×

NIC ASIA

महर्षि कण्वको जीवनगाथा

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
वैदिक मन्त्रद्रष्टा ऋषिहरूमा महर्षि कण्वको स्थान पनि निकै सम्मानित छ । उनी ऋग्वेद संहिता आठौंं मण्डलको द्रष्टा ऋषि मानिएका छन् ।

हुन त यस मण्डलमा केही सूक्त अन्य ऋषिद्वारा देखिएका पनि रहेका छन् । तथापि अधिकांश सूक्त उनी र उनका वंशज तथा गोत्रज ऋषिहरूद्वारा दृष्ट सूक्तहरू नै पर्छन् । त्यसैले यस मण्डललाई कण्वमण्डल भन्ने गरिएको पनि पाइन्छ ।

१०३ वटा सूक्त रहेको यस मण्डलमा कुल एक हजार ७१६ वटा मन्त्र छन् । इन्द्र, पूषा, अश्विनिकुमार, मरुद्गण, अग्नि, आदित्यगण, मित्रावरुण, विश्वेदेवा, वरुण, पृथुश्रवा, सोम, सूर्य, इन्द्रवरुण आदि देवताको प्रार्थना गरिएका यी मन्त्रहरूमार्फत उनले समाजमा शान्ति, सुरक्षा, सदाचार र सद्भाव वृद्धिका क्षेत्रमा जे जस्ता विचार प्रवाह गरेका छन् निस्सन्देह त्यो स्तुत्य छ ।

यसै मण्डलका ४९ औंदेखि ५९ आैंसम्मका ११ सूक्तलाई बालखिल्य सूक्त भनिएको छ । यी सूक्तहरूमा कुल ८० मन्त्र छन् । यी मन्त्रहरूमार्फत उनले देवस्तुतिका साथै लौकिक ज्ञान–विज्ञान र अनिष्टनिवारणका क्षेत्रमा जे जस्ता विचार प्रवाह गरेका छन् त्यो पनि उत्तिकै प्रशंसनीय छ ।

वैदिक मन्त्रद्रष्टा ऋषिहरूमा केही एकाकी रहेका छन् भने अधिकांश पारिवारिक रहेका छन् । यसमा महर्षि कण्वको स्थान पारिवारिक ऋषिभित्र रहेको छ । उनको परिवारमा अर्थात कण्व परिवारमा आयु, इरिम्बिठि, कुरुसुतिः, कुसीदी, कृशः, त्रिशोकः, देवातिथि, नाभाकः, नारदः, नीपातिथि, पर्वत, पुनर्वत्स, पुष्टिगु, पृषध्र, प्रगाथ, प्रस्कण्व, ब्रह्मातिथि, मातरिश्वाः, मेधातिथि, मेध्य, मेध्यातिथिः, वत्सः, शशकर्ण, श्रुष्टिगु, सध्वंश, सुपर्णः, सोभरिः, कुशिक, सौभरः, अश्वसूक्ति कण्वायनः, गोसूक्ति कण्वायनः, कलिः प्रागाथः, धर्मः प्रागाथः र हर्यतः प्रागाथः आदि दर्जनौं मन्त्रद्रष्टा ऋषि रहेका छन् ।

आठौं मण्डलबाहेक उनीहरूद्वारा दृष्ट केही मन्त्र प्रथम, नवौं र दशौं मण्डलमा पनि भेटिएका छन् । प्रथम मण्डलको ३६ देखि ४३ सम्मका आठवटा सूक्तका द्रष्टा उनै मानिएका छन् । यी सूक्तहरूका अनुसार उनी दीर्घजीवी, याज्ञिक, धनी, मानी, अतिथिप्रेमी, दानशील, कुशल वक्ता आदि प्रशस्त गुणले सुशोभित देखिएका छन् । दशौ मण्डलको सूक्त ३१ तथा मन्त्र ११ मा उल्लेख भए अनुसार उनको वर्ण कालो छ भने मन साह्रै स्वच्छ छ । उनी कसैको दुःख र दर्द न देख्न सक्थे, न सुन्न नै सक्थे ।

