×

NMB BANK
NIC ASIA

विवादको घेरामा टी-ट्वान्टी लीग

नेपाल टी- २० विवादको नालीबेली– 'स्पट फिक्सिङ'को आरोपदेखि खेलाडीको विरोधसम्म

पुस १९, २०७९

NTC
मंगलवार कीर्तिपुर मैदानमा भएको खेल
Premier Steels

काठमाडौंमा जारी नेपाल टी– २० क्रिकेट प्रतियोगितामा खेल मिलेमतोको प्रयास भएको विषयले यतिबेला सिंगो नेपाली क्रिकेट क्षेत्र तरंगित बनेको छ । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले नै यस विषयमा गम्भीर खुलासा गरेका छन् ।

Muktinath Bank

कीर्तिपुर मैदानमा मंगलवार खेलपछिको 'पोस्ट म्याच कन्फ्रेन्स'मा काठमाडौं नाइट्सका कप्तान समेत रहेका मल्लले आफ्नो टीमका एक खेलाडीलाई 'स्पट फिक्सिङ'का लागि प्रस्ताव आएको खुलासा गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, 'अरू टीमको कुरा थाहा भएन, तर हाम्रो टीमको एउटा प्लेयरलाई स्पट फिक्सिङका लागि अप्रोच गरिएको थियो। नियमानुसार हामीले त्यस विषयमा आईसीसीको एन्टी करप्सन युनिट (एसीयू)लाई रिपोर्ट गरिसकेका छौं।'


Advertisment
Nabil box
Kumari

Vianet communication

ज्ञानेन्द्रले थपे, 'अप्रोच गर्‍यो भन्दैमा सबैले फिक्स गर्छ भन्ने पनि होइन। जसले पनि र जसरी पनि अप्रोच गर्न सक्छ।  एसीयूले त्यस विषयमा टेक केयर पनि गरिसकेको छ। कसले र कुन खेलाडीलाई एप्रोच गर्‍यो भन्ने विषयमा गोपनीयता राख्नु त्यो खेलाडीका लागि पनि आवश्यक छ ।'

स्पट फिक्सिङदेखि खेलाडीहरूले पारिश्रमिक नपाएको विषयसम्मले लीग विवादास्पद बनेको छ । जारी लीगको पहिलो संस्करणमै देखिएका विभिन्न समस्याका कारण लीगको भविष्य नै अन्यौलमा परेको छ।

मंगलवार पोस्ट म्याच कन्फ्रेन्समा विराटनगर सुपरकिंग्स तथा राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले पनि 'स्पट फिक्सिङ'का सम्बन्धमा छानबिन गरेर कारबाही हुनुपर्ने बताए ।

'स्पट फिक्सिङको प्रश्न उठिसकेपछि हामीसँग आईसीसीको व्यक्ति पनि अहिले उपलब्ध हुनुहुन्छ । उहाँले छानबिन शुरू पनि गरिसक्नुभएको छ,' पौडेलले भने।

नेपाल टी -२० लीगमा कमेन्ट्री गरिरहेका कमेन्टेटर सचिन तिमिल्सिनाले लीगमा स्पट फिक्सिङ भएको विषयमा एक भिडियो सार्वजनिक गर्दै प्रश्न उठाएका छन् ।

तिमिल्सिनाले भिडियोमा भनेको कुरा उनकै शब्दमा :

यो लीगमा मैले कहिल्यै नदेखेको, नभोगेको कुराहरू देखें । केही टीमका नाम नै नचलेका विदेशी खेलाडीहरूलाई ल्याएर कप्तानी गराइनु नै अचम्मको कुरा थियो। किनभने नेपाली खेलाडी हुँदाहुँदै वेस्ट इन्डियनलाई कप्तान बनाइदा मलाई शंका लागेको थियो।

सिकन्दर राजा जस्तो प्लेयरलाई पफर्म गर्दागर्दै ड्रप गर्नु फिक्सिङको अर्को कुरा थियो। बलिङ चेन्जमा नेपालको सोमपाल कामीलाई बलिङ नदिएर कहिल्यै बलिङ नगर्नेलाई बलिङ गर्न दिइयो । खासै ग्रिप नभएको, खासै टर्न पनि नभएको बलरलाई बारम्बार रन खानका लागि बलिङ दिइएको थियो। एउटा ओभर मलाई अझै पनि याद छ। सिद्धान्त लोहनीबाट तीन बलमा छक्का खाइसकेपछि एउटा स्पिनरले चौथो बल फेरि लुप दियो, अझै बढी रन खानका लागि ।

