बैशाख ११, २०८१
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
पुस ६, २०७९
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की बुधवार (२१ डिसेम्बर) अमेरिका पुग्दैछन् । त्यहाँ उनले आफ्ना समकक्षी जो बाइडनसँग भेटघाट गर्नेछन् अनि संसद्का दुवै सदनलाई संयुक्त सम्बोधन गर्दैछन् । पछिल्लोपटक मार्च महिनामा उनले यस्तै किसिमको सम्बोधन गरेका थिए तर त्यो भिडियो कन्फरेन्समार्फत भएको थियो । रुसले युक्रेनमाथि पोहोर साल आक्रमण गरेयता जेलेन्स्की युक्रेनबाट पहिलोपटक बाहिर निस्केका हुन् ।
अमेरिका र युक्रेनको सम्बन्ध थप घनिष्ठ हुँदै गर्दा जेलेन्स्कीको भ्रमण हुन लागेको हो । यसै साता अमेरिकी संसद्ले युक्रेनलाई थप ४५ अर्ब डलर रकम दिने खर्च विधेयक पारित गर्न लागेको छ । यो समेत गरी अमेरिकाले युक्रेनलाई रुसी आक्रमणयता १०० अर्ब डलरभन्दा बढीको रकम दिइसकेको छ ।
जेलेन्स्कीले युक्रेनलाई सहयोग गरिरहनका लागि अमेरिकीहरूसमक्ष निरन्तर आग्रह गरिरहेका छन् । तर गत अमेरिकामा नोभेम्बर महिनामा भएको मध्यावधि निर्वाचनमा तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकनहरूको बहुमत आएपछि युक्रेनलाई दिइँदै आएको सहयोगमा कटौती हुन सक्ने आशंका व्यक्त गरिएको छ । विभिन्न रिपब्लिकन सांसदहरूले युक्रेनलाई जति भन्यो त्यति रकम दिइरहनु नहुने बताएका छन् ।
जनवरी २० मा मात्र सदनको नयाँ कार्यकाल शुरू हुनेछ । त्यस अवधिसम्म माथिल्लो र तल्लो सदनमा डेमोक्रेटहरूकै बहुमत कायम राहनेछ । त्यसैले अहिलेको अनुकूल अवसरमा अमेरिका जाँदा आफ्नो पक्ष राम्रोसँग राख्न समर्थ हुने आकलनका साथ जेलेन्स्कीले अमेरिका भ्रमण गरेका हुन सक्छन् ।
यस भ्रमणमा उनले आफ्नो देशका लागि थप हतियारको याचना गर्न सक्छन् । वास्तवमा युक्रेन यस युद्धमा टिकिरहेको अमेरिकी तथा पश्चिमी हतियारको बलमा नै हो ।
तर यस्तो स्थिति रहँदा समेत अमेरिकाले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्रहरू दिन चाहेको छैन । ती क्षेप्यास्त्रहरूले रुसी भूमिमा आक्रमण गरेमा युद्धको दायरा विस्तार हुने अनि विश्वयुद्धको सूत्रपात हुन सक्ने भयका साथ अमेरिकाले यसमा संयम अपनाइरहेको हो ।
त्यसो त अहिलेको युद्धलाई रुस–युक्रेन द्वन्द्व पनि भन्न मिल्दैन । यो त युक्रेनलाई प्रोक्सी बनाएर अमेरिकाले रुससँग गरेको युद्ध हो ।
यस युद्धको सूत्रपात अमेरिकाले सन् २०१४ मै गरिसकेको थियो । त्यतिखेर अमेरिकाले कू गराएर लोकतान्त्रिक तरिकाले निर्वाचित भएका युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभिचलाई अपदस्थ गराएको थियो ।
त्यसपछि अमेरिकाले रुसको घोर विरोधी सरकार त्यहाँ स्थापना गरेको थियो । त्यससँगै युक्रेनलाई बेस बनाएर अमेरिकाले रुसमाथि क्षेप्यास्त्र आक्रमण गरी रुसलाई प्रतिकारको समेत मौका नदिई ध्वस्त पार्ने उसको योजना थियो ।
युक्रेन आफ्नो सुरक्षाका लागि लक्ष्मणरेखा हो भनी रुसले अमेरिकालाई पटकपटक भन्दा पनि अमेरिकाले अटेरी गरिरह्यो । उल्टो, युक्रेनको पूर्वी भागमा बस्ने रुसीभाषीहरूमाथि युक्रेन सरकारले गरेको दमनलाई अमेरिकाले समर्थन गरिरह्यो ।
