×

NMB BANK
NIC ASIA

पूर्वीय हिन्दू धार्मिक ग्रन्थहरूमा धनुषवाणको पौराणिक कथन निकै रोचक छ । ब्रह्माजीले भगवान् शंकरलाई धनुषवाण समर्पित गरेको कथन छ । त्यसपछि भगवान् शंकरले ईन्द्रलाई र ईन्द्रले परशुरामलाई धनुषवाण समर्पित गरेका थिए ।

Muktinath Bank

धनुषवाण समर्पित गर्ने लहर चलिरह्यो । वरुणदेव, अरुणदेव हुँदै अन्तत त्यो धनुषवाण अर्जुनको हातमा आइपुगेको थियो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भगवान्का लागि त्यतिधेरै महत्त्वपूर्ण रहिआएको धनुषवाण मनुष्यका लागि कमसल हुने कुरै थिएन । त्यसैले होला १६औं शताब्दीसम्म जंगलमा शिकार खेल्ने मांसाहारी आदिवासी समुदायले धनुषवाणको प्रयोग गरिरहे र भगवान्ले जसरी नै आफ्ना पुस्ताहरूलाई धनुषवाण समर्पित गर्दै आए तर जंगली जनावर बिस्तारै घरपालुवा बन्न थालेपछि अब धनुषवाणले आफ्नो स्थान मेला पर्वमा जमाउन थाल्यो । यसरी २१औं शताब्दीमा त्यो ऐतिहासिक धनुषवाण माघेसंक्रान्तिको विशेष दिनको मौका पारेर मार्के मगरको हातमा आइपर्‍यो । 


Advertisment
Nabil box
Kumari

विश्व मगर संघ बेल्जियमले आयोजना गरेको माघेसंक्रान्ति पर्वको विशेष अवसरमा मार्के मगरले आफूले मात्रै घनुषवाण चलाएनन्, बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीलाई समेत धनुषवाण हान्न लगाए । 

Vianet communication

२–३ पटक टार्गेट बाहिर धनुषवाण प्रहार गरेपछि राजदूत भण्डारीले नेपाल संस्कृतिले भरिपूर्ण रहेको बताए । ‘ओहो यो त अद्भूत नै भयो, तरुल पनि खाइयो, रमाइलो भयो, यो पर्वको जगेर्ना यसरी नै गर्नुपर्छ,’ भण्डारीले भने, ‘हामी नेपालीहरूको भाईचारा र आत्मियताको प्रवर्द्धन यस्तै पर्वहरूले गर्छन् ।’ 

रोल्पाको टकसेरामा जन्मिएर माघे संक्रान्तिलाई बाल्यकालदेखि नै अनुभूति गर्दै आइरहेका मार्के मगर बेल्जियम आएको ३० वर्ष पुगिसक्यो तर माघे संक्रान्ति मनाउन छाडेका छैनन् । शुरूका दिनमा मगर संघ बेल्जियमको नेतृत्वदायी भूमिका निभाएर पर्वलाई निरन्तरता दिने उनी नै हुन् । विधिअनुसार पूजापाठ गरेर, चेलीबेटी पुजेर माघे संक्रान्ति मनाउने काम उनकै हातबाट शुरू हुन्छ । 

‘अहिले मसँग पहिलाको जस्तो जोश छैन, उमेर पनि पुग्यो, अब यो संस्कृति जोगाउने काम युवाहरूको हो,’ उनी थप्छन्, ‘अहिलेका नानीबाबुहरूको ध्यान संस्कृति जोगाउनेभन्दा पनि हाहाहुहु र चमकधमकतिर धेरै गएको छ, संस्कृति जोगाउने कुरालाई पैसासँग मात्रै जोडेर हेर्नु हुँदैन ।’

कार्यक्रमका विशिष्ट अतिथि आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष विरमान घर्ती मगरले राज्यले सबै पर्वहरूलाई समान रूपले नहेरेको आरोप लगाए । ‘आदिवासी जनजातिहरूको ईतिहास नामेट पार्ने खेल पहिल्यैदेखि चलिआएको हुँदा हाम्रा संस्कृतिहरू राष्ट्रियकरण हुन पाएनन्, हाम्रा पर्वहरूलाई राज्यले अपनत्व ग्रहण पनि गरेन,’ उनले भने ।


 
कार्यक्रम आयोजक विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरले पहिचान र संस्कृति जोगाउनका लागि आफूहरूले गरेको सानो प्रयासलाई साथ दिने सयौं सहभागीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै साथ पाउने अपेक्षा गरेका थिए । ‘जसरी आज हामी एकजुट भएर माघे संक्रान्ति मनाइरहेका छौं, यसरी नै हाम्रो देशको कला, संस्कृति जोगाउन सबै एकजुट हुनुपर्छ, मान्छेको सबैभन्दा ठूलो कुरा पहिचान हो, त्यो जोगाउनुपर्छ,’ उनले भने । 

माघे संक्रान्तिको शुभकामना आदानप्रदान गर्न उपस्थितहरू आफ्नो मौलिक परम्परागत गरगहना र पोशाक (भाङ्ग्रा, घलेक, गादा, लुकुनी, कछाड) लगाएर आएका थिए । मगर मात्र नभई अन्य समुदायका मानिसहरू पनि आफ्नो पहिरनमा सजिएका देखिन्थे ।  

कार्यक्रममा बोल्दै  एनआरएनए बेल्जियमका अध्यक्ष खड्ग केसीले भने, ‘एनआरएनए बेल्जियम विभिन्न कला, संस्कृति जगेर्नाका लागि सहयोग गर्न तत्पर रहेको छ ।’ उनले यसैका लागि नेपाल फेस्टिबलको आयोजना गरिएको बताए ।

विश्व मगर संघ पोर्चुगलका अध्यक्ष कमल पुनले विश्वभरका मगर समुदायले आफ्नो भेषभुषा, भाषा, संस्कृति र चाडपर्वको विकास र संरक्षणका लागि मिलेर काम गर्न सुझाव दिए ।

कार्यक्रममा लोक तथा दोहोरी गायिका अनु गुरुङले सांगीतिक प्रस्तुति दिएकी थिइन् ।

स्थानीय कलाकारहरू कृतिका मगर, देवी गर्बुजा लगायतको समूहले गीत तथा नृत्य प्रस्तुत गरेको थियो । 

कार्यक्रममा नेकपा एमाले बेल्जियमकी अध्यक्ष चन्द्रकुमारी गुरुङ ‘ईशा’, नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, साहित्यकार  इन्दिरा चाम्लिङ, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा लगायत दर्जनौं जातीय तथा सामाजिक संघसंस्थाले माघे संक्रान्तिको शुभकामना दिएका थिए । कार्यक्रममा ५०० भन्दा बढी व्यक्तिको उपस्थिति थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x