×

NMB BANK
NIC ASIA

आन्तरिक संघर्षको परिणाम

गगन–बालकृष्ण लडाइँले रूपन्देहीमा कांग्रेस शून्य, स्थानीय चुनावको खुशी ६ महिना टिकेन

मंसिर १९, २०७९

NTC
Premier Steels

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा रूपन्देहीका १६ स्थानीय तहमध्ये १० पालिकामा नेपाली कांग्रेसले जीत निकाल्यो । २०७४ सालमा ८ पालिका जितेको नेकपा एमाले ३ वटा पालिकामा खुम्चिँदा कांग्रेसले आर्जन गरेको शक्तिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा फाइदा पुग्ने धेरैको आकलन थियो ।

Muktinath Bank

एमालेको किल्ला मानिने बुटवल उपमहानगरपालिकामा समेत जीत निकाल्दै कांग्रेसले रूपन्देहीमा पहिलो शक्तिको परिचय बनाएको थियो तर आम निर्वाचनको नतिजा त्यसको ठीक विपरीत आयो । प्रतिनिधि सभातर्फ कांग्रेस रूपन्देही ‘क्लीन स्वीप’ भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समानुपतिकतर्फ पहिलो दल बने पनि प्रत्यक्षतर्फ कांग्रेस ६ महिनामै तहसनहस कसरी भयो ? पार्टीका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँण सहितका उम्मेदवार पराजित हुँदा कांग्रेसले ठूलो धक्का महसूस गरेको छ ।


Advertisment
Nabil box
Kumari

सत्तारूढ गठबन्धनसहित चुनावमा गएको कांग्रेसले प्रतिनिधि सभातर्फ ५ क्षेत्रमध्ये कुनैमा पनि जीत निकाल्न सकेन भने प्रदेश सभाका १० निर्वाचन क्षेत्रमध्ये २ वटामा मात्र सीमिति भएको छ ।

Vianet communication

कांग्रेस केन्द्रीय सदस्य तथा प्रभावशाली नेता खाँण रूपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहोरासँग पराजित भए । क्षेत्र नम्बर ४ मा युवा नेता प्रमोद यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता सर्वेन्द्रनाथ शुक्लासँग पराजित हुन पुगे ।

क्षेत्र नम्बर ५ मा भरतकुमार शाह एमालेका वासुदेव घिमिरेसँग भारी मतान्तरले पराजित हुन पुगे । प्रदेश सभातर्फ क्षेत्र नम्बर १(२) मा अब्दुल रज्जाक र क्षेत्र नम्बर ४(२) मा वसीउद्दिन खाँ मात्र विजयी भएका छन् । खाँण र शाह प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाका विश्वापात्र हुन् ।

स्थानीय निर्वाचन अगाडिसम्म निर्वाचन क्षेत्र परिवर्तन गरेर सुरक्षित हुन खोजेका गृहमन्त्री खाँण पालिका चुनावको नतिजाले क्षेत्र परिवतर्न गर्ने सोचबाट पछाडि हटेका थिए । ६ महिनाअघि पार्टीमा आएको शक्तिलाई जोगाउन नसक्नुमा गुटबन्दी प्रमुख कारण ठानिएको छ । जिल्लामा पार्टीको संस्थापन समूहले गरेको अन्तर्घात चुनाव हार्नुको प्रमुख कारण भएको निचोडमा नेताहरू पुगेका छन् । 

कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँणले पार्टीका उम्मेदवारमाथि अन्तर्घात गर्नेलाई कारवाही हुने बताए । ‘सबै नतिजा आएपछि पार्टीले वडा तहदेखि नै समीक्षा बैठक राख्ने र अन्तर्घात गरेको पुष्टि भए कारबाहीको लागि सिफारिस गरेर केन्द्रमा पठाउनेछ,’ उनले भने, ‘पार्टीको समीक्षा बैठक चाँडै हुन्छ । अन्तर्घात गरेको पुष्टि भए पार्टीको विधान अनुसार कारबाही हुन्छ ।’

कांग्रेसका ११ जना जिल्ला नेता तथा पूर्व सांसदले पार्टी हारेपछि जिल्ला नेतृत्वको राजीनामा मागेका छन् । कांग्रेस प्रदेश सदस्य रामबहादुर कार्की सहितका नेताहरूले नैतिकताका आधारमा पार्टी जिल्ला सभापति रामकृष्ण खाँणले राजीनामा दिनुपर्ने बताएका छन् । जिल्ला सभापति रामकृष्णको राजीनामा माग्ने सबै नेताहरू संस्थापनइतर पक्षका हुन् । 

