×

NIC ASIA

सस्तो फिल्मलाई महंगो प्रचार, दर्शकमाथि अत्याचार

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
चलचित्र ‘पशुपतिप्रसाद’ ले दर्शक तथा समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पायो अनि राम्रो व्यापार पनि ग–यो । सफलताको प्रसाद चाखेका अभिनेता खगेन्द्र लामिछाने र दीपेन्द्र के. खनालले त्यसपछि चलचित्र ‘धनपति’ निर्माणको घोषणा गरे ।

चलचित्र निर्माण भयो । व्यापक प्रचारका बीच प्रदर्शन गरियो । चलचित्र ‘धनपति’ लाई अर्को सफल चलचित्र ‘पशुपतिप्रसाद’ टोलीले निर्माण गरेको भन्दै प्रचार गरियो ।

‘पशुपतिप्रसाद’बाट आनन्दित दर्शक ‘धनपति’ को प्रतीक्षामा नहुने कुरै भएन । बाक्लै प्रचार गरिएपनि चलचित्र ‘धनपति’ ले राम्रो व्यापार भने गर्न सकेन । समीक्षकले पनि चलचित्रका धेरै कमजोरी खोतले । दर्शकले पनि ‘पशुपतिप्रसाद’ को तुलनामा कमसल चलचित्र बनेको प्रतिक्रिया दिए ।

अर्कातिर सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु’ को पनि व्यापक प्रचार र भव्य प्रिमियर गरियो । एकातिर चलचित्रले करोडौंको व्यापार गरेको समाचार आइरह्यो भने अर्कातिर चलचित्र प्रचारकै भरमा चलेको भन्ने आरोप पनि लाग्यो ।
geetयो चलचित्रले समीक्षकबाट राम्रो प्रशंसा कमाउन सकेन, भलै चलचित्रले दर्शकको राम्रै साथ पायो । निर्देशक सुदर्शन थापाले आफूले सिनेमा समीक्षकका लागि नभएर दर्शकका लागि बनाएको प्रतिक्रिया दिए । प्रचारले हलसम्म दर्शकलाई ल्याउन सफल भयो ।

‘म यस्तो गीत गाउँछु’ को प्रदर्शन (रिलिज) सँगसँगै केही हप्तामै प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत २’ ले पनि प्रचारमा कुनै कसुर बाँकी राखेन । विदेशमा छायांकन गरिएको, रारा ताल लगायतका स्थानमा छायांकन गरिएको भन्दै प्रचार गरिएको फिल्मलाई मोफसलका मुख्य शहरमा सांगीतिक कार्यक्रम (कन्सर्ट) गरेरै प्रचार गरियो ।
आक्रामक प्रचारमा जुटेको फिल्म ‘प्रेमगीत २’ हेर्न केही दिन दर्शक हलमा भरिभराउ भए । कतिपय दर्शकले चलचित्रलाई औसत रूपमा हेरे भने समीक्षकले चलचित्रलाई कमजोर भएको प्रतिक्रिया दिए । समीक्षकले चलचित्रमा खोटैखोट लगाइदिए ।

अझ ‘प्रेमगीत २’ ले त चलचित्रलाई कसरी प्रचार ग–यो भने केही चल्तीका व्यक्तिलाई देखाउने र ‘फलानोले चलचित्र हेरे’ भन्ने खालका समाचार प्रकाशन गर्ने ।

सिनेमाको प्रचार एकातिर भएपनि अर्कोतिर चलचित्रको स्तरीयता र व्यापारको बहस चलिरहन्छ ।
लामो समयदेखि सिनेमा समीक्षा गर्दै आएका चलचित्र समीक्षक समाजका अध्यक्ष यज्ञशले समीक्षाले सिनेमाको बजार मापन नगर्ने बताउँछन् । ‘मेकरले कस्तोखाले फिल्म बनाएको भन्नेमा भर पर्छ, फिल्म प्रचारले दर्शकमा जिज्ञासा जगाउन त सक्ला तर फिल्म सफल नै बनाउँछ भन्ने छैन,’ यज्ञश थप्छन्, ‘झुर फिल्म बनाउने तर प्रचार बढी गर्ने प्रवृत्तिले दर्शकलाई केही समय झुक्याउन सकिएपनि पछि दर्शकले नपत्याउन पनि सक्छन् ।’

कस्तो फिल्म निर्माण गर्न खोजेको हो भन्नेमा फिल्मकर्मी स्पष्ट हुनुपर्ने यज्ञशको धारणा छ । प्रचारको आफ्नै महत्त्व भएपनि राम्रो फिल्म निर्माण गरेर मात्र प्रचार गर्दा नेपाली सिनेमाको बजार स्थूल हुने यज्ञश बताउँछन् । ‘चलचित्रको व्यापारमा समीक्षाले पूर्ण प्रभाव नपारेपनि चित्तबुझ्दो समीक्षाले धेरै फरक पार्छ’, यज्ञश थप्छन् ।
20814027_1949297328679155_515144372_n
चलचित्र वितरक गोपाल कायस्थको तर्क पनि उस्तै छ । ‘जसरी फिल्मको प्रचार हुन थालेको छ, त्यो राम्रो हो तर राम्रो चलचित्र बनाउनतर्फ ध्यान दिइएन भने चलचित्र प्रचारको कुनै अर्थ छैन,’ कायस्थ सुनाउँछन्, ‘फिल्मको प्रचार गरेर त जम्मा दुई दिन दर्शकलाई हलसम्म तान्ने हो, अरू दिनमा दर्शक आफैंले सिनेमाको प्रचार गर्छन् ।’

