×

NMB BANK
NIC ASIA

राष्ट्रपति चुनाव अघिको राजनीतिक परिदृष्य

राष्ट्रपति निर्वाचनः चरम अविश्वासको अवस्थामा एमाले-माओवादी सम्बन्ध

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– कुरो जहाँको तहीँ छ

फागुन ६, २०७९

NTC
Premier Steels

राष्ट्रपति निर्वाचनमा माओवादीले राष्ट्रिय सहमतिको अडान तेर्‍स्याएपछि प्रमुख सत्ता साझेदार नेकपा एमाले र माओवादी केन्द्रबीच चरम अविश्वासको स्थिति पैदा भएको छ ।

Muktinath Bank

माओवादी पुस १० को सहमतिबाट पछि हटेर अविश्वासको वातावरण सिर्जना गरेको एमालेको बुझाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दैनिक संवाद भए पनि उपलब्धिमूलक बन्न सकेको छैन। फागुन ४ गते बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकारात्मक बन्न नसकेपछि प्रचण्ड शुक्रबार ओली निवास बालकोट गएका थिए ।


Advertisment
Nabil box
Kumari

बालकोटमा हिजो शुक्रवार भएको बैठकमा ओलीले पुस १० गते सोही कोठमा भएको सहमतिबारे प्रचण्डलाई स्मरण गराएका थिए । प्रचण्डले पनि कांग्रेसलाई समेत मिलाएर लैजाने कुरा गरेपछि दुई नेताबीच संवाद फलदायी बन्न सकेन । प्रचण्ड र ओली दुवै जना आफ्नो अडानमा सतिशालझैँ उभिएका छन् ।

Vianet communication

माओवादीका एक प्रभावशाली नेताले राष्ट्रपतिमा साझा पात्र खोज्नुपर्ने पार्टीको लाइन यथावत् रहेको बताए । ‘राजनीतिमा परिस्थिति बदलिरहन्छ, एमालेले प्रस्ताव गरेको व्यक्तिलाई आँखा चिम्लेर समर्थन गर्ने अवस्था छैन’, ती नेताले लोकान्तरसँग भने । 

शुक्रबार अपराह्न ओलीसँगको भेटपछि बालकोटबाट बाहिरिने क्रममा प्रचण्डले दुई तीन दिनमा राष्ट्रपति उम्मेदवारबारे सहमति जुट्ने दाबी गरेका थिए । उनले गठबन्धन टुट्ने या भत्किने सम्भावना नरहेको जिकिर गरेका थिए ।

शुक्रबारको भेटमा पनि प्रचण्डले राष्ट्रपतिमा साझा उम्मेदवार उठाउन प्रस्ताव गरेका थिए । तर, ओलीले पुस १० को सहमतिअनुसार एमालेले उठाएको उम्मेदवारलाई निःशर्त सघाउनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल दुई नेताबीच खुलेरै छलफल भइरहेकाले उम्मेदावर मनोनयनको दिनसम्म कुनै सहमतिमा पुगिने विश्वास व्यक्त गर्छन् । ‘कुरो जहाँको त्यहीँ छ, तर्क र बहस खुलेरै भएको छ, डराएर होइन’, शनिबार साँझ लोकान्तसँग कुरा गर्दै गजुरेलले भने, ‘पोजेटिभ पक्ष भनेको दुई नेताबीचको संवाद चलिरहेको छ ।’

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवार मनोनयको कार्यतालिका छ । राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गरेमा सहकार्य टुट्ने चेतावनी एमालेले दिएको छ ।

माओवादीसँग शशंकित एमाले

पहिलो कार्यकालको प्रधानमन्त्री माओवादीले लिने, राष्ट्रपति र सभामुख आफ्नो पार्टीले लिनेगरी पुस १० गते दिउँसो भएको सहमति कार्यान्वयनमा माओवादी इमानदार नबन्दा अविश्वासको वातावरण सिर्जना भएको एमाले नेताहरू बताउँछन् ।

माओवादीले कांग्रेससँग संवाद बढाइरहेकोले कांग्रेसका नेताहरूबाट गठबन्धन भत्काउने खालका अभिव्यक्ति आइरहेको एमालेको आशंका छ ।

शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्युह रच्ने प्रयत्न भएको टिप्पणी पनि गरेका थिए ।

‘कांग्रेसका नेताहरूले दिन नै तोकेर यो गठबन्धन भत्किन्छ, कांग्रेसको राष्ट्रपति बन्छ भनेर कुन आत्मविश्वासका साथ भनिरहेका छन् ?’ एमालेका एक नेताले भने, ‘माओवादीमा राजनीतिक इमानदारिता पटक्कै देखिएन ।’

केही दिनअघि कांग्रेस महामन्त्री गगन थापाले फागुन १० सम्म वर्तमान गठबन्धन भत्किने ठोकुवा गरेका थिए । शुक्रबार मात्र कांग्रेस प्रमुख सचेतक रमेश लेखकले १० दिनमा राजनीतिक परिस्थिति बदलिने दाबी गरेका थिए । 

नेकपा एमाले स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङ प्रधानमन्त्री बन्दाको समयमा गरिएको सहमति कार्यान्वयनमा माओवादी इमानदार बन्नुपर्ने बताउँछन् । ‘पुस १० को सहमति एमालेको राष्ट्रपति भन्ने नै हो । अहिले राष्ट्रिय सहमतिको नाममा कांग्रेसले प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री दिन्छु भनेर लोभ्याएजस्तो देखिन्छ’, तामाङले भने, ‘राजनीतिक इमानदारितामा माओवादी कतिको अडानमा बस्छ, प्रचण्डको सुझबुझपूर्ण कदमको अपेक्षा हामीले गरिरहेका छौं ।’

साझा पात्रको खोजी

सत्ता गठबन्धनको अर्को एक घटक नेताले एमालेमाथि दबाब सिर्जना गर्न खोजे पनि प्रधानमन्त्री स्वयं नै अहिलेको समीकरण बदल्ने पक्षमा नभएको दाबी गरे। ‘हाम्रो विश्वास गठबन्धनबाटै राष्ट्रपति बनोस् भन्ने छ, त्यो सम्भव भएन भने सबैलाई मान्य हुने र संविधानको रक्षा गर्न सक्ने स्वतन्त्र व्यक्तिमा गएर भए पनि गठबन्धन बचाऔं भन्ने छ’, सत्तारुढ राप्रपाका एक नेताले लोकान्तरसँग भने ।

व्यक्ति र पात्रको विषयमा एमाले लचिलो बन्नु पर्ने सरकारलाई समर्थन गरेका गठबन्धनका साना दलको सुझाव छ ।

‘राष्ट्रपति र सभामुख दुवै एमालेको हुँदा प्रचण्डले दबाब महसुश गरेका हुन्, तर समीकरण बदल्नेगरी जोखिमको बाटो रोज्दैनन् भन्ने हाम्रो विश्वास छ । एमालेसँग बार्गेनिङ गरिरहेका हुन्’, सरकार समर्थित एक दलका नेताले भने, ‘अहिलेको समीकरण जोगाउने कस्टमा एमालेले पनि मेरो गोरुको बाह्रै टक्का नसरोस् । कांग्रेस पनि हार्न नसक्ने साझा पात्र अगाडि सारौँ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x