुरू गरेका हुन् । बारीमै गएर अर्ग्यानिक उत्पादन गरेको हो/होइन भन्ने बुझेर मात्रै खरिद गर्ने गरिएको उनले बताए । 

Vianet communication
Laxmi Bank

विराटनगर औद्योगिक मात्रै होइन, भारतीय बजार जोगमनिसँग सीमा जोडिएको बजार हो । विराटनगरका भान्सा जोगमनिकै बजारले धानेको छ । त्यहाँ लत्ता–कपडादेखि घरायसी सामग्री किन्न जानेको लर्काे लाग्ने गर्छ । विराटनगरमा भन्दा त्यहाँ लत्ताकपडा तथा खाद्यान्न समेत सस्तो पर्ने भएपछि नेपालीहरू भारतीय बजार जाने गर्छन् । भारतीय बजारले असर गरेको विराटनगरमा अर्ग्यानिक खाना खुवाउन प्रयासमा रहेका गौतमले उच्च हिमालीदेखि समथर तराईका खानेकुरा किचनमा पुर्‍याउने प्रयास गरिरहेका छन् । 

अर्ग्यानिक वस्तुको महत्त्व उपभोक्ताले नबुझेको अवस्थाले गर्दा सस्तो मूल्यमा बाहिरबाट बजारमा आएका विषादीयुक्त फलफूल तथा खानेकुरामा बल गर्ने गरेको उनले बताए । 

पछिल्लो समय अर्ग्यानिक खाद्य स्टोर, अर्ग्यानिक तरकारी तथा फलफूल पसल, होमस्टे, रिपोर्ट र रेस्टुरेन्टहरू धेरै खुलेका छन् । ‘विषादीयुक्त खानेकुराका कारण विभिन्न खालका रोगहरू देखा पर्न थालेपछि अर्ग्यानिक खानेकुराको माग बढ्न थालेको छ,’ उनले भने । रासायनिक खेती गर्दा खानेलाई मात्र नभई किसानलाई समेत स्वास्थ्यमा फाइदा हुन्छ भन्ने बुझाउन समेत थालिएको उनले बताए । 

१ नम्बर प्रदेशका अर्थाेडक्स चिया, ग्रिन टी चिया, ब्ल्याक टी, किसानले नै उत्पादन गरेका अचार, मह, घ्यू एभोकाडो किभि उनको पसलमा पाइन्छ । घ्यूलाई ब्रान्डिङ गर्ने तयारी समेत गरेको उनले बताए ।

उच्च पहाडी क्षेत्रबाट लोकल (स्थानीय रैथाने) जातका गाईको घ्यू संकलन गरेर ल्याएर आफैंले खारेर तयारी पारेर बेच्ने गरेको अबिशेक बताउँछन् । चरन क्षेत्रमा जडीबुटी खाएका गाईको घ्यू ल्याउने गरेको उनले बताए । जडीबुटी खाएका गाईवस्तुको घ्यू खाँदा स्वाद मात्रै नभई विभिन्न रोगका लागि पनि औषधि बनोस् भनेर संखुवासभाको गुफा चौकी मंगलवारे लगायतका क्षेत्रबाट ल्याउने गरेको बताए । 

जुम्लाको मार्सी चामल, कागबेनीको चामल समेत बेच्ने गरेका छन् । कागबेनीको चामललाई नेपालकै पुरानो चामल भएको उनले बताए । लोप हुँदै गएका खाद्यान्नको संरक्षण गर्ने उद्देश्य समेत आफ्नो रहेको उनले बताए । 

जेठो बुढोको चामल, जुम्लाको फापरको पिठो, कोदोको पिठो, जहुँको पिठो समेत बेच्ने गरेको उनले बताए ।  रायो, तोरीको गुन्द्रुक समेत उनको पसलमा पाइन्छ । 

विराटनगरभन्दा बाहिर समेत उनीहरूले सामग्री पठाउने गरेका छन् । बुटवल–काठमाडौं लगायतका क्षेत्रमा समेत सामग्री पठाउने गरेको उनले बताए । उनले अनलाइनमार्फत पनि सामग्री पठाउने गरेका छन् । 

उनीबाट नेताहरूले समेत वस्तु किन्ने गरेका छन् । मन्त्रीहरू समेत यहाँ राम्रो खाने कुरा पाइने रहेछ भनेर किन्न आउने गरेको अबिशेक बताउँछन् । प्रेम आले पर्यटन मन्त्री भएका बेला विराटनगर आउँदा दाल, एभोकाडो किवि लगायतका खाद्यान्न किनेका उनले बताए । 

रासायनिक मल नहाली स्थानीय गाईभैंसीको भकारो र स्याउलाबाट बनेको प्रांगारिक मल प्रयोग गरिने र कीटनाशक औषधि पनि प्रयोग नगरी उत्पादन गरिएका सामग्री मात्रै ल्याएर अर्ग्यानिक किचनको विकास गर्न खोजिएको उनले बताए ।

उनको पसलमा बाजुरा, बझाङ, मुस्ताङ, मनाङ, म्याग्दी, मुगु, जुम्ला, हुम्ला, डोल्पा, कालीकोट लगायतका दुर्गमका जिल्लामा फलेका सिमी, गेडागुडी, मार्सी चामल, फापरको पीठो, कोदाको पीठो, गेडागुडी र फलफूलहरू पाइन्छन् । 

‘नेपाली भान्सा अर्ग्यानिकले धानिन्छ,’ उनले भने, ‘चिया, कफी, मह जस्ता वस्तुहरू विदेश पुर्‍याउँदा आयआर्जन पनि राम्रो गर्न सकिन्छ ।’ सरकारले प्रयोगशाला (ल्याब) स्थापना गरेर बाहिरबाट आयात हुने वस्तुमा कडाइ गरिदिने हो भने अर्ग्यानिक बजारले राम्रो स्थान पाउने समेत उनी बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x