×

NMB BANK
NIC ASIA

वैशाख १ मा होडबाजी

नयाँ वर्षमा ‘फिल्म रिलिज’को होड– किन भिड्न खोज्दैछन् एकसाथ ४ चलचित्र ?

चैत १५, २०७९

NTC
Premier Steels

एक वा दुईवटासम्म नेपाली फिल्म एकसाथ प्रदर्शनमा आउनु सामान्य हो । तर, एकैदिन चारवटा नेपाली फिल्म प्रदर्शनमा आउने तयारीमा छन्, वैशाख १ गते ।

Muktinath Bank

नयाँ वर्ष २०८० को अवसर पारेर नेपाली फिल्मबीच ‘हेभीवेट भिडन्त’ तय भएको हो । ‘नाइँ नभन्नू ल ६’, ‘बिहे पास’, ‘जारी’ र ‘बुलाकी’ एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेका फिल्म हुन् । यी चारवटै विभिन्न कारणले चर्चामा रहेका र व्यापारिकरूपमा आशा गरिएका फिल्म मानिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यीमध्ये अभिनेता दयाहाङ राईकै दुईवटा फिल्म छन् । एउटै अभिनेताका दुईसहित आशा गरिएका चार फिल्म एकसाथ प्रदर्शनमा आउने भएपछि उक्त मितिलाई फिल्मकर्मीले निकै चासोका साथ हेरेका छन् । 


Advertisment
Nabil box
Kumari

‘चारवटा फिल्म किन एकैदिन प्रदर्शनमा आउन लागेका होलान् ? यति धेरै फिल्म नेपाली बजारले थेग्छ ? यीमध्ये कुन–कुन फिल्म राम्रो चल्लान् ?’ फिल्मकर्मीमा मात्र होइन फिल्मप्रेमीमा पनि चासो छ । 

Vianet communication

किन लाग्यो भीड ?

चाडपर्व र नयाँ वर्षमा विगतदेखि नै फिल्म प्रदर्शनका लागि हानथाप हुँदै आएको छ । यद्यपि, एकैदिन चारवटासम्म नेपाली फिल्म प्रदर्शनमा आएको रेकर्ड भने पछिल्ला वर्षमा कमै छ । 

क्यालेन्डरमा रातो हेरेर प्रदर्शन मिति घोषणा गर्न तम्सिने प्रवृत्तिका कारण वैशाख १ का लागि फिल्मको भीड लागेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का बताउँछन् । 

‘बिदा नपर्दा फिल्म लगाउन डराउँछन् । चाडपर्व वा क्यालेन्डरमा रातो घेरा देखेपछि सोही मितिमा प्रदर्शन गर्दा सुरक्षित भइन्छ भन्ने निर्माताको बुझाइ छ,’ खड्काले लोकान्तरसँग भने, ‘त्यही बुझाइको उपज वैशाख १ मा देखिँदैछ ।’ 

नयाँ वर्षमा रिलिज भएका फिल्मले राम्रो व्यापार गरेका उदाहरण विगतमा धेरै छन् । यद्यपि, एकैदिन चारवटासम्म फिल्म प्रदर्शनमा आउनु भने राम्रो नभएको अध्यक्ष खड्काको भनाइ छ । 

दुईवटासम्म फिल्म राम्रो चल्न सक्ने सम्भावना रहेपनि त्यो भन्दा बढी फिल्म प्रदर्शनमा आउनु ‘रिस्क’ रहेको उनले बताए । 

नवल खड्का

निर्माता संघले दुईभन्दा बढी फिल्म नजुधाउन अनुरोध गर्दै आएको बताउँदै खड्काले अगाडि थपे, ‘तर, चाडबाड र बिदा धेरै देखिनेवित्तिकै हाम्रो अनुरोध सम्बोधन हुँदैन ।’ 

पहिले–पहिले फिल्म प्रदर्शनमा ‘क्यू सिस्टम’ थियो, जुन पहिले सेन्सर भयो सोही फिल्मले प्रदर्शनमा प्राथमिकता पाउँथ्यो । 

‘त्यो बेला प्रदर्शनका लागि क्यूमा बस्नुपर्थ्यो । फिल्म बनाएको दुई वर्षपछि मात्र प्रदर्शनको पालो आउने अवस्था बन्थ्यो,’ निर्माता, निर्देशक एवं अभिनेतासमेत रहेका खड्काले भने, ‘त्यो बेला फिल्म बासी भएर नचल्न सक्ने अवस्था समेत थियो ।’

