×

NMB BANK
NIC ASIA

‘धोकेबाज हौ तिमी’ अब र्‍याप भर्सनमा पनि

चैत ७, २०७९

NTC
फिमेल भर्सनको भिडियोको एक दृश्यमा गायिका एलिना चौहान र गीतकार एवं संगीतकार सुवास कार्की
Premier Steels

चर्चित गीत ‘धोकेबाज हौ तिमी’ अब र्‍याप भर्सनमा पनि सार्वजनिक हुने भएको छ । 

Muktinath Bank

सुवास कार्की (कार्कीजी)को शब्द एवं संगीत रहेको गीत डेढ वर्षअघि गायिका एलिना चौहानको स्वरमा सार्वजनिक भएको थियो । त्यसको केही महिनापछि गायक शिव परियारको स्वरमा गीतको मेल भर्सन सार्वजनिक भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डेढ महिना अघिमात्रै सुप्रिम मल्लको स्वरमा गीतको चाइल्ड भर्सन सार्वजनिक भइसकेको छ । अब, गीतकार एवं संगीतकार कार्कीजीकै स्वरमा यसको र्‍याप भर्सन आउने भएको हो । 


Advertisment
Nabil box
Kumari

‘‘र्‍याप भर्सन’ रेकर्ड भइसकेको छ । सुटिङ गरेर एक हप्ताभित्रै रिलिज गर्ने सोँचिरहेको छु’ – सुवासले लोकान्तरसँग भने । 

Vianet communication

उनी र्‍यापबाट साङ्गीतिक क्षेत्रमा भित्रिएका हुन । झण्डै ३ सय गीतमा उनको र्‍याप समावेश छ । 

कोरोनाकालको लकडाउनको समयमा र्‍याप गीत  रेकर्डिङ कम भएपछि उनले अन्य गीत लेखन सुरु गरेका थिए ।​ 

त्यसैमध्येको एउटा गीत थियो ‘धोकेबाज हौ तिमी’ ।

पछिल्लो समय भने उनले र्‍यापलाई निरन्तरता दिएका थिएनन् । 

‘अब र्‍यापलाई कन्टीन्यू गरौं न भनेर यसबाट सुरु गर्दैछु’ उनले भने, ‘र्‍याप भर्सनलाई राम्रो बनाउने कोसिस रहनेछ ।’

उनका अनुसार र्‍याप भर्सनमा शब्द, संगीत, एरेन्ज परिमार्जित हुनेछ ।

कुन युट्युब च्यानलबाट र्‍याप भर्सन सार्वजनिक हुने भन्नेबारे भने तय भइसकेको छैन ।

सुवासका अनुसार ‘धोकेबाज हौ तिमी’को कपिराइट युट्युब च्यानल ‘नमस्ते प्लस’संग छ । यसका सञ्चालक अष्ट्रेलियामा बस्दै आएका रामकान्त न्यौपाने हुन् । ‘धोकेबाज हौ तिमी’को फिमेल भर्सनले २ करोड ४३ लाख भ्युज पाएको छ । 

यसको मेल भर्सनले ८४ लाख भ्युज पाएको छ भने डेढ महिनाअघि सार्वजनिक चाइल्ड भर्सनले झण्डै १५ लाख भ्युज पाएको छ । तिनवटै भर्सन ‘नमस्ते प्लस’ युट्युब च्यानलबाटै सार्वजनिक भएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x