×

NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

चितवन– २ का मतदातामा पलाएको विद्रोही चेत : नतिजामा हुनसक्छ उलटफेर !

कात्तिक २२, २०७९

Prabhu Bank
NTC
Premier Steels

चितवन नारायणगढको पोखरा बसपार्कको पारिपट्टि अस्थायी सटरमा सानो फलफूल पसल गरेर बसेकी छिन्– ५७ वर्षकी सुमित्रा अधिकारी । 

Muktinath Bank

चितवन क्षेत्र नम्बर २ अन्तर्गत क्षेत्रपुरकी सुमित्रा मंसिर ४ गत हुने चुनावको चहलपहलबाट बेखबर छैनन् । अन्य मतदाताजस्तै राजनीतिक दलका नेताप्रतिको आक्रोश उनीमा पनि देख्न सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दलहरूले झुक्याउने मात्र काम गरे । हाम्रा सन्ततिको भविष्य पनि बिगारिदिए । यसपटक नयाँ उम्मेदवारले हाम्रो भोट पाउन सक्छन्,’ सुमित्राले भनिन् । 


Advertisment
Nabil box
Kumari

सुमित्राले राजनीतिक कुरा गरेको ठाउँमा स्थानीय रिता थापा पनि कुरा मिसाउन आइपुगिन् । उनी पनि चितवन– २ की मतदाता हुन् ।

Vianet communication

‘पटक–पटक हामीलाई झुक्क्याउने नेतालाई फेरि किन भोट दिने ? यसपटक हामीले स्वाद फेर्ने तयारी गरेका छौं,’ थापाले भनिन् ।

यसअघिका सांसदले वाचा गरेअनुसारको काम नगरेको आरोप उनले लगाइन् ।

नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले यसअघि चुनाव जितेको चितवन– २ मा उनै उम्मेदवार दोहोरिएका छन् । पोखरेल २०७० सालको संविधानसभा चुनावमा पनि चितवनबाट विजयी भएका थिए ।

यो क्षेत्रमा चुनाव लड्न सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका धनाढ्य नेता उमेश श्रेष्ठ मैदानमा उत्रेका छन् । श्रेष्ठ शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको राज्यमन्त्री छन् । आफूलाई चुनाव लड्ने पृष्ठभूमि बनाउन श्रेष्ठ स्थानीय तह चुनावको बेला रेनु दाहालको प्रचारका लागि चितवनमा खटिएका थिए । 

पुराना दलले देशका समस्या समाधान गर्न नसकेको भनेर टेलिभिजन पत्रकारिता त्यागेर राजनीतिमा होमिएका रवि लामिछाने चितवन– २ बाट प्रतिनिधिसभामा उम्मेदवार छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रवि घण्टी चिह्न लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

शुरूमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गरेका रविले अन्तिममा चितवन– २ मा उम्मेदवारी दर्ता गराए । 

चुनावको अन्तिम नतिजाको भविष्यवाणी गर्न नसकिए पनि रविले चितवन– २ मा सत्ता गठबन्धन र एमालेलाई हायलकायल बनाएका छन् । 

भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा पर्ने ग्रामीण बस्तीदेखि नारायणगढको भित्री बजारसम्म रविको दलले चुनावी माहोल सिर्जना गर्न सफल भएको छ ।

चितवन मेडिकल कलेज (सीएमसी) अगाडिको रोडमा एक दर्जन व्यक्तिसँग कुरा गर्दा उनीहरूमध्ये १० जना परिवर्तनको पक्षमा देखिए । थोरै मतदाताले मात्र अहिलेसम्म धारणा बनाइसकेका छैनन् ।

औषधि व्यवसायी सागर पराजुली, फेन्सी पसल सञ्चालिका सरिता घिमिरे र अर्का व्यवसायी सनत लम्सालले यसपटकको भोट नयाँ अनुहारलाई दिने बताए । 

चितवन कविलासका ६९ वर्षीय भक्तबहादुर गुरुङले यसपटक चितवनमा नयाँ उम्मेदवारको बारेमा चर्चा चलिरहेको बताए । 

‘कसलाई भोट दिने भन्नेबारे अहिलेसम्म सोच बनाएको छैन । यसपटक हाम्रो ठाउँमा नयाँ उम्मेदवारको बारेमा पनि कुरा चलिरहेको सुन्छु,’ गुरुङले भने ।

भक्तबहादुर गुरुङ

पुरानाप्रतिको विकर्षण, नयाँप्रति आकर्षण !