त्यसपछिको समयमा ‘क्यू सिस्टम’सँगै वितरक र हलवालाले चाहेको फिल्मले प्राथमिकता पाउन थाल्यो ।

केही वर्षयता भने खुला प्रतिस्पर्धाको नीतिअनुसार फिल्म प्रदर्शनमा छ । चाहेको मितिमा फिल्म प्रदर्शनमा ल्याउन सक्ने भए पनि आशा गरिएका फिल्मलाई बढी प्राथमिकता दिने गरिएको छ । 

फिल्मले बनाएको हाइपअनुसार हलले शो बाँडफाँड गर्ने गरेका छन् । अहिले कतिपयले फिल्म निर्माणसँगै प्रदर्शन मिति समेत सँगसँगै घोषणा गर्ने गरेका छन् । 

निर्माता/निर्देशकको आ–आफ्नै तर्क

‘बुलाकी’ले यसअघि फागुन १९ गते प्रदर्शन मिति घोषणा गरेको थियो । 

यद्यपि, उक्त मितिमा दुई ठूला भनिएका फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ आउने भएपछि ‘बुलाकी’ वैशाख १ गतेका लागि सरेको हो । 

यस फिल्मका निर्देशक लक्ष्मण सुनार आफूहरूले यसअघि पनि ३ पटक प्रदर्शन मिति परिवर्तन गरिसकेको हुनाले अब वैशाख १ मै प्रदर्शनमा ल्याउने निर्णयमा पुगेको बताए । 

‘कतिपटक प्रदर्शन मिति सार्नु ? जतिपटक सर्‍यो त्यति पैसा खर्च भइरहेको हुन्छ,’ उनले भने, ‘अब बाध्य भएर पनि सोही मितिमै आउने निर्णयमा पुग्यौं ।’

उनी नयाँ वर्षमा फिल्म चल्नेमा आफू ढुक्क रहे पनि चारवटा फिल्म एकैदिन प्रदर्शनमा आउँदा असर सबैलाई हुने स्वीकार्छन् । 

‘घाटा त स्वाभाविक हुन्छ, शो बाँडिन्छ,’ सुनारले भने, ‘नयाँ वर्षमा अधिकांश हलहरू प्याक हुन्छ । दुई दिन राम्रोसँग चल्नेमा ढुक्क छु । त्यसपछि भने जसको फिल्म राम्रो छ, त्यो मात्र चल्छ ।’ 

‘बिहे पास’ फिल्मका प्रस्तुतकर्ता एवं वितरक रोहित कट्टेल आफूले नयाँ वर्ष खाली देखेर प्रदर्शन मिति घोषणा गर्दै तयारी अगाडि बढाएको दाबी गरे । ‘नयाँ वर्षमा एउटा/दुईवटा फिल्म ठिकै होला भनेर घोषणा गर्‍यौं । अहिले आएर सबैलाई त्यही मिति चाहियो’, कट्टेलले भने । 

उनले आफूले प्रचारप्रसारमा लाखौं खर्च गरिसकेकाले अब प्रदर्शन मिति सार्न सक्ने अवस्थामा नरहेको बताए । 

बायाँबाट विकास, लक्ष्मण र रोहित

एकै मितिमा चारवटा फिल्म नेपाली बजारले थेग्न नसक्ने उनको धारणा छ । ‘हाम्रो सानो बजार छ’, उनी भन्छन्, ‘एकै दिन चारवटा फिल्म आउनु सबैलाई गाह्रो कुरा हो । यसले सबैलाई असर पर्छ ।’ 

‘नाईं नभन्नू ल ६’का निर्देशक विकासराज आचार्यले वैशाख १ गतेलाई प्रदर्शन मितिका रूपमा सबैभन्दा पहिले आफूहरूले घोषणा गरेको दाबी गरे । 

‘हामीले ६/७ महिना अगाडिदेखि नै उक्त मिति घोषणा गरेका हौं,’ उनले भने, ‘पछि साथीहरू आउनुभयो । हामीले पहिल्यै घोषणा गरिसकेकाले पनि ब्याक हुने कुरा भएन ।’ 

निर्देशक आचार