बुवा विश्वामित्र र आमा मेनकाले छाडेर गएपछि उनीहरूकी छोरी शकुन्तलालाई शरणमा लिएर हुर्काउने बढाउने र शिक्षादीक्षाले सुसज्जित गर्ने काम उनैले नै गरेका थिए ।

विधिविडम्बनालाई पनि अचम्मकै मान्नुपर्छ । जहाँ उनी अरूको सेवा र उपकार गरेर थाक्दैनन थिए, त्यहीँ उनी आफैंले भने पटक–पटक असुरहरूको आक्रमणमा पर्नुपरेको छ । तैपनि अन्ततः विजय भने उनकै हुन पुगेको छ । यसमा बाह्यरूपमा त अश्विनिकुमार अभेद्य पर्खाल बनेर सुरक्षामा उभिएका देखिन्छन् तर अन्तर्यमा भने उनकै सत्कर्मले काम गरेको प्रस्टै अनुभूत गर्न सकिन्छ ।

ऋग्वेदबाहेक यजुर्वेद, ब्राह्मण, उपनिषद् र स्मृतिग्रन्थहरूमा पनि उनको राम्रो उपस्थिति देखिन्छ । शुक्लयजुर्वेद कण्वशाखाका वक्ता ऋषि उनै मानिएका छन् ।

महर्षि याज्ञवल्क्यका १५ शिष्यमध्ये उनी पनि एक पर्छन् । कण्वद्वारा प्रवचन गरिएकाले यस शाखाको नाम नै कण्वशाखा रहन गएको हो । शुक्लयजुर्वेदका माध्यन्दिन शाखाका जस्तै यस शाखामा पनि कुल ४० अध्याय नै छन् र विषय पनि करीब करीब एउटै छन् तर मन्त्र संख्यामा भने केही फरक देखिएको छ ।

यसबाहेक उनको कण्वोपनिषद् तथा शतपथब्राह्मणको कण्वशाखा पनि पाइएको छ । यस शाखामा १७ काण्ड, १०४ अध्याय, ४३५ ब्राह्मण तथा छहजार ८०६ वटा कण्डिका छन् । त्यस्तै उनको स्मृति ग्रन्थलाई कण्वस्मृति भनिन्छ । याज्ञवल्क्यस्मृति, विश्वामित्रस्मृति तथा भरद्वाजस्मृति जत्तिकै आधिकारिक मानिएको यस स्मृतिमा कुल ८०० श्लोक छन् ।
यस स्मृतिमार्फत उनले गायत्री उपासना, सन्ध्यावन्दनदेखि अध्ययन, अध्यापन तथा सामाजिक अनुशासन र अनुशासित जीवनका क्षेत्रमा जुन शिक्षा दिएका छन्, तिनको महत्व हिजोभन्दा आज झन् बढी हुन पुगेको देखिन्छ ।

वैदिक ग्रन्थहरूमा उल्लेख भए अनुसार उनी अंगिराका वंशज मानिएका छन् । अंगिरा भनेका ब्रह्माजीका मानस पुत्र हुन् । श्रीमद्भागवतमा उल्लेख भए अनुसार अंगिराबाहेक ब्रह्माजीका मानस पुत्रमा मरिचि, अत्रि, पुलस्त्य, पुलह, क्रतु, भृगु, दक्ष र नारद आदि पर्छन् । उनीहरू आदिकल्पमा ब्रह्माजीको विभिन्न अंगबाट उत्पन्न भएका थिए । यसमध्ये अंगिराको जन्म ब्रह्माजीको मुखप्रदेशबाट भएको थियो ।

अंगिरा ऋषिका वंशज भएकाले उनी आंगिरस परिवारका सदस्य मानिन्छन् । उनको बाबुको नाम घोर आंगिरस रहेको कुरा ऋग्वेद प्रथम मण्डलको उपरोक्त ३६ देखि ४३ सम्मका सूक्तहरूबाट थाहा हुन्छ तर पौराणिक ग्रन्थहरूमा उल्लेख भए अनुसार भने उनी पुरुवंशी अप्रतिरथका छोरा मानिन्छन् ।