आफूले भनेको केही सीप नचलेपछि अस्तित्वगत जोखिमलाई निराकरण गर्नैपर्ने भएपछि रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि विशेष सैन्य कारवाही शुरू गरेको हो । वास्तवमा रुसलाई उक्त आक्रमणका लागि उत्तेजित पार्ने कदमहरू अमेरिकाले लामो समयदेखि चालिरहेको थियो ।
युक्रेनी युद्धभूमिमा रुस सदाका लागि फसेर कमजोर बनोस् अनि त्यहाँ सत्तापरिवर्तन भएर आफूअनुकूलको कुनै शासक आओस् भन्ने अमेरिकाको चाहना हो । कठोर दृष्टिकोण राख्ने अमेरिकाका कतिपय विश्लेषकहरूले त रुसको बाल्कनीकरण (कम्तीमा १० वटा नयाँ देश निर्माण) को इच्छा पनि व्यक्त गरेका छन् ।
अफगानिस्तानमाथिको सोभियत आक्रमणका कारण सोभियत साम्राज्य ढलेको इतिहासलाई अमेरिकाले दोहोर्याउन खोजेको देखिन्छ । तत्कालीन शीतयुद्धमा यही रणनीतिका साथ अमेरिकाले सोभियत संघको विघटन गराउन सफलता पाएकाले अहिले पनि त्यसै गर्न सकिन्छ कि भन्ने उसको दाउ हुन सक्छ ।
शीतयुद्धको बेलामा पनि अमेरिकाले सोभियत संघमाथि कहिल्यै प्रत्यक्ष आक्रमण गरेको थिएन भने अहिले पनि गर्ने योजना बनाएको छैन । आणविक हतियार भएको मुलुकमाथि यस्तो आक्रमण मूर्खतापूर्ण हुन्छ भन्ने कुरा उसलाई राम्रोसँग थाहा छ ।
त्यसैले युक्रेनी रणभूमिमा रुसलाई अल्झाई खोक्रो बनाउने उद्देश्यका साथ अमेरिकाले युक्रेनलाई हतियार सहयोग गरिरहेको हो । आफ्ना सैनिकलाई त्यहाँ लड्न नपठाउने तर युक्रेनीहरूलाई तालिम दिने अनि हतियार सहयोग पनि जारी राख्ने अमेरिकी योजना बुझिन्छ ।
त्यसै योजनालाई थप गति दिनका लागि अमेरिकाले जेलेन्स्कीलाई आफ्नो देशको भ्रमण गर्न निम्तो दिएको हो । जेलेन्स्की भ्रमणको पूर्वसन्ध्यामा ह्वाइट हाउसले जारी गरेको बयानमा उल्लेख भएअनुसार, यस भ्रमणले युक्रेनलाई आवश्यकता परुन्जेलसम्म अमेरिकाले सहयोग गरिरहने दह्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।
आर्थिक, मानवीय र सैन्य सहायताका साथ अमेरिकाले युक्रेनको पक्षमा उभिइरहने बयानमा उल्लेख छ । बाइडनले जेलेन्स्कीलाई कूटनीतिक पहलमार्फत युद्ध टुंग्याउनका लागि दबाब दिने कुनै सम्भावना नरहेको यसबाट पुष्टि हुन्छ ।
उल्टो, जेलेन्स्की भ्रमणकै छेको पारेर राष्ट्रपति बाइडनले युक्रेनलाई २ अर्ब डलर बराबरको नयाँ सुरक्षा सहायता प्याकेजको घोषणा गर्न सक्ने पश्चिमी सञ्चारमाध्यमहरूले खबर दिएका छन् । त्यसमा पेट्रियट क्षेप्यास्त्रको जत्था पनि पर्छ । पेट्रियट हतियार प्रणाली चलाउनका युक्रेनी सैनिकहरूलाई अमेरिकाको तेस्रो कुनै देशमा प्रशिक्षण पनि दिनेछ ।
पढ्नुहोस् यो पनि :
युक्रेनलाई सैन्य सहायता दिँदा अमेरिकाको हतियार उद्योगले अकूत नाफा कमाइरहेको छ । उदाहरणका लागि, अमेरिकी हतियार कम्पनी लकहीड मार्टिनको शेयरमा भएको मूल्यवृद्धिलाई नै लिन सकिन्छ । सन् २०२१ को डिसेम्बरमा उक्त कम्पनीको प्रतिशेयर मूल्य ३३३ जति थियो । सन् २०२२ को डिसेम्बरमा आइपुग्दा त्यो ४८१ डलर पुगेको छ । त्यो भनेको ४४ प्रतिशत नाफा हो ।
त्यस्तै बीएई सिस्टम्सको शेयर यस अवधिमा ३७ प्रतिशतले बढेको छ भने (सशस्त्र वाहन बनाउने) जनरल डाइनामिक्सको शेयरमा ५.६ प्रतिशत वृद्धि भएको छ । अनि आणविक वारहेड तथा हाइपरसोनिक क्षेप्यास्त्र बनाउने नोरथ्रोप ग्रुमानको २६ प्रतिशत र एयरोभाइरनमेन्टको ८० प्रतिशत वृद्धिको आँकडा पाइन्छ ।
