×

NMB BANK
NIC ASIA

राष्ट्रपति चुनावको सकस

राजनीतिक परिदृश्य– राष्ट्रपतिमा जिद्दी गरिरहे एमालेले गुमाउन सक्छ सत्ता

फागुन ५, २०७९

NTC
Premier Steels

झण्डै डेढ वर्षपछि पार्टी सत्ताको मूलधारमा फर्किंदा उत्साहित बनेको एमाले पंक्ति राष्ट्रपति चुनावपछि कतै सत्ताबाट बाहिरिनुपर्ने त हैन भन्ने संशयमा छ ।

Muktinath Bank

पार्टी पंक्तिको यही संशय बुझेर हुनुपर्छ, अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियूको २३ औं महाधिवेशन उद्घाटनका क्रममा बोल्दै जस्तोसुकै परिस्थितिका लागि तयार रहन भनिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपतिमा हठ गरेर अडान लिइरहे एमाले १० पुसलगत्तैको कांग्रेसको अवस्थामा पुग्ने संकेत देखिएकैले एमालेभित्र अन्योलको स्थिति पैदा भएको हो ।


Advertisment
Nabil box
Kumari

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री आफैंसँग राख्ने अडान लिँदा सत्ताबाट विमुख भएको थियो । 

Vianet communication

केन्द्रमा पहिलो दल, ७ प्रदेशमध्ये ४ वटामा पहिलो र ३ वटामा दोस्रो भएको कांग्रेस सत्ताको अंक गणितमा बलियो अवस्थामा थियो । तर राष्ट्रपति र प्रधानमन्त्री दुवै आफूले लिने अडानका कारण सबैतिर प्रतिपक्षमा सीमित हुनुपर्‍यो ।

सुदूरपश्चिमको प्रदेश सरकार ठूलो दलको हैसियतमा प्राप्त त भएको छ, तर १ महिनाभित्रै विश्वासको मत लिनुपर्ने भए पनि त्यसको कुनै ग्यारेन्टी छैन ।

१३ फागुनमा उम्मेदवारी मनोनयन भएर २५ फागुनमा राष्ट्रपति चुनाव हुँदैछ । 

सत्ताको नेतृत्व गरिरहेको र राष्ट्रपति चुनावमा निर्णायक मत लिएर बसेको नेकपा माओवादी केन्द्र राष्ट्रपतिमा एमालेले उठाउने उम्मेदवारप्रति उदार नदेखिने प्रस्टै संकेत मिलिसकेको छ ।

१० पुसमा दोस्रो ठूलो दलले प्रधानमन्त्री अफर गरेपछि गठबन्धनमा एमाले प्रचण्डका लागि बाध्यता थियो । तर २६ पुसमा कांग्रेसले विश्वासको मत दिएयता उनको विकल्प र बार्गेनिङ बढेको छ । अर्कातिर एमाले रक्षात्मक अवस्थामा पुगेको छ ।

१० पुसमा यो सत्ता गठबन्धन बनेयताका प्रचण्ड–ओलीबीचका १९ पटक एक्लाएक्लै भेट भइसकेको छ । संयुक्तरूपमा भएका भेटसमेत जोड्दा यो संख्या २७ पुग्छ ।

अन्तिमपटक शुक्रवार दिउँसो पनि एमाले अध्यक्ष ओलीकै निवास बालकोटमा यी दुई नेताबीच भेटवार्ता भएको छ ।

ओलीसँग भेटेर बाहिरिने क्रममा प्रचण्डले राष्ट्रपतिका विषयमा छिट्टै सहमतिमा पुगिने बताएका छन् । तर, सहमति उनले सार्वजनिक खपतका लागि भनेजस्तो सहज भने देखिएको छैन । 

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य प्रधानमन्त्री र एमाले अध्यक्षबीचको निरन्तरको भेटले पनि निकास निस्कने अवस्था नआउनुलाई समीकरण टुट्ने संकेतका रूपमा बुझ्नुपर्ने बताउँछन् ।