जिल्लाका ५ क्षेत्रमध्ये क्षेत्र नम्बर २ नेकपा एकीकृत समाजवादी र क्षेत्र नम्बर १ नेकपा माओवादी केन्द्रको भागमा परेको थियो । क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गरेको थियो । क्षेत्र नम्बर १ मा नेकपा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई गठबन्धनले सघाएका थिए ।

गृहमन्त्री खाँण पार्टीमा गुटबन्दी र परिवारवादमा अल्झिँदा कांग्रेस नराम्रोसँग पराजित हुन पुगेको कांग्रेसका एक जिल्ला नेताले बताए । ‘आफ्नी श्रीमती मन्जुलाई समानुपातिक सूचीको अघिल्लो नम्बरमा राखे । भैरहवाका व्यवसायी कृष्ण शर्मालाई आउँदो पालिका निर्वाचनमा सिद्धार्थनगरको मेयरका टिकट दिने आश्वासन दिएको कुरा बाहिर आयो । आफ्ना भाइलाई तिलोत्तमा नगरपालिकाको मेयर बनाए, जुन कुरा कार्यकताले रुचाएनन् । त्यसको विस्फोट भएको हो,’ ती नेताले भने, ‘पार्टी गुटबन्दीको प्रभाव पर्‍यो । नेतृत्वले आन्तरिक नेतृत्व छनोटमा वडादेखि माथिसम्म सर्वसम्मत पद्धति अपनाएको देखिएन । त्यसको असर पनि निर्वाचनमा देखियो ।’

जिल्ला सभापति रामकृष्ण खाँण गृहमन्त्रीका सहोदर भाइ हुन् भने जिल्ला उपसभापति अनिता ढुंगाना भरत शाहकी श्रीमती हुन् । जिल्लाका अधिकांश उम्मेदवार संस्थापन समूहका थिए ।

प्राध्यापक नुरजंग केसीले कांग्रेसमा आफू अनूकूल टिकट बाँड्दै परिवारवाद हाबी हुँदा कांग्रेस रूपन्देहीको नतिजा शून्य भएको बताए । ‘टिकट आफू अनुकूल वितरण गरियो । समानुपातिकमा परिवारवाद हाबी भयो । अन्य जनतालाई भोटर मात्र बनाइयो । नेताहरू सामन्त जस्तो हुँदा जनताले रिसको पोको निर्वाचनमा पोखे,’ केसीले लोकान्तरसँग भने, ‘कांग्रेस उठ्नसक्छ तर जनताबाट उम्मेदवार हुनुपर्छ । जनताले स्वच्छ उम्मेदवार खोज्यो । अब पुनर्जागर गर्नलाई ठूलो मेहनत गर्नुपर्छ । जनतामा चेतना पलायो । आम जनताको भावना बुझ्ने उम्मेवार बने पार्टी ब्यूताउनलाई गाह्रो पनि छैन ।’

कांग्रेस रूपन्देहीका कोषाध्यक्ष हरि अर्याल पनि अन्तर्घात नै हारको प्रमुख कारण ठान्छन् । ‘पार्टीको महाधिवेशनमा देखिएको धु्रवीकृत आम चुनावमा एकअर्कालाई स्वीकार गर्न नसक्दा परिणाम आयो । सधैं यो परिस्थिति रहिरहन हुँदैन,’ अर्यालले लोकान्तरसँग भने ।

कांग्रेसका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र मानिने रामकृष्ण ताम्राकारको २०७६ सालमा निधन भएपछि रूपन्देही कांग्रेसमा गृहमन्त्री खाँणले एकछत्र गर्न खोजेको देखिन्छ ।

कांग्रेसको केन्द्रीय राजनीतिमा खाँण प्रभावशाली र चर्चित मानिन्छ तर पछिल्लो समय जिल्लाको राजनीतिमा उनको प्रभाव खस्किन थालेको छ । यहाँ महामन्त्री गगनकुमार थापा समूह खाँणलाई टक्कर दिने गरी उठ्न थालेको छ । रूपन्देहीमा केन्द्रीय महामन्त्री गगनकुमार थापा र गृहमन्त्री बालकृष्ण खाँणको लडाइँले पार्टी तहसनहस भएको कांग्रेसका कार्यकर्ताहरू बताउँछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x