×

NMB BANK
NIC ASIA

शैक्षिक योग्यतामा एउटा, नागरिकतामा अर्कै

डीआईजी ज्ञवालीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा देखियो फरक [प्रमाणसहित]

फागुन १५, २०७९

NTC
Premier Steels

नागरिकता र सिटरोलमा समस्या देखिएको भन्दै नेपाल प्रहरीका डीआईजी श्यामलाल ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग आयोग अनुसन्धानमा उजुरी परेको छ ।

Muktinath Bank

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख समेत रहेका डीआईजी ज्ञवालीले पहिला जिल्ला प्रशासन कार्यालय प्यूठानबाट नागरिकता लिएको र पछि जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि दिएको भन्ने उजुरीमा भनिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको सिटरोल र नागरिकतामा समेत फरक देखिएको समाचार लोकान्तरले यसअघि प्रकाशन गरिसकेको छ । डीआईजी श्यामलाल ज्ञवालीको जन्ममिति शैक्षिक योग्यताको प्रमाणपत्रमा २०२५ भदौ २६ र नागरिकतामा २०२४ चैत २१ देखिएको छ ।


Advertisment
Nabil box
Kumari

लोकान्तरलाई प्राप्त नागरिकता अनुसार २०४१ चैत २१ गते १७ वर्ष पुगेको देखिएको छ । यस्तै तत्कालीन शिक्षा तथा संस्कृति मन्त्रालयअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय उपलब्ध गराएको प्रमाणपत्रमा उनको जन्म २०२५ साल भदौ २६ गतेदेखिएको छ । 

Vianet communication

डीआइजी श्यामलाल ज्ञवालीकाे नागरिकता

डीआईजी  ज्ञवालीले २०५० साल पुष ९ गते भर्नाका लागि खुलाएको विज्ञापनमा आवेदन दिएर भर्ना भएका थिए ।

उनको नागरिकताको प्रमाणअनुसार उनले प्रहरीमा भर्ना हुने पाउने देखिँदैन । उनको नागरिकताको प्रमाणपत्रअनुसार भर्ना हुन खुलाइएको विज्ञापनको मितिसम्म उनी २६ वर्ष भएको देखिन्छ । प्रहरीमा भर्ना हुन २५ वर्षसम्म मात्र पाउने व्यवस्था छ । उनले नागरिकता सच्चाएर भर्ना भएको आरोप लागेको छ ।

डीआइजी ज्ञवालीकाे शैक्षिक प्रमाणपत्र

उनको विवाद आएपछि अख्तियार दुरुपयोग आयोग अनुसन्धानले प्रहरी प्रधान कार्यालयलाई शैक्षिक प्रमाणपत्र र सिटरोललगायत विषयका सक्कल कपी उपलब्ध गराउन परिपत्र गरेको थियो। 

‘उनी (डीआईजी ज्ञवाली) ले इन्स्पेक्टर हुँदा उमेर नाघेको प्रारम्भिक छानबिनमा देखिएको छ । थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरिएको छ,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘उनले उमेर नाघेको व्यक्तिले के कसरी जागीर खाए भन्ने विषयमा छानबिन भइरहेको छ ।’

अख्तियार दुरूपयोग आयोग अनुसन्धानका प्रवक्ता श्यामप्रसाद भण्डारीले डीआईजी ज्ञवालीविरुद्ध उजुरी परेको र त्यस विषयमा छानबिन भइरहेको बताए । ‘उहाँविरुद्ध उजुरी परेको छ । आवश्यक छानबिनका लागि प्रक्रियामा गइसकेको छ,’ प्रवक्ता भण्डारीले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x