सबैभन्दा पीडादायी अनुभव के रह्यो भने नेपाली राष्ट्रिय टीममा खेलिसकेका एउटा अलराउन्डरले एउटा ओभरमा बलिङ शुरू गर्नुभन्दा लामो नो बल  फाले । त्यति लामो नो बल प्रोफेसनल क्रिकेटरले गर्ने सम्भावना नै हुँदैन, जानीजानी नगरे हुँदै हुँदैन।  तपाईंहरूलाई मोहम्मद आमिरको काण्ड यदि याद छ भने त्यस्तै खालको एउटा काण्ड थियो। उनी को थिए त्यसको नाम त म खुलाउँदिनँ तर नेपाली प्लेयरले त्यो गरेपछि मलाई असाध्यै पीडा भयो ।

त्यसपछि मैले आईसीसीको एन्टी करप्सन युनिट अफिसर वीर सिंहसँग कुरा गरें। मैले त्यो रन खाएको बेला पनि रिपोर्ट गरें, नेपाली बलरले फालेको नो बलबारे पनि रिपोर्ट गरें। हाम्जा भन्ने एकजना बलर छन्, तिनले तीन-तीन वटा नो बल फाले लास्ट ओभरमा ।  पफर्म गरेको प्लेयरलाई बाहिर राखिदिएको छ। म्याच म्यानेजरचाहिँ फिल्डरसँग कुरा गर्न प्लेयरको ब्रिफ लगाएर वरिपरि घुमिरहेका छन् ।

लीगमा यस्तो हदसम्मको बदनियत देखिन्छ कि म चुप लागेर बस्न सकिनँ। मैले क्यानका पदाधिकारीसँग कुरा गरें । पत्रकारहरूसँग पनि सबै कुरा गरें। केही पनि नलागेपछि मैले भिडियोमा यो सबै कुरा भनेको हो। मैले कमेन्ट्री गरेबापत अहिलेसम्म एक रुपैयाँ पनि पाएको छैन । मेरो एक मात्र चाहना के हो भने नेपाली क्रिकेट क्लीन हुनुपर्छ, करप्सनबाट मुक्त हुनुपर्छ।

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासले खेलाडीहरूलाई पोल्युट गर्न यस्ता प्रस्ताव आउने र त्यस विषयमा जाँचबुझ भइरहेको बताए । 'जुनसुकै टुर्नामेन्ट आयोजन हुँदा फिक्सिङका लागि अप्रोच हुने गर्छ । त्यो कमन विषय नै हो,' दासले लोकान्तरसँग भने, 'अहिले जारी लीगको विषयमा सीआईबी र एन्टी करप्सन युनिटले जाँच गरिरहेको छ ।'

स्पट फिक्सिङका विषयमा खेलाडी र कप्तानले रिपोर्ट गरेकै आधारमा खेलाडीदेखि म्यानेजरसम्मलाई कारवाही गरिएको लीगका संयोजक वृतान्त खनालले बताए । खेलाडीलाई फिक्सिङका लागि अप्रोच गरेको भनेर वीर सिंहले लीड गरेको एसीयूको टीममा रिपोर्ट गरेकै आधारमा केही खेलाडी, टीम म्यानेजर समेतलाई हटाएर कारवाही गरिसकिएको उनले खुलाए ।

'ज्ञानेन्द्र मल्लकै टीमका म्याच म्यानेजर निकास भन्ने एक जनालाई खेलाडीले रिपोर्ट गरेकै आधारमा टीमबाट हटाएर कारवाही गरिसकेका छौं, त्यो कुरा मल्लजीले भन्नुभएन होला,' उनले लोकान्तरसँग भने, 'यो व्यक्तिले हामीलाई अप्रोच गर्‍यो भनेर उहाँको टीमको खेलाडीले भनेको आधारमा मात्र हटाएका हौं, हामीसँग अन्य कुनै यथेष्ठ प्रमाण थिएन ।'