युक्रेन युद्धका कारण समग्रमा २० खर्ब डलरको नाफा हतियार निर्माता कम्पनीहरूले बटुलिसकेको टाइम्स अफ इन्डियामा रुद्रोनील घोष लेख्छन् ।
अमेरिकी करदाताहरूको पैसाबाट हतियार कम्पनीहरूलाई फाइदा दिलाउँदा त्यहाँका सम्भ्रान्तहरूले पनि टन्न पैसा कमाइरहेका छन् । युक्रेन युद्धका कारण यस्तो विशाल लाभ लिन पाइरहेका अमेरिकी शासकहरूले युद्ध टुंग्याउनका लागि पहल गर्न नचाहनु स्वाभाविक हो ।
उता जेलेन्स्कीले आफ्नो देशमा अमेरिका नेतृत्वको पश्चिमी सैन्य गठबन्धन नेटोको राजनीतिक, रणनीतिक र सैन्य लगानी सुरक्षित गराएर रुसलाई कमजोर बनाउने पश्चिमको चाहनालाई भरपूर सहयोग गरिरहेका छन् । रुसले युक्रेनको लगभग २० प्रतिशत भूमि कब्जामा लिइसकेको भए पनि युक्रेनी सेनाले गरेको प्रत्याक्रमणमा सीमित सफलता हासिल गरेकाले जेलेन्स्की उत्साहित छन् ।
युद्धका कारण आफ्ना १ लाखभन्दा बढी सैनिक मारिएको, १ करोडभन्दा बढी युक्रेनीहरू विस्थापित भई अन्य देशमा शरण लिनुपरेको, शहरहरू ध्वस्त भएको अनि ऊर्जा संरचनामा पुगेको क्षतिका कारण युक्रेनीहरू कठ्यांग्रिदो जाडोमा कष्टकर जीवन बिताउन बाध्य भएको अवस्थामा समेत जेलेन्स्की पश्चिमले खडा गरेको निरंकुशताविरुद्ध लोकतन्त्रको लडाइँको सेनापतिका रूपमा मुग्ध भएर युद्ध लम्ब्याउन चाहन्छन् ।
पश्चिमी भाष्य तथा सूचनायुद्धले जेलेन्स्कीलाई नायक तथा युद्धका विजेताका रूपमा प्रस्तुत गरिरहेको छ । टाइम पत्रिकाले उनलाई वर्षपुरुष नै घोषणा गरिदियो । युद्धको समयमा मुलुकको बागडोर सम्हाल्दै अडिग रहेकाले गर्दा आफूलाई दीर्घकालीन राजनीतिक लाभ तथा पश्चिमको निरन्तर आर्थिक सहायता प्राप्त हुने आकलन गरी जेलेन्स्की युद्ध लम्ब्याउन दत्तचित्त छन् ।
त्यसैले आफ्ना सैन्य कमान्डरहरूको सल्लाह समेत नसुनी उनी होल्ड गर्न गाह्रो परिरहेको बाखमुत लगायतका शहरमा पनि लडिरहन चाहन्छन् ।
बेलायती गुप्तचर निकायको सन्देशवाहकका रूपमा रहेको दी इकोनोमिस्ट पत्रिकाले डिसेम्बर १५ मा प्रकाशित गरेको एक सामग्रीमा युक्रेनका सैन्य कमान्डरहरू जनरल भ्यालरी जालुज्नी र कर्नेल जनरल ओलेक्सान्दर सिर्स्कीको निराशावादी भनाइ छापिएको छ । रुसले युक्रेनको युद्ध संरचनामा लगातार आक्रमण गर्दा सैनिकहरूका परिवार समेत जाडोका कारण समस्यामा परिरहेकाले सैनिकहरूको उत्साह मरिरहेको उनीहरूले स्वीकार गरेका छन् ।
त्यसका साथै रुसले युक्रेनको भन्दा निकै धेरै सैनिक परिचालन गरेकाले आउँदो आक्रमण निकै भयानक हुने उनीहरूको आकलन छ । त्यसमाथि अहिले उपलब्ध युक्रेनी सैनिकमध्ये २८ प्रतिशत मात्र युद्धको प्रशिक्षणप्राप्त भएको उनीहरूले स्वीकार गरेका छन् ।
उनीहरूको यो भनाइ सुन्दा आउँदो रुसी आक्रमणमा युक्रेनले भयंकर र शायद निर्णायक क्षति बेहोर्ने देखिन्छ । तर जेलेन्स्कीलाई आफ्नो छवि तथा राजनीतिक लाभको मात्र चिन्ता भएकाले सैन्य कमान्डरहरूको चिन्तालाई उनले वास्ता गरिरहेका छैनन् ।
युद्ध निर्णायक मोडमा पुग्न लागेको बेलामा जेलेन्स्की अमेरिकाको भ्रमण गर्दैछन् । उनको यस भ्रमणले युद्धलाई कूटनीतिक पहलका साथ टुंग्याउने भन्दा थप लब्याउने दिशामा योगदान गर्नेछ । यसक्रममा अझै हजारौं युक्रेनीहरूले जीवनको बलिदान गर्नुपर्ने भएको छ ।
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...