×

NMB BANK
NIC ASIA

विश्वकप फूटबल

विश्वकपमा मोरक्कन चमत्कारको कथा– यसरी तयार भयो ‘जायन्ट किलर’ एट्लस लायन्स

मंसिर २५, २०७९

NTC
Photo : Martin Meissener / AP
Premier Steels

कतारमा भइरहेको फूटबल विश्वकप अनपेक्षित नतिजाहरूले भरपूर प्रतियोगिता साबित भइरहेको छ । 

Muktinath Bank

प्रतियोगिता शुरू हुनुअघि सम्भावित विजेताका रूपमा हेरिएका तथा ठूला भनिएका टोलीहरूलाई अपेक्षा नगरिएका टोलीले पछारेका छन् । त्यसक्रममा युरोपका तीन ठूला टीमहरूलाई हराउँदै अफ्रिकी मुलुक मोरक्को सेमीफाइनलमा पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वकपको ९२ वर्षे इतिहासमा पहिलोपटक कुनै अफ्रिकी टोली सेमीफाइनल पुगेको हो । यहाँसम्म आइपुग्ने क्रममा मोरक्कोले समूह चरणमा बेल्जियम, राउन्ड अफ १६ मा स्पेन र क्वार्टरफाइनलमा पोर्चुगललाई हराएको छ । यो प्रतियोगितामा मोरक्को जायन्ट किलर नै सावित भएको छ ।


Advertisment
Nabil box
Kumari

मोरक्कोको सेमीफाइनल यात्रा भाग्यमा मात्र अडिएको छैन । टीमका सबै खेलाडीहरूले गरेको उम्दा प्रदर्शनको समष्टि रूप नै मोरक्कोले पाएको सफलताको कुञ्जी भएको ईएसपीएन डट्इनमा टम ह्यामिल्टन र अनवर अमरानी लेख्छन् । 

Vianet communication

एट्लस लायन्स भनी फूटबल जगतमा चिनिने मोरक्कोलाई सफलताको उचाइमा पुर्‍याउन प्रशिक्षक वालिद रेग्रागुईको प्रमुख भूमिका छ । सीएनएन डट्कममा अलेस्डेयर होवोर्थले तयार पारेको सामग्रीमा उल्लेख भएअनुसार, विश्वकप शुरू हुनुभन्दा तीन महिनाअघि मात्र नियुक्त गरिएका रेग्रागुईले प्रशिक्षण दिएका क्लबहरूले पनि सफलताको स्वाद चाखेकाले देशको फूटबल एसोसिएसनले उनलाई पत्याएको थियो । 

देशको घरेलु लीगमा प्रायः जसो बीचतिर रहने सामान्य क्लब एफयूएस रबातलाई उनले लीग उपाधि जिताएका थिए । त्यस्तै कतारको लीगमा केही समयका लागि प्रशिक्षक रहँदा रेग्रागुईले अल दुहेल एससी नामक क्लबलाई लीग जिताए । अनि मोरक्को फर्केपछि उनले वाइदाद कासाब्लांका क्लबलाई लीग उपाधिका साथै अफ्रिकाको च्याम्पियन्स लीग पनि जिताएका थिए । 

अफ्रिकी फूटबलमा रेग्रागुईलाई जोसे मउरिन्होसँग तुलना गर्ने गरिन्छ । ट्याक्टिकल अनुशासन तथा खेलाडी व्यवस्थापनमा उनले देखाएको कलाका कारण उनलाई त्यसो भनिएको हो । अनुशासन र व्यवस्थापन मोरक्कोले विश्वकपमा गरेको प्रदर्शनबाट मज्जैले झल्किएको छ । 

यस्तो सफलता चुमेका रेग्रागुई राष्ट्रिय टोलीको प्रशिक्षकका लागि सबभन्दा ठूला दाबेदार हुनु स्वाभाविक थियो । विश्वकप शुरू हुन १०० दिनभन्दा कम बाँकी रहँदा उनलाई मोरक्कोको प्रशिक्षक बनाउँदा कसैले पनि विरोध गरेन । 