चितवनका मतदातामा यसपटक विद्रोही चेत अन्य ठाउँको भन्दा बढी छ । भोट माग्न आउने नेतालाई मतदाताले र्‍याखर्‍याख्ती पारिरहेका छन् ।

स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारले ल्याएको उल्लेखनीय मतपछि विद्रोहको चेत विस्फोटको अवस्थामा पुगेको हो । 

भरतपुर– १० का स्थानीय मतदाता राजेश श्रेष्ठ अन्य दलका उम्मेदवारप्रति मतदाताको विकर्षणले नयाँ दल र उम्मेदवारप्रति आकर्षण देखिएको बताउँछन् ।

‘यहाँका तमाम नेतालाई टिकट नदिएर जसरी उमेश श्रेष्ठलाई टिकट दिइयो, यसले कांग्रेसमा असन्तुष्टि बढायो र स्वतन्त्र (पार्टी)को पक्षमा माहोल बन्यो,’ श्रेष्ठले लोकान्तरसँग भने । 

भरतपुर– १० मै किराना पसल सञ्चालन गरेर बसेका पर्वतजंग भण्डारी गृहिणीहरूले गरिरहेको राजनीतिक कुराले आफूलाई अचम्म लागेको बताउँछन् ।

‘यसपटकको चुनावमा यहाँका महिलाले नचिताएको नतिजा निकाल्दिन्छन्, ठूला दलको मनोमानीविरुद्ध यहाँ महिलाले विद्रोह गर्ने परिस्थिति बनेको छ,’ भण्डारीले भने । 

विकास क्षेत्री, अटो चालक (स्थानीय मतदाता)

नारायणगढ बजारमा भेटिएका कांग्रेस र एमाले नेताहरू रक्षात्मक देखिए । 

‘नयाँ उम्मेदवारको पक्षमा अहिले चर्चा भए पनि भोट हाल्ने समयमा मतदाताले आफ्नो दल र चिह्न छाड्दैनन् । वडा र टोलसम्म संगठन भएको दललाई बाइपास गरेर नयाँ दल उदाउने भन्ने कुरा सजिलो छैन,’ चितवन पुल्चोकमा भेटिएका एक एमाले कार्यकर्ताले भने । 

कांग्रेसका नेताहरू स्वतन्त्र पार्टीले चितवनमा राजनीतिक वेभ ल्याएको स्वीकार्छन् । तर, चुनाव भने गठबन्धनकै उम्मेदवारले जित्ने उनीहरूको विश्वास छ । 

विगतमा प्रतिनिधिसभा निर्वाचनमा पाएको सफलता तथा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको मतलाई एमाले उम्मेदवार पोखरेलले चुनाव जित्ने आधार बनाएका छन् । 

भरतपुर महानगरमा निकालेको जित र गठबन्धनको भोट जोडेर आफूले चुनाव जित्ने विश्वासमा कांग्रेस उम्मेदवार श्रेष्ठ छन् । 

पुराना राजनीतिक दलप्रतिको वितृष्णा र आक्रोशका कारण आफूले चुनाव जित्ने रविको विश्वास छ । 

तीन जना उम्मेदवारबीचको प्रतिस्पर्धाले चितवनको राजनीतिक माहोललाई थप रोमाञ्चक बनाइदिएको छ । 

रवि लामिछाने ल्याएको जबरजस्त माहोल

चितवन महानगरपालिका वडा नम्बर १ को रामनगर बजारका व्यवसायी तुलसीराम श्रेष्ठ एक महिना अघिसम्म नेपाली कांग्रेसको जिल्ला समिति सदस्य थिए । 

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको वडा सभापति बनेका छन् । उनी शनिवार रामनगरको मुख्य सडकमा राखिएको सम्पर्क कार्यालय उद्घाटनको चाजोपाँजो मिलाउँदै थिए । 

तुलसीराम श्रेष्ठ

‘देशमा बढेको भ्रष्टाचार र बेथिति अन्त्य गर्नुपर्छ भनेर नयाँ पार्टीमा लागेको हो । भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्न सक्ने सामर्थ्य हाम्रो पार्टीसँग मात्र छ,’ श्रेष्ठले दाबी गरे । 

साझा पार्टीमा आस्था राख्ने अर्का युवा व्यवसायी नुरप्रसाद भट्टले चितवनका जनताले परिवर्तन खोजेको र यसपटक चमत्कार हुने दाबी गरे ।

‘२०६४ सालमा जसरी माओवादीको पक्षमा माहोल सिर्जना भएको थियो, यसपटक चितवन २ मा स्वतन्त्र पार्टीको पक्षमा त्यस्तै ह्वीम आएको देखिएको छ,’ भट्टले दाबी गरे । 

टेलिभिजन पत्रकारिता छाडेर रवि राजनीतिमा होमिएका हुन् । ‘तीन वर्षअघि चितवनमा भएको एउटा घटनाको समयमा पनि यहाँका जनता रविको पक्षमा ओर्लिएका थिए । राजनीतिक दल खोलेर चुनाव लड्न आएपछि मतदातामा उत्साह थपिएको छ,’ चितवन बसपार्कमा भेटिएका नारायण पौडेलले भने । 

नारायण पौडेल

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x