×

NMB BANK
NIC ASIA

नेपालको डिजिटल बिजनेशमा आक्रामक सेवा विस्तार गर्दै ‘गेटडेस्क’

माघ १९, २०७९

NTC
Premier Steels

नेपालको पहिलो कल सेन्टर टेक्नोलोजी गेटडेक्सको निर्माता कम्पनी ‘भक्सक्रो’ले स्थापनाको ५ वर्ष पूरा गरेको छ ।

Muktinath Bank

५ वर्षको अवधिमा ८५ भन्दा बढी कम्पनी एवं संस्थाहरूले भक्सक्रोको गेटडेस्कमार्फत सेवा लिँदै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१८ मा सुशान्त राई र दिपेश रेग्मीले शुरू गरेको कम्पनीले छोटो समयमै सफलता पाएको छ ।


Advertisment
Nabil box
Kumari

नेपालको डिजिटल बिजनेश कम्पनीहरूमा यतिखेर बीटुबी सफ्टवेयरको प्रयोगले प्राथमिकता पाउन थालेको छ । यस्ता कम्पनीले आफ्नो विस्तारसँगै ग्राहक सेवा केन्द्र व्यवस्थापनका लागि गेटडेस्क सफ्टवेयरको प्रयोग बढाउँदै गएका हुन् ।

Vianet communication

यस्ता कम्पनीमाझ आक्रामक ढंगले सेवा विस्तार गर्ने कम्पनीमा अग्रपंक्तिमा रहेको छ भोक्सक्रो । भोक्सक्रो कम्पनी आवाजमा आधारित कम्पनी हो । जसले सञ्चालनमा ल्याएको ‘गेटडेस्क’ प्रविधिले फोन कलको झन्झटिलो व्यवस्थाको स्वरूप नै बदलेर सहज बनाइदिन्छ ।

फोनपे, फूडमान्डु, भोज, एरामेक्स, बिज बजार, पठाओ लगायतका डिजिटल बिजनेश र ८५ भन्दा बढी कम्पनीले आफ्नो ग्राहक सेवा केन्द्र व्यवस्थापनका लागि सोही प्रविधि प्रयोग गर्दै आइरहेका छन् ।

बुद्ध एयर, नर्भिक अस्पताल, केयर नेपाल, तिलगंगा आँखा अस्पताल, गरिमा विकास बैंक, सांग्रिला विकास बैंक, मोको वालेट, सिटी एक्सप्रेस, सिप्रदी, सिजी होल्डिङ जस्ता ठूला संस्थाका साथै गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पनि सेवाग्राहीले गर्ने फोनकललाई समेत कम्पनीको प्रणालीले व्यवस्थापन गर्दै आएको छ ।

ठूला संस्थाहरूले चलाउने कल सेन्टर तथा गुनासो सुनुवाइका क्रममा प्रयोगमा आउने फोनकल सुविधालाई सहज रूपमा कम्पनीले व्यवस्थित बनाउँदै आइरहेको छ ।

आवाजमा आधारित यस्ता कम्पनीको कार्यसम्पादनलाई निकै सरल र सहज ढंगले व्यवस्थापन गर्ने हुँदा भोक्सक्रोको गेटडेस्क प्रणाली पछिल्लो समय निकै लोकप्रिय बन्दै गइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले ठूला कम्पनीहरूमा आफ्नो सेवा आक्रामक ढंगले विस्तार गर्दै आइरहेको भोक्सक्रोका प्रमुख कार्यकारी अधिकृत सुशान्त राई बताउँछन् ।

के हो गेटडेस्क ?

गेटडेस्क ग्राहक सेवा केन्द्र व्यवस्थापनका लागि भक्सक्रो कम्पनीले ल्याएको एक सफ्टवेयर हो । ग्राहक सेवा केन्द्र व्यवस्थापनका लागि यो प्रविधि लोकप्रिय बन्दै गएको छ ।

धेरै फोन कल व्यवस्थापनको झन्झटलाई यसको प्रयोगमार्फत विभिन्न कम्पनी तथा संस्थाहरूले सरलीकृत गर्दै गइरहेका छन् ।

कसरी लिने सेवा ?

दैनिकजसो कम्तीमा पनि सय वा सोभन्दा बढीको संख्यामा फोनकल आउने कम्पनीहरूका लागि यसको प्रयोग उत्तम हुन्छ । कम्पनीले त्यस्ता कम्पनीहरूलाई शुरूआती सेटअपका लागि ४० हजारदेखि ५० हजार रुपैयाँसम्म शुल्क लिने गरेको छ । हाल गेटडेस्कलाई आधारभूत र व्यावसायिक संस्करणमा वर्गीकृत गरी उपलब्ध गराइएको छ ।

कम्पनीका अनुसार सेटअपपछि प्रतिप्रयोगकर्ता मासिक ४ हजार वा ५ हजारबाटै गेटडेस्कको सेवा लिन सकिने छ ।

छोटो समयमै आर्जित विश्वसनीयता

कम्पनीले अहिले आफ्नो स्थापनाको पाँचौं वार्षिकोत्सव मनाउँदैछ । सन् २०१८ मा सुशान्त राई र दिपेश रेग्मीले शुरू गरेको यस कम्पनीले छोटो समयमै सफलता पाएको छ । जसको एक उदाहरण हो कल व्यवस्थापनका लागि ५ वर्षअघि पहिलो ग्राहकका रूपमा जोडिएको फूडमान्डु आजसम्म पनि निरन्तर रूपमा भोक्सक्रोबाटै ढुक्क भई सेवा लिन जारी राख्नु ।

ग्राहक सेवा केन्द्र व्यवस्थापनलाई बदल्दै नेपालमा कललाई व्यवस्थित बनाउन कम्पनीको भूमिका अतुलनीय रहेको कम्पनीको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x