×

NMB BANK
NIC ASIA

काष्ठकलामा ७ पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर

चैत ८, २०७९

NTC
फाइल फोटो
Premier Steels

काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल र ढोका हेर्दा निकै सुन्दर देखिन्छन् । यी सुन्दर मात्र होइनन्, टिकाउ पनि उत्तिकै हुन्छन् तर काष्ठकला निर्माणमा लाग्ने खर्च र मेहनत भने कम्ता छैन । यसबारे अनुमान लगाउन मुस्किल पर्छ ।

Muktinath Bank

मठ, मन्दिर, सत्तल, पाटी पौवा तथा घरलाई आकर्षक र कलात्मक बनाउन काष्ठकलामा संलग्नले काठमा पोखेको कलामा नेपाली सभ्यता र संस्कृति झल्किन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय काष्ठकलाप्रति युवाको आकर्षण घट्दै गएको पाइन्छ । काष्ठकला पुस्तान्तरणसमेत हुन नसक्दा कलाकारको मात्र होइन, काठबाट निर्माण गरिएका सामग्री अभाव हुन थालेको छ । 


Advertisment
Nabil box
Kumari

यी विविध समस्याबीच पनि बागलुङ नगरपालिका–३ का भीमबहादुर विश्वकर्माले भने आफ्ना ७ पुस्ताले अँगालेको काष्ठकला पेशालाई धान्दै आएका छन् ।

Vianet communication

खर्च र समय बढी लाग्ने भएकाले पछिल्लो पुस्ताले काठबाट निर्मित टुँडाल, झ्याल र ढोकाको प्रयोग न्यूनरूपमा गर्न थालेको विश्वकर्मा बताउँछन् । ‘धेरै समस्या छन् तर मैले पूर्खाको पेशालाई जोगाइराखेकै छु,’ उनले भने । बागलुङमा घरमा भन्दा पनि मठ–मन्दिरमा काष्ठकलाको प्रयोग बढी हुने गरेको छ ।

गत भदौदेखि विश्वकर्मा बागलुङ कालिका मन्दिरमै बास बसेर मन्दिरलाई कलात्मक बनाउन लागिपरेका छन् । उनीसँगै कान्छा छोरा विकास पनि मन्दिरमै बुवासँगै काष्ठकलामा लागेका छन् । 

कालिका मन्दिरलाई कलात्मक बनाउने काष्ठकलाको जिम्मा ६० वर्षीय विश्वकर्माले लिएका छन् । विश्वकर्माको जीवन काष्ठकलामै बित्यो । आफ्नो ७ पुस्तादेखि नै मुख्य पेशा काष्ठकला नै रहेको उनी बताउँछन् । बुवा मोतिलालले विभिन्न मन्दिरको टुँडाल तथा भगवानका आकृति बनाएको देखेरै १५ वर्षको उमेरदेखि विश्वकर्मा काष्ठकलातर्फ आकर्षित भएका हुन् । हाल ८ लाख रुपैयाँमा कालिका मन्दिरको हवन कुण्ड, शिवालय मन्दिर र गणेश मन्दिरका लागि आवश्यक टुँडाल, आँखीझ्याल तथा विभिन्न भगवानका आकृति तयार गरिराखेका विश्वकर्माले काष्ठकला व्यवसाय आफ्नो परिवारमा पुस्तान्तरण हुँदैआएको बताए ।

विश्वकर्मासित काष्ठकलासहित तामाले छाउने कार्यको समेत ज्ञान छ । उनले काठलाई विभिन्न घरेलु औजारले महिनौं कुँदेर विभिन्न आकृतिमा निर्माण गर्दै आएका छन् । ‘७ पुस्ता काष्ठकलामै समर्पित भयो, बुवासँग २०४८ सालमा कालिका मन्दिरको गजुर मिलाउने, झ्याल तथा ढोका कुँद्ने काम गरेको थिएँ, अहिले बुवाले बनाएकै आँखीझ्याल तथा टुडाँल कालिका मन्दिरमा छन्, बुवा बित्नुभएकै २० वर्ष भयो,’ उनले भने, ‘अहिले पुनः कालिका मन्दिर क्षेत्रमा निर्माण गरिने हवन कुण्ड, शिवालय र गणेश मन्दिरमा मैले आफ्नो कला पोख्ने अवसर पाएको छु ।’

विश्वकर्माका पुर्खाले बागलुङ, गुल्मी, पर्वत, म्याग्दीलगायत ठाउँमा राजाको दरबार, मठमन्दिर लगायतमा काष्ठकलाको काम गरेका थिए । गुल्मीको रिडीस्थित रिडेश्वर मन्दिर पनि उनकै पुर्खाले बनाएको विश्वकर्माको भनाइ छ । कालिका मन्दिरको मुख्यद्वार नजिकै बुवाको नाम देखाउँदै उनले भने, ‘काष्ठकलाकै कामले जीवन चलाउँदै आएको छु ।’

पञ्चकोट, कारिकोट, तित्याङ मनकामना लगायत प्रसिद्ध मन्दिरको ढोका तथा विभिन्न आकृतिमा झ्याल निर्माण गरिसकेको उनले बताए ।

सानैदेखि बुवासँग काष्ठकलाको काम सिकाले अहिले सहज भएको विश्वकर्माको भनाइ छ । कान्छो छोरा विकासले काष्ठकलाको काम सिकिसकेकाले पुस्तान्तरण भएको उनको ठम्याइ छ । पछिल्लो समय कृत्रिम र विद्युतीय उपकरकणको सहायताले काष्ठकलाको काम थालिएको छ । घरेलु हतियारले निर्माण गरेको काठको छुट्टै महत्त्व रहेको उनी बताउँछन् ।

कालिका मन्दिरको हवन कुण्डमा नाग देवता, भगवती, बुद्ध भगवान्, विष्णु, देवी र जलदेवता लगायत आकृतिमा काठ कुँदेर निर्माण गरिएको उनले जानकारी दिए । विश्वकर्माले कलात्मक ढंगले कँुदिएको ढोकालाई अहिलेको बजारभाउ १ लाख ८० हजार पर्ने बताए । उनले १ स्थानमा बनाएको आकृति अर्को स्थानमा नबनाउँदा मन्दिरको कलात्मक महत्त्व बढेर जाने बताए ।

उनले काष्ठकलामा लागेर पुर्खाले बिर्ता पाएको समेत सुनाए । अहिले काष्ठकलाबाट जीवन गुजरा मात्रै चलाउन ठिक्क भएको बताए ।

‘कहिलेकाँही काष्ठकलाको काम लगातार पाउँदा आम्दानी राम्रै हुन्छ, कतिबेला भने खाली हात बस्नुपर्ने बाध्यता हुन्छ,’ विश्वकर्माले भने । उनले बालभैरव मन्दिर, तित्याङ मनकामना मन्दिर, विभिन्न कूल मन्दिर तथा कयौं व्यक्तिगत घरका टुडाँल, झ्याल तथा ढोका बनाइसकेको बताए । – खेमराज गौतम/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x