त्यसबाहेक ज्ञानेन्द्र मल्ललाई कोचसँग चित्त नबुझेका कारण उनकै भनाइका आधारमा कोचलाई पनि हटाइएको उनले खुलाए। 'हिजो राति मात्र ज्ञानेन्द्रजीले हामीलाई के भन्नुभयो भने कोचसँग हाम्रो ठीक छैन । कोचले हामीलाई प्रेसर दिइरहेको छ। हामीलाई गाह्रो भयो भनेपछि कोच चेतनानन्दलाई हटाएका छौं,' खनालले थपे, 'त्यो कुरा त ज्ञानेन्द्रजीले भन्नुभएन। चेतनानन्दजी आज भारत फर्किनुभयो। मलाई क्यानले पनि बर्खास्तगीको सिफारिश गरेका कारण म छाडेर जाँदैछु भन्नुभयो।'

त्यसबाहेक खेलाडीहरूले रिपोर्ट गरेकै आधारमा अन्य खेलाडीलाई पनि कारवाही भएको उनले खुलाए। विराटनगर सुपरकिंग्सका रोहित पौडेलले रिपोर्ट गरेको आधारमा नै पनि एक खेलाडीलाई कारवाही गरिएको उनले खुलाए।

'मकार्थी भन्ने विदेशी खेलाडीको विषयमा रोहित पौडेलले रिपोर्ट गर्नुभयो । यो व्यक्तिले हामीलाई प्रलोभन देखाइरहेको छ भनेर रिपोर्ट गरेकै आधारमा हामीले प्लेइङ इलेभनबाट निकाल्यौं,' उनले भने ।

खेलाडीको पारिश्रमिक विवाद

लीगमा खेलिरहेका खेलाडीहरूले पारिश्रमिक नपाएको कारण मंगलवार खेल नै प्रभावित भयो ।

प्रत्येक दिन बिहान ८:३० मा टस हुने गरेको भए पनि काठमाडौं नाइट्स र विराटनगर सुपरकिंग्सबीचको पहिलो खेल निर्धारित समयभन्दा दुई घण्टा ढिला गरी १०:३० मा शुरू भएको थियो ।

खेलाडीहरूसँग टीम ओनर नै सम्पर्कविहीन भएको तथा पारिश्रमिक नै नदिएको कारण दुवै टीमका कप्तान निर्धारित समयमा टस गर्न मैदानमा पुगेनन्। खास गरी विदेशी खेलाडीहरूले पारिश्रमिक नदिए म्याच नखेल्ने अडान लिएका कारण खेल दुई घण्टा ढिला गरी शुरू भएको थियो।

काठमाडौं नाइट्सका कप्तान ग्यानेद्र मल्लले आफ्नो टीमका कुनै पनि खेलाडीले अहिलेसम्म पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

'हामीसँग जुन वाचाहरू गरिएको थियो त्यो पूरा हुनुपर्छ भनेका हौँ। हामी लोकलदेखि विदेशी खेलाडीसम्मले आफ्नो पारिश्रमिक पाएका छैनौं,' उनले पोस्ट म्याच कन्फ्रेन्समा भने,' सम्पर्कमा आउनुपर्ने व्यक्तिहरू हाम्रो सम्पर्कमा आइरहनु भएको थिएन। त्यसले गर्दा हामीले कन्सर्न देखाएको कुरा सम्बोधन हुन्छ कि भनेर भनेका हौँ। क्यानबाट एउटा कंक्रिट कुरा आइदेओस् भन्न खोजेका थियौं।'  

आफ्नो टीम जस्तै अन्य टीमका खेलाडीहरूलाई पनि पारिश्रमिक नदिइएको उनले खुलाए। 'सबै टीमको अवस्था त्यस्तै छ। कुराहरूलाई एड्रेस गर्नुपर्छ। इन्टरनेसनल प्लेयरहरूले पनि खेल्न मानिरहनुभएको थिएन । अब उहाँहरू जाने कुरा गरिरहनु भएको थियो। सबै कुरा अन्यौल थियो। त्यसकारण हामीले त्यसो गर्नुपर्‍यो,' मल्लले भने।

