×

NMB BANK
NIC ASIA

झापामा सांसदको लर्को, एउटै जिल्लाबाट ३१ जना बने सांसद

मंसिर २५, २०७९

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृह जिल्लासमेत रहेको झापामा सांसदको लर्काे लागेको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै झापाबाट प्रतिनिधि सभा र प्रदेश सभामा गरेर ३१ जना सांसद बनेका छन् । झापामा प्रत्यक्षभन्दा समानुपातिकतर्फ धेरै सांसद बनेका छन्
। 

Muktinath Bank

समानुपातिकमा दलहरुले बुझाएको बन्दसूचीमा समावेश भएका नामहरूको आधारमा झापाबाट सांसदको सख्या अन्य जिल्लाको तुलनामा धेरै रहेको छ । प्रतिनिधि सभामा ५ वटा र प्रदेश सभामा १० वटा निर्वाचन क्षेत्र रहेको झापाबाट प्रत्यक्षमा १५ जना निर्वाचित भएका छन् । १६ जना समानुपातिकबाट निर्वाचित भएका छन् । प्रतिनिधि सभामा ६ जना र प्रदेश सभामा १० जना समानुपातिकबाट निर्वाचित हुनका लागि सिफारिसमा परेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समानुपातिकबाट प्रतिनिधि सभामा सिफारिस हुनेहरूमा हुनेहरूमा कांग्रेसबाट सरिता प्रसाई, एमालेबाट कालुराम राई, सुनिता बराल, हर्कमाया विश्वकर्मा र अमृत राजवंशी छन् । यस्तै,  राप्रपाले झापाबाट इन्दिरा राना मगर र निशा डाँगीको नाम आयोगलाई बुझाएको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेश सभातर्फ  समानुपातिकमा चार दलले १० जनाको नाम सिफारिस गरेका छन् । एमाले, कांग्रेस र राप्रपाले तीन÷तीन जनाको नाम प्रदेश सभामा निर्वाचित गर्नका लागि सिफारिस गरेका हुन् । माओवादी केन्द्रले एक जनाको नाम प्रदेश सभामा सिफारिस गरेको छ । 

Vianet communication

एमालेले प्रदेश सभा समानुपातिकमा कमला थापा मगर, तारादेवी ढकाल र नम्बरलाल धिमालको नाम निर्वाचित गर्न सिफारिस गरेको छ । कांग्रेसले उद्धव थापा, मोहन महर्जन र लखकुमारी गणेश तथा राप्रपाले निमसरी राजवंशी, अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्माको नाम सिफारिस गरेको छ । 

माओवादी केन्द्रले झापाबाट बन्दना झाँगडलाई प्रदेश सभामा सिफारिस गरेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदहरू निर्वाचित भएको घोषणा गरेको छैन । यद्यपि, दलहरूले गरेको सिफारिस अन्तिमसरह हो । केही कानूनी अड्चन बाहेकको अवस्थामा दलहरूले निर्वाचित गर्न गरेको सिफारिसकै आधारमा आयोगले घोषणा गर्नेछ ।  

एमालेले प्रदेश १ मा समानुपातिकबाट १५ सांसद पाएको छ भने कांग्रेसले १२  र माओवादी केन्द्रले १ सांसद पाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x