×

NMB BANK
NIC ASIA

नेपाली मात्र जान्नेले सवारीको नम्बर कसरी चिन्ने ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
                                                                  सरकारले प्रस्ताव गरेको नयाँ नम्बरप्लेट 


यातायात व्यवस्था विभागले सवारी साधनहरुको दर्ता नम्बर फेर्ने भएको छ । ‘नयाँ प्रविधियुक्त उच्च सुरक्षित’ भनिएको नम्बर बिक्री–वितरणमा लैजाने योजना सार्वजनिक गरेको छ र यस पाँचवर्षे आयोजनामा चार करोड ३८ लाख अमेरिकी डलर बराबरको रकम ठेकेदार (विदेशी) कम्पनीलाई भुक्तानी गर्ने जानकारी दिइएको छ । कारोबारसित कमिसन गाँसिएको होला नै, तर यो जनसाधारण बीच आउने विषय भएन ।

नयाँ नम्बर प्रचलनमा आएपछि ‘चोरीका सवारी साधनहरुको प्रयोग रोकिने’ भन्ने सरकारी कथन गोरखापत्रले छापेको छ ।

‘नयाँ प्रविधियुक्त’ भनिएको नम्बर खासमा आकार मिलाएर काटिएको पातामाथि सतहबाट केही उठाई बुट्टा काटिएका अक्षर–अङ्क अंकित (इम्बोस्ड) गर्नुलाई भनिएको देखिन्छ । यसरी इम्बोस्ड गरिएको नम्बर भएको प्लेट सवारी साधानको अगाडि–पछाडि झुण्ड्याइदिएपछि मोटर वाहनहरुको चोरी रोकिने सरकारी कर्मचारीको आश्वासन रहेछ । तर यस्तो आश्वासनलाई कति पत्याउने र त्यसमा कति भरपर्ने त्यसको निरुपण उपोक्ताले गर्लान् नै ।

यातायात व्यवस्था विभागले सोमवार सम्बन्धित मन्त्री र सचिव समेतको रोहवरमा सञ्चारकर्मीहरुलाई देखाएका ‘इम्बोस्ड नम्बर प्लेट’ चिन्न पहिले अंग्रेजी अक्षर र अङ्क पढ्न सक्ने हुनुपर्ने देखियो । नेपालको लागि यो अमिल्दो र असहज भयो । भन्नु परोइन, सवारी साधनको नम्बर ठूला अक्षरमा हरेक साक्षर नेपालीले सजिलै पढ्न सक्ने किसिमको भएन भने परिवर्तनको अनुकूल असर पर्न सक्दैन । अर्को शब्दमा, जनसाधारणलाई सुविधा नभए परिवर्तनको उपादेयता के ? सडकमा अनेक घटना, दुर्घटना हुन्छन् र तिनका बारे जनसाधारणले प्रहरीलाई खबर गर्न सर्वप्रथम त सवारी साधनको नम्बर आवश्यक पर्दछ । तर त्यो नम्बर नै नबुझिने खालको भयो भने गाउँघरका (र शहर–बजारकै पनि) बासिन्दाले कसरी अपराध नियन्त्रणमा सरकारी र न्यायिक निकायलाई सहयोग पुर्याउन सक्लान ?



नेपालमा सरकारी स्तरबाट बेला–बखत ‘अन्तर्राष्ट्रियस्तर’को प्रसङ्ग ल्याइन्छ । नेपालमा आउने पर्यटकहरुको सुविधालाई ध्यानमा राख्नुपर्ने तर्क पनि दिने गरिन्छ । तर नेपालको सरहदमा गुड्ने सवारी–वाहनलाई अन्तर्राष्ट्रियस्तरको चिनारी वा मापदण्ड किन चाहिने हो, त्यसबारे चित्तबुझ्दो व्याख्या जनसमक्ष आउने गर्दैन । त्यस्तै, नेपालमा आउने पर्यटकले नेपालका चाल–चलन र विशेषता हेर्न, अनुभव गर्न मन गर्छ । ‘यो फेरेर हाम्रोजस्तो बनाओ’ त किमार्थ भन्दैन । अनि किन हाम्रै सरकारका निकाय चाहिँ अनावश्यक कुरामा अल्झेर अन्योलको वातावरण सिर्जना गर्न खोज्छन् ? यातायात व्यवस्था विभाग यसको दृष्टान्त भएको छ ।

इम्बोस्ड नम्बर प्लेटको बारेमा अहिले यतिसम्म भन्न सकिन्छ: यसमा प्लेटको माथिल्लो खण्डमा ठूला अक्षर–अङ्कमा नेपालीमा र त्यसको मुनि सानो अक्षरमा अंग्रेजी अक्षर–अङ्क राख्ने एउटा विकल्प प्रयोगमा ल्याए हुन्छ– परीक्षणको रुपमा । हाल कतिपय विदेशी दूतावासका सवारी–साधनमा यस ढङ्गबाट नम्बर राखेको देखिएको पनि छ । दक्षिण एसियाका केही देशमा पनि यस्तो अभ्यास भएकै पाइन्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

बैशाख ४, २०८१

नेपालको सडकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने महत्त्वाकांक्षी आयोजनाका रूपमा हेरिएको नागढुंगा सुरुङमार्ग सोमबार छिचोलियो । सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री, मन्त्रीसहितका सरकारी अधिक...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x