‘एमाले अध्यक्ष ओली राष्ट्रपति आफ्नै दलबाट बनाउनुपर्ने अडानबाट दायाँबायाँ हुनुभएको छैन । दलबाहिरबाट ओलीले अघि सार्ने नाममा समेत प्रचण्ड मान्ने अवस्था देखिन्न,’ आचार्यले लोकान्तरसँग भने, ‘प्रचण्डले अब सरकार जोगाउन र आफू निरन्तर हुनका लागि कांग्रेससँग सहजता महसूस गरिहेका छन् । यस्तोमा ओलीले भनेको हुन गाह्रो छ । बरु गठबन्धन नै नयाँ बन्न सक्नेतर्फ परिस्थिति अघि बढ्दैछ ।’

बिहीबारमात्रै पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा भएको दुई घण्टा लामो भेटले पनि कुनै समझदारीको बिन्दु पहिल्याउन सकेन ।

राष्ट्रपतिमा उम्मेदवारी मनोनयन गर्ने दिन नजिक आउँदा गठबन्धनबीच राष्ट्रपतिमा सहमतिउन्मुख वार्ता हुनुपर्ने हो । तर बिहीवारको २ घण्टा लामो छलफलमा ओली पूर्वसहमति अनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने अडानमा रहे भने, प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन नै अहिलेको आवश्यकता भएकोमा जोड दिए । 

‘प्रधानमन्त्रीमा अभूतपूर्व समर्थन प्राप्त भएपछि राष्ट्रिय सहमतिमा अघि बढ्नुपर्ने आवश्यकता देखिएको प्रधानमन्त्रीको मत छ । बिहीवार पनि एमाले अध्यक्ष ओलीले राष्ट्रपति पाउनुपर्ने माग गर्दा प्रधानमन्त्रीले यही विषय दोहोर्‍याउनुभयो,’ प्रधानमन्त्रीनिकट स्रोतले लोकान्तरसँग भन्यो, ‘भारतमा पनि राजनीतिक दलभन्दा बाहिर सामाजिक प्रतिष्ठा आर्जन गरेकालाई राष्ट्रपति बनाउने अभ्यास चल्दै आएको छ । हामी पनि राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपति बनाएर जाऊँ भन्ने प्रधानमन्त्रीको कुरा हो ।’ 

अडानमै बस्लान् ओली ? 

अघिल्लोपटक सुदूरपश्चिम सरकार ५ वर्ष नै चलेको थियो । तर यसपटक एमाले नेतृत्वको सुदूरपश्चिम सरकार १ महिना पनि टिक्न नसकी विघटनमा पर्‍यो । 

प्रचण्ड र ओलीबीचको ‘ब्याक टु ब्याक’ भेटघाटको शृंखलाले समेत सुदूरको सरकार जोगाउन सकेन । प्रचण्डले चाहेको भए सुदूरपश्चिम सरकार जोगाउने गरी अग्रसरता लिन सक्ने थिए । तर कांग्रेसको ब्याक सपोर्टपछि प्रचण्डले आवश्यक अग्रसरता नदेखाएको आरोप एमालेका कतिपय नेताले लगाउने गरेका छन् ।

एमालेका लागि ठूलो चिन्ताको विषय त राष्ट्रपति निर्वाचन नै हो । आफूले भनेकै व्यक्ति राष्ट्रपति हुनुपर्ने अडानमा बसिरहे केन्द्र मात्रै होइन प्रदेशको सत्ताबाट समेत एमाले विमुख हुनुपर्ने अवस्था आउन सक्ने देखिएको छ, किनकी अन्तिममा माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने अवस्था आए सत्तारुढ दल एमालेलाई ठूलो नैतिक संकट पर्नेछ । 

कांग्रेसले प्रचण्डलाई भरथेग गरिरहेका बेला एमाले आफ्नै अडानमा कायम रहिरहे केन्द्रदेखि प्रदेशसम्मकै सत्ताबाट हात धुनुपर्ने डर एमालेको नेतादेखि कार्यकर्तासम्मै छ । तर ओलीले अडान लिँदासम्म हुन्न भनेर कसैले भन्न सक्ने देखिँदैन । 

एमाले सचिव गोकर्ण विष्ट पूर्व सहमतिअनुसार राष्ट्रपति एमालेले नै पाउनुपर्ने अडानबाट आफूहरू पछाडि नहट्ने बताउँछन् । 