उनले थपे, 'हामीले आज एक्कासि आएर गरेका होइनौं, हामीले क्याप्टेनमार्फत ओनरलाई पहिले पनि इमेल गरेका थियौं, ओनरसँग सम्पर्क गर्ने कोशिश गरिरहेका थियौं,' उनले थपे, 'डे बाइ डे भएको कुराहरू थपिँदै गएपछि पनि हामीलाई केही क्लियर नभएको स्थितिमा आज पहिले यी कुराहरूको एड्रेस हुनुपर्छ भनेर खेल्न तयार नभएको हो ।'

उनले आज रातिसम्ममा सबै कुरा सम्बोधन गर्ने आश्वासन आएको बताए ।

'आज रातिसम्ममा सबै कुरा सम्बोधन हुने आश्वासन दिइएको छ, त्यो नहुने हो भने भोलि के हुने हो त्यस विषयमा भोलि नै सबै खेलाडीहरूले मिलेर निर्णय गर्छौं,' उनले थपे, 'टीम ओनरहरूलाई हामीले पनि मिस गरिरहेका छौं, टीम बनाउनेदेखि अहिले पनि धेरै कुराहरूमा हाम्रो कम्युनिकेसन ग्याप देखिएको छ ।'

लीगमा कुल ६ वटा टीम सहभागी छन् । काठमाडौं नाइट्स, जनकपुर रोयल्स, विराटनगर सुपरकिंग्स, फार वेस्ट युनाइटेड, लुम्बिनी अल स्टार्स र पोखरा एभेन्जर नामका टीमहरू सहभागी छन्।

६ टीममध्ये तीन टीममा स्वदेशी र तीन टीममा विदेशी खेलाडी कप्तान छन्। भारतको इन्डियन प्रिमियर लीग (आइपीएल)जस्तै नेपालमा पनि टी-२० लीग सञ्चालन गरिएको हो।

एउटा टीममा चारजना विदेशी खेलाडी रहनैपर्ने गरी ६ वटा फ्रेन्च्याइज टीम बनाइएको हो। क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले आफ्नै रोहवरमा उक्त लीग सञ्चालन गरेको हो। लीग खेलिरहेका एक खेलाडीका अनुसार ६ टीममध्ये चार टीमका मालिक भारतीय नागरिक हुन् भने एक टीमका नेपाली र एक टीमका अमेरिकन हुन्।

नेपाली खेलाडीलाई क्यानले गरेको वर्गीकरणमा परेका खेलाडीहरूमध्ये 'क' वर्गका खेलाडीलाई १५ लाख रुपैयाँ, 'ख' वर्गका खेलाडीलाई १० लाख रुपैयाँ र 'ग' वर्गका खेलाडीलाई ५ लाख रुपैयाँ दिने गरी कम्पनीहरूले टीम खरिद गरेका थिए । विदेशी खेलाडीको हकमा आपसी नेगोसिएसनमा टीम मालिकहरूले अनुबन्धन गरेका थिए।

ती फ्रेन्चाइज टीमले अनुबन्धित खेलाडीहरूलाई पारिश्रमिक नदिएका कारण केही विदेशी खेलाडीहरू बीचमै खेल छाडेर स्वदेश फिर्ता भइसकेको कुरा समेत बाहिर आएका छन्। लीगको मुख्य आयोजक तथा व्यवस्थापक भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स हो।

जारी लीगका विषयमा क्यानका सदस्य छुम्बी लामाले पनि प्रश्न उठाएका छन्। सबैभन्दा पहिले क्यान अध्यक्ष चतुरबहादुर चन्दले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षका लागि सम्झौता गर्नु नै राष्ट्रहित विपरीत रहेको उनको जिकिर छ ।

'क्यान आफैंले आफ्नो आयोजनमा भारतको आईपीएलजस्तै नेपाल प्रिमियर लीग (एनपीएल) सञ्चालन गर्नुपर्थ्यो,' लामाले लोकान्तरसँग भने, 'क्यानले त्यसका लागि टेक्निकल म्यानपावर आउटसोर्सिङ पनि गर्न सक्थ्यो। क्यानले आफैं एनपीएल गराएको भए आठ वर्षमा कम्तीमा क्यानसँग ५० करोड रुपैयाँसम्मको प्रोपर्टी त हुनसक्थ्यो ।'