अफ्रिकी फूटबलमा रेग्रागुईलाई जोसे मउरिन्होसँग तुलना गर्ने गरिन्छ । ट्याक्टिकल अनुशासन तथा खेलाडी व्यवस्थापनमा उनले देखाएको कलाका कारण उनलाई त्यसो भनिएको हो । अनुशासन र व्यवस्थापन मोरक्कोले विश्वकपमा गरेको प्रदर्शनबाट मज्जैले झल्किएको छ । 

मोरक्कोले यस प्रतियोगितामा (पेनाल्टी शूटआउटलाई गणना नगर्दा) जम्मा एक गोल खाएको छ । समूह चरणमा क्यानडाविरुद्ध दुर्भाग्यवश नायेफ अग्वेर्दले आत्मघाती गोल गरेका थिए । तर त्यसबाहेक मोरक्कोका डिफेन्डरहरू अनि कीपरले विपक्षीलाई गोल गर्नै दिएका छैनन् । 

यसबाटै थाहा हुन्छ, मोरक्कोको डिफेन्स यस विश्वकपकै सर्वोत्कृष्ट छ । रेग्रागुई आफैं मोरक्कोको खेलाडी हुँदा हार्ड ट्याकल गर्ने डिफेन्डर थिए । आफ्नो देशका लागि कुल ४५ खेल खेलेका रेग्रागुईले अहिलेको टोलीलाई डिफेन्समा मजबूत बनाएका छन् । 

दी एथलेटिकमा डेनियल टेलरले लेखेअनुसार, मोरक्कोको डिफेन्स कति बलियो छ भन्ने कुरा पोर्चुगलविरुद्धको म्याच हेर्ने जोकोहीले थाहा पायो । पोर्चुगलले राउन्ड अफ १६ मा स्विट्जरल्यान्डलाई तहसनहस बनाउँदा गोन्कालो रामोसले ह्याट्रिक गरेर हाईहाई कमाएका थिए । 

ती रामोसलाई मोरक्कोले कुनै स्पेस नै दिएन र उनले ६९ मिनेटको खेलमा पेनाल्टी एरियामा जम्मा दुईपटक बल छुन पाए । रामोसले खुलेर खेल्न नपाएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले मैदानबाट हटाउनुपरेको थियो । पोर्चुगलका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो त मोरक्कोका लागि कुनै थ्रेट नै भएनन् । 

मोरक्कोले यस प्रतियोगितामा लगभग ३० प्रतिशत मात्र पोजेजन पाएको छ । यति कम पोजेजन पाउने टोलीले एउटा पनि खेल नहार्नु पनि आफैंमा ठूलो उपलब्धि हो । यसबाट साबित हुन्छ, मोरक्कोका खेलाडीहरू निर्णायक पास, टच र शट अन गोलमा दक्ष छन् । 

विविधतापूर्ण पृष्ठभूमिबाट आएका खेलाडी भए पनि मोरक्कनहरू आफ्नो टोलीका लागि दत्तचित्त भएर प्रदर्शन गरिरहेका छन् । अन्य देशमा जन्मेर त्यहीँको फूटबल शैली अपनाएका खेलाडीलाई मोरक्कन शैलीमा ढालेर विजयी मानसिकताका साथ खेलाउन प्रशिक्षक रेग्रागुई सफल भएका छन् । 

मोरक्को मूलका तर अन्य देशमा जन्मेका खेलाडीहरूलाई मोरक्कोबाट खेल्नका लागि त्यहाँको फूटबल संघले प्रेरित गरेको थियो । वर्षौंसम्म औसत किसिमको फूटबल खेलिरहेको मोरक्कोका राजा मोहम्मद छैटौंले देशको फूटबल संरचनामा आमूल परिवर्तन गर्न लगाएपछि अहिलेको स्थितिमा टोली आइपुगेको हो । 

नायेफ अग्वेर्द र युुसेफ एन–नेसरी जस्ता खेलाडी विकसित गर्ने फूटबल एकेडमीका साथै विदेशमा बस्ने मोरक्को मूलका खेलाडी भित्र्याउने काम पनि फूटबल एसोसिएसनले गरेको हो । 