उनका छोरा मेधातिथि तथा नाति प्रस्कण्व आदि ब्राह्मणमण हुँदै पछि गएर उनकै वंशमा दुष्यन्त, भरतादि चक्रवर्ती राजा भएका थिए । वेद र पुराणमा बुवाको नाममा भिन्नता देखिएपनि वंशजका नाममा खासै भिन्नता भेटिन्न । यसो त ऋग्वेदकै दशौं मण्डलको १०३ औं सूक्तका ऋषिको नाम पनि अप्रतिरथ नै रहेको छ । यहाँनेर उनका बाबु तिनै अप्रतिरथ हुन् कि भन्ने अनुमान लगाउन सकिने स्थान भने छ ।

वैदिक संहिताका आचार्य मानिएका महर्षि कण्व ब्राह्मणग्रन्थको प्रवर्तक, उपनिषद्को तत्वोपदेशक र धर्मशास्त्रका निर्देशक समेत रहेका छन् ।

एकैसाथ त्यागी, विरक्ति, निष्काम कर्ममार्गी, महात्मा, वेदवेत्ता, तत्वोपदेष्टा, अध्यात्मनिष्ठ तथा कर्तव्यनिष्ठ, योगी, सदाचारी आदि अनेक विशेषणद्वारा विभूषित यी महर्षि कृषिक्रान्तिका अगुवा समेत देखिएका छन् । उनले आश्रममा दशौं हजार दूधालु गाई पालेर कृषि युगको नयाँ ढोका खोल्ने कामसमेत गरेका छन् ।

उनले पशुपालनबाट आश्रम सञ्चालन गरी तत्कालीन समाजमा एक किसिमले तहल्का नै मच्चाएका छन् । यसैबाट उनले विशाल गुरुकुल कक्षा सञ्चालन गरेका मात्र थिएनन्, दशौं हजार शिष्यले एकैसाथ बस्ने, खाने र पढ्ने व्यवस्था मिलाउँदै आएका पनि थिए ।

महर्षि कण्वको गाई भक्ति पनि उत्तिकै अनुकरणीय देखिन्छ । उनले ऋग्वेद ८ । १०१ । १५ द्वारा जुन गोभक्ति देखाएका छन् साँच्चै त्यो सार्वकालिक महत्वको छ । यस मन्त्रमा उनले गाईको प्रार्थना गर्दै भनेका छन्, ‘गाई सामान्य चौपाय प्राणी होइन । स्वयं रुद्र देवताका आमा भनेका पनि गाई नै हुन् भने वसुदेवताकी छोरी भनेका पनि गाई नै हुन् । त्यस्तै इन्द्रादि देवताको बहिनी भनेका पनि गाई नै हुन् भने घृतरूपी अमृतको भण्डार भनेका पनि गाई नै हुन् । त्यसैले गाई सदैव वन्दनीय त छँदैछन्, अवध्य पनि हुन पुगेकी छिन् ।’

उनी मात्र होइन उनका गोत्रज देवातिथि पनि उनीजत्तिकै गाईका भक्त देखिएका छन् । उनको गोभक्ति देखेर कुरङ्ग नामक राजाले उनलाई एकैसाथ ६० हजार गाईदान गरेर पठाएका थिए ।

कण्व ऋषि गृहस्थी त होइनन् तर उनमा गृहस्थी धर्मको भने राम्रो ज्ञान रहेको पाइन्छ । उनले धर्मपुत्री शकुन्तलालाई बिदा गर्ने क्रममा गृहस्थीले अपनाउनुपर्ने जुन धर्मको शिक्षा दिएका थिए त्यसको जीवन्त चित्रण महाकवि कालिदासको अभिज्ञान शाकुन्तलममा भेटिन्छ ।

त्यसैले महर्षि कण्वलाई एकै साथ वेदवेत्ताका साथै धर्मसंस्कार तथा संस्कृति संवर्धक र समाज सुधारकको रूपमा समेत लिन सकिन्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १०, २०८१

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको दुई हजार ५६८औँ जन्म जयन्ती मनाइएको छ । बिहीबार घर, गुम्बा, चैत्य, विहारमा श्रद्धाभक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउन उनले खेलेको योगदानको स्मरण गरी पर्व मना...

बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x