‘१० पुसमा प्रधानमन्त्री माओवादीले लिने र राष्ट्रपति एमालेले लिने समझदारी भएको हो,’ विष्टले लोकान्तरसँग भने, ‘पहिलेको सहमति कार्यान्वयन नै अहिलेको विकल्प हो । सहमति नहुने भन्नेतिर लाग्नु हुँदैन । हामीले अहिले अन्य विकल्पमा सोचेका छैनौं ।’

राष्ट्रपतिमा आफूले अगाडि सार्ने नेतालाई जिताउन नसकिने टुंगोमा पुगे पनि पूर्वसहमति कार्यान्वयनलाई नै जोड दिइरहने नीति एमालेको रहेको एक नेता बताउँछन् ।

‘अब जति प्रयत्न गरे पनि राष्ट्रपति आफूहरूले भनेजस्तो नहुने भनेर आशा मरिसकेको अवस्था छ । बाहिर नेताहरूले नबोलेका मात्रै हुन्, तर औपचारिक/अनौपचारिक कुराकानी राष्ट्रपति एमालेबाट फुत्कियो भन्नेमा नै पुगेको देखिन्छ,’ एमालेका ती केन्द्रीय सदस्यले भने, ‘राष्ट्रपतिमा नोमिनेसनको अघिल्लो दिनसम्म पनि विकल्पमा छलफल नगर्ने भन्ने छ । उम्मेदवार खडा गरेपछि भने विकल्पमा छलफल गर्न सकिन्छ । त्यसपछि बल्ल राष्ट्रिय सहमतिमा वा साझा पात्रमा जाऊँ भन्ने कुरा हुनसक्छ ।

माओवादीले समर्थन गरेरै राष्ट्रपतिमा कांग्रेस उम्मेदवार जितायो भने एमालेलाई नैतिक संकट पर्ने देखिन्छ । तर आफूले भनेको उम्मेदवार नहुने भएपछि ओलीले नै अन्तिममा साझा पात्र अघि सारेर प्रचण्डलाई दबाब बढाउने र सरकार पनि नछाड्ने ती नेताले दाबी गरे ।

पाँचै वर्ष प्रधानमन्त्री र सरकारको सुरक्षा प्रचण्डको मुख्य चिन्ता

आफ्ना बार्गेनिङ बढेपछि प्रचण्डले ५ वर्षसम्मै सरकारमा निरन्तरता चाहेका छन् । 

राष्ट्रपतिमा कांग्रेसले खोजेजस्तो उम्मेदवार जित्ने अवस्थामा प्रचण्डले आफूले चाहेजस्तो सरकारको सुरक्षा हुने सम्भावना देखेका छन् । कांग्रेसका नेताले घोषित रूपमा नै सरकारको चिन्ता नगर्न प्रचण्डलाई आग्रह गरेका छन् । 

कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले राष्ट्रपतिमा माओवादीले कांग्रेस उम्मेदवारलाई जिताए प्रचण्ड ५ वर्ष नै प्रधानमन्त्री हुने संकेत गरेका छन् । 

‘एमाले पार्टी र यसका नेता केपी शर्मा ओलीजीले जसरी संसद्को पहिलो बैठकमा नै संसद् विघटनको विषयलाई मूल विषय बनाउनुभयो, त्यस सन्दर्भमा पनि राष्ट्रपतिको पद महत्त्वपूर्ण भएको छ । राष्ट्रिय सहमति बन्नु सबैभन्दा उपयुक्त हुन्छ । बन्न नसके यो संविधानको रक्षाका लागि त्यस पक्षधर पार्टीहरू एक ठाउँमा उभिएर कांग्रेसको उम्मेदवारलाई विजयी बनाउनु पर्छ,’ सञ्चारकर्मीसँग कुरा गर्दै महतले भनेका छन् ।

संविधानको रक्षा आफ्नो प्रमुख विषय रहने बताएकाले नै प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उनले जिकिर गरे । कांग्रेसको राष्ट्रपति हुने वा नहुने भन्ने कुरामा मात्रै यो विषय सीमित नरहेको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x