फूटबल संरचनामा परिवर्तन गर्ने क्रममा मोरक्कोले घरेलु लीगलाई पनि बलियो बनाएको छ । महिला फूटबलमा पनि उसले व्यापक लगानी गरेको छ । इतिहासमै पहिलोपटक मोरक्कोका क्लबहरूले अफ्रिकी च्याम्पियन्स लीगमा पुरुष र महिला दुवैतर्फको उपाधि जितेको छ । अनि अफ्रिकाको युरोपा कप मानिने कन्फेडेरेसन्स कप पनि मोरक्कोले जितेको छ । 

आफ्ना सबै खेलाडीमा व्यापक लगानी गरेकाले मोरक्कोले सफलता पाइरहेको हो । टीमका स्टार खेलाडी अचरफ हकिमी यस प्रतियोगिताकै सर्वोत्कृष्ट राइटब्याक प्रमाािण्त भइरहेका छन् । याहया अत्तियात अल्लाहले लेफ्टब्याकमा दह्रो मोर्चा सम्हालिरहेका छन् । नायेफ अग्वेर्द र नुसेर माजराउई जस्ता खेलाडीहरू घाइते भएर बाहिरिए पनि मोरक्को कमजोर टोली छैन । 

यासिन बूनू जस्ता उम्दा गोलकीपर अनि रोमेन साइस र जवाद एल यामिक जस्ता प्रतिबद्ध सेन्टरब्याकहरू अझै पनि टीमका लागि शतप्रतिशत दिन तयार छन् । 

विविधतापूर्ण पृष्ठभूमिबाट आएका खेलाडी भए पनि मोरक्कनहरू आफ्नो टोलीका लागि दत्तचित्त भएर प्रदर्शन गरिरहेका छन् । अन्य देशमा जन्मेर त्यहीँको फूटबल शैली अपनाएका खेलाडीलाई मोरक्कन शैलीमा ढालेर विजयी मानसिकताका साथ खेलाउन प्रशिक्षक रेग्रागुई सफल भएका छन् । 

कतिपयले मोरक्कोलाई डिफेन्समा मात्र ध्यान दिने बोरिङ टीम भने पनि त्यसो भन्नु सही हैन । काउन्टर अट्याकमा पनि टीम उत्तिकै उम्दा छ । अज्जेदिन ऊनाहीले फ्रान्सेली लीगमा यस सीजनमा गरेको ड्रिबल लियोनल मेसीको भन्दा मात्र कम रहेको डेनियल टेलर लेख्छन् । अर्थात्, मोरक्कोका खेलाडीहरू खेललाई चलायमान रारखिरहन सफल छन् ।

अनि पोर्चुगलविरुद्धको खेलमा युसेफ एन–नेसरीले निर्णायक गोल गर्ने क्रममा रुबेन डियासलाई झुक्याएको देख्दा मोरक्कोको अट्याक पनि उम्दा रहेको साबित गरेको छ । अट्याकिङ मिडफील्डर हकिम जियेच र सोफियान बूफालले पनि उम्दा खेल देखाइरहेका छन् । 

अन्य टोलीमा सुपरस्टार र नाम चलेका खेलाडी भएको अनि आफूहरू अन्डरडग रहेकोमा नै मोरक्कोले गर्व गर्ने गरेको छ । वास्तवमा अन्डरडगको हैसियतमा रहँदा मोरक्कोले दबाब पनि अनुभव गरेको छैन र निर्भीकतापूर्वक खुलेर खेलेको छ । 

उसको यही स्पिरिट सेमीफाइनलमा फ्रान्सविरुद्ध पनि कायम रहने पक्का छ । फ्रान्सले पनि प्रतियोगितामा उत्कृष्ट खेल देखाइरहेको छ र उसका स्टार स्ट्राइकर किलियन एम्बाप्पे किलर फर्ममा छन् । एम्बाप्पेलाई मोरक्को सुदृढ डिफेन्सले रोक्न सफल भएमा सेमीफाइनलमा पनि मोरक्कोले चमत्कार गर्न सक्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x