×

NMB BANK
NIC ASIA

आफ्नो सवारीको अवस्था ठीक नराख्ने ३० जना चालकलाई कारबाही

पुस २६, २०७९

NTC
Premier Steels

काठमाडौँको कीर्तिपुरमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठीक नराखी सवारी साधन चलाउने ३० ओटा सवारी साधनका चाकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

Muktinath Bank

तालिम प्राप्त प्राविधिकसहित टोलिले गरेको चेकिङको क्रममा अवस्था ठीक नभएका ‍ ३० ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमाटाको कमाण्डमा आज दिउँसो खटिएको ट्राफिक प्रहरीको टोलीले कीर्तिपुर क्षेत्रमा १ सयभन्दा बढी सवारी साधन चेकजाँच गरेको थियो ।


Advertisment
Nabil box
Kumari

त्यस्तै ललितपुरको सातदोबाटोमा आजै गरिएको विशेष चेकिङकै क्रममा मापदण्डभन्दा बढी धुँवा फाल्ने १० ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ ।

Vianet communication

वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले सातदोबाटोमा ३४  ओटा सवारी साधनलाई चेक गर्दा १० ओटा कारबाहीमा परेका हुन् । सवारी साधन मर्मतपश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले कारबाहीका क्रममा लिएका कागजपत्र फिर्ता दिइने छ ।

मापदण्डभन्दा बढी धुँवा फाल्ने तथा अवस्था ठीक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्न कारबाही अभियानलाई तीव्रता दिएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए। 

साथै अनावश्‍यक रुपमा हर्न बजाएर ध्वनि प्रदूषण गर्ने  ४२  जना चालकलाई  पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आजै ट्राफिक प्रहरीले कारबाही गरेको छ । 

पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण कारबाही थप तीव्र बनाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। २०७४ वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा हर्न निषेध गरिएको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलवार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् ।  मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजा आराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय...

भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

चैत ४, २०८०

रुपन्देहीको एक गौतम परिवारले बुहारीलाई छोरीजस्तै अन्माएर पठाएका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ शान्तिपुर घर भई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका लक्ष्मीधर गौतमले बुहारीलाई दोस्रो विवाह ...

भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

असोज २९, २०८०

बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो ।​ चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...

भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x