चलचित्र ‘पशुपतिप्रसाद’ प्रदर्शन हुँदा शुरुका दुई दिनमा पच्चीस प्रतिशत दर्शक मात्र फिल्म हेर्न आएको कायस्थ बताउँछन् । तर उक्त चलचित्रले दर्शकको राम्रो प्रतिक्रिया पाएपछि ‘वर्ड अफ माउथ’ बाट राम्रो प्रचार पायो । उनै दर्शकले चलचित्र ‘धनपति’ बाट त्यही स्वाद पाउन नसकेको कायस्थ बताउँछन् ।

हालै प्रदर्शनमा आएको चलचित्र ‘रुद्र’ को हालत पनि उस्तै छ । रामजी लामिछाने निर्देशित ‘रुद्र’ ले प्रचार त गरेकै हो तर ‘प्रेमगीत २’ को व्यापक प्रचारले निखिल उप्रेती अभिनित चलचित्रलाई ओझेलमा पारिदियो । त्यसो त दर्शकबाट फिल्मले राम्रो प्रतिक्रिया पाउन सकेन ।

चलचित्रको प्रचारबाजी हुनु तर फिल्म राम्रो नबन्नुको कारण फिल्ममेकिङ नै कमजोर भएको वितरक कायस्थ बताउँछन् । ‘बरू छ महिना ढिला होस्, तर फिल्म राम्रो बनोस्, स्क्रिप्ट मज्जाले माझियोस्’, उनी भन्छन्, ‘निर्माताले फिल्म राम्रो बनाउँदैनन्, उल्टो वितरकले पैसा नदिएको आरोप लगाउँछन् ।’

अहिले बलिउड पनि ठ्याक्कै यही समस्याबाट गुज्रिरहेको छ । सन् २०१७ मा आएका कुनै पनि बिग बजेट फिल्मले अपेक्षाकृत कमाइ गर्न सकेनन् । सुपरस्टारका ती बहुप्रचारित फिल्मलाई दर्शकले पत्याइदिएनन् र वितरकहरू चुर्लुम्मै डुबे । बलिउडमा पनि स्टारमा भर परेर स्क्रिप्टलाई बेवास्ता गरिएका कारण यस्तो भएको विश्लेषण गरिएको छ ।

अब फर्कौं नेपाली चलचित्रतिरै । चलचित्र प्रचारका लागि मोफसलको यात्रामा निस्किएको ‘ग्याङस्टार ब्लुज’ का निर्देशक हेमराज बीसी चलचित्र बनाइसकेपछि प्रचारको महत्त्व पनि उत्तिकै रहेको बताउँछन् । ‘राम्रो चलचित्र बनाउने सोचले स्क्रिप्ट लेखनदेखि नै लागिपरेको छु, आफ्नो फिल्म राम्रो लाग्नु स्वाभाविकै हो तर दर्शकले कसरी लिनुहुन्छ भन्ने कुरा प्रदर्शनपछि भन्न सकिन्छ ।’

gangsterभदौ दुई गतेदेखि प्रदर्शन हुन लागेको चलचित्रको प्रचारमा जुटेका बीसी भन्छन्, ‘प्रचारले मात्र होइन, टे«लर कस्तो बनेको छ भन्ने आधारमा पनि दर्शक हलसम्म आउनुहुन्छ, सामाजिक सञ्जालमा दर्शकले दिएका प्रतिक्रियाका आधारमा फिल्मको बजार निर्धारण गर्ने बेला छ अहिले ।’

उनी आफ्नो चलचित्र ‘ग्याङस्टार ब्लुज’ ले समीक्षकभन्दा दर्शक खुशी पार्न खोजेको बताउँछन् । बीसी थप्छन्, ‘समीक्षकले पनि रुचाइदिनुभयो भने अझ राम्रो भयो, औंल्याएका कमजोरी चित्त बुझे अर्कोपटक सुधार्ने प्रयास गर्छु ।’
जे होस्, पछिल्लो समय बढ्दै गएको चलचित्रको प्रचारले दर्शकलाई हलसम्म तान्न भने सफल भएको छ । दर्शक हलसम्म तानिएको बेलामा राम्रो प्रचारजस्तै बलियो कथाको सिनेमा पनि बन्यो भने सिनेमाले आफ्नो बजार सुरक्षित गर्ने समीक्षक यज्ञशको धारणा छ ।

‘हामीकहाँ बजारको हिसाबले धेरै फिल्म बन्छन्, ठूलो बजार भएका विदेशी फिल्म पनि फ्लप हुन्छन्, प्रचारले चल्नेभए त शाहरुख खानका सबै फिल्म सफल हुनुपर्ने हो’, यज्ञश थप्छन्, ‘राम्रो व्यापार गर्ने राम्रो कथा भएको सिनेमाले नै हो, विश्वभर नै राम्रो सिनेमालाई समीक्षाकै आधारमा मापन गर्ने गरिन्छ ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x