अहिले यो लीगको ब्रान्ड भ्यालू क्यानले नपाएर भारतीय कम्पनीले पाउने उनले बताए।

कुनै क्रिकेट प्रतियोगिता नगराएको, कुनै पनि क्रिकेट इभेन्टमा सहभागी नभएको, नाम नै नसुनिएको भारतीय कम्पनीसँग ८ वर्षको सम्झौता गर्दा नै बदनियत देखिएको लामाको आरोप छ ।

'टी -२० लीग नै गराउने हो भने पनि कम्तिमा सार्वजनिक खरिद ऐनअनुसार ग्लोबल टेन्डरमार्फत कम्पनी छनौट गरौं भन्दा पनि अध्यक्षले मान्नुभएन,' उनले थपे, 'उहाँले सुटुक्क त्यो कम्पनीसँग सिधा सम्झौता गर्नुभयो।'

फ्रेन्चाइज कम्पनीका मालिकहरू को हुन् भन्ने कुरा पनि अहिलेसम्म कसैलाई थाहा नभएको उनले खुलाए। 'एउटा टीमको नेपाली लगानीकर्ताबाहेक कुन टीमको मालिक को हो भन्ने कुरा अहिलेसम्म कसैले जान्न पाएको छैन,' उनले थपे, 'त्यसबाहेक विदेशी खेलाडीहरूको अक्सन नगर्ने भनेपनि गोप्य रूपमा अक्सन गरिएको थियो।'

उक्त लीगको प्याटेन्ट राइट्सदेखि अन्य सबै राइट्स आयोजक भारतीय कम्पनीकै रहने र वर्षमा क्यानलाई ४ करोड रुपैयाँ दिने गरी सम्झौता भएको उनले खुलाए ।

'नाम नै नचलेको भारतीय कम्पनीलाई आयोजक बनाइएका कारण अहिले खेलाडीहरूले पारिश्रमिक पाउन सकेका छैनन्,' उनले थपे, 'न त लीगले कुनै स्पोन्सर पाएको छ, न कुनै आम्दानी भएको छ। घाटामा गएको लीगको भविष्य के हुन्छ ?'

जारी प्रतियोगिताका विभिन्न गतिविधिहरू हेर्दा नेपाली क्रिकेटमा दलाल र तस्करले कब्जा जमाएको भान भइरहेको उनले बताए।

क्यानका तर्फबाट नियुक्त गरिएका लीगका संयोजक वृतान्त खनाल भने आयोजक भारतीय कम्पनीको रजिस्ट्रेसन तथा बैंक खाता खोल्नमा भएको ढिलाइका कारण खेलाडीहरूको शुल्क भुक्तानी गर्न नसकिएको बताउँछन् ।

'कम्पनीको रजिस्ट्रेसन प्रक्रिया नै लामो हुन्छ, त्यसकारण रजिस्ट्रेसन गर्न नै बढी समय लाग्यो,' खनालले लोकान्तरसँग भने ,'बैंक खाता खोल्न, डलर एकाउन्ट खोल्न राष्ट्र बैंकको स्वीकृति आदि विषयमा समय लागेका कारण ढिलाइ भएको हो ।'

उनले थपे, 'बैंक खाता खुले पनि भारतबाट त्यति सजिलोसँग पैसा ल्याउन मिल्दैन, त्यसका लागि जीएसटी कार्डसहितको आधारहरू हुनुपर्छ । त्यसैका लागि आयोजक कम्पनीका सञ्चालक भारत जानुभएको हो। यो बीचमा नै खेलाडीहरूले पारिश्रमिक नपाएको गुनासो गर्नुभएको हो।'  

उनले खेलाडीहरूले पारिश्रमिक पाउने दाबी गरे ।

'आज बिहान खेलाडीहरूले पारिश्रमिकको कुरामा क्लियर हुनुपर्छ भन्ने अडान राखेपछि हामीले आजै टीमका ओनरहरूलाई खेलाडीहरू खेल्न तयार छैनन् भनेर सबै कुरा भनिसक्यौं । दुई दिनभित्र सबै खेलाडीको पेमेन्ट गरिदिन्छौं भनेर उहाँहरूले भन्नुभएको छ,' खनालले भने ।

थप तस्वीर :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x