×

NMB BANK
NIC ASIA

‘सिम्पल सिम्पल कान्छीको’ गीतको सिक्वेल ल्याइँदै, ​दिपक लिम्बु र नित्याशिवाको स्वरमा रेकर्ड

चैत ९, २०७९

NTC
Premier Steels

हिट फिल्मी गीत ‘सिम्पल सिम्पल कान्छीको’को सिक्वेल आउने भएको छ ।

Muktinath Bank

झण्डै १४ वर्षअघिको फिल्म ‘अन्जाज’मा दिपक लिम्बु र माण्डबी त्रिपाठीको स्वरमा समावेश उक्त गीत निकै हिट भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शंकर अधिकारी ‘घायल’को शब्द रचना रहेको गीतमा बसन्त सापकोटाले संगीत भरेका थिए । 


Advertisment
Nabil box
Kumari

गीतकार शंकरले उक्त गीतको सिक्वेलका रुपमा ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ रेकर्ड भएको जानकारी दिए । 

Vianet communication

बिहीवार मात्रै रेकर्ड भएको गीतका शब्द शंकरले कोरेका हुन् भने संगीत र एरेन्ज बाबुल गिरीको छ । दिपक लिम्बु र नित्याशिवाको स्वरमा यो गीत रेकर्ड भएको हो । ​

शंकरको शब्द, बाबुलको संगीत र स्वर रहेको फिल्मी गीत ‘सिरुपाते जुँगामा’ यतिबेला चर्चामा छ । उक्त गीत हिट भएसँगै उनीहरूबीच पुन: साङ्गीतिक सहकार्य भएको हो ।

‘सिम्पल सिम्पल कान्छीको’को सिक्वेल गीत फिल्ममा भने समावेश नहुने गीतकार शंकरले बताए । 

‘फिल्मका लागि मानिएको त छ । तर यो गीत एल्बमका लागि भनेर रेकर्ड गरेका हौं’ उनले लोकान्तरसँग भने, ‘गीतको भिडियो ओएसआर डिजिटलले निर्माण गर्नेछ ।’

‘सिम्पल सिम्पल कान्छीको’ त्यसबेला निकै रुचाइएको स्मरण गर्दै उनले सिक्वेललाई पनि स्रोता दर्शकले रुचाउने बनाउने प्रयास रहने बताए ।

‘त्यसबेला अहिलेजस्तो युट्युबको जमाना थिएन् । रेडियोमा बजेको भरमा गीत हिट भएको सम्झना छ’ शंकरले भने, ‘आज रेकर्ड भएको यसको सिक्वेल गायक/गायिकाले राम्रो गाउनुभएको छ । राम्रो बन्ने विश्वास छ ।’

भिडियो तयार भएर एक महिनाभित्रमा गीत सार्वजनिक हुने बताइएको छ । गायक दिपक लिम्बुले आफ्नो हिट गीतको सिक्वेलमा स्वर दिन पाउँदा खुशी लागेको र गीत पनि राम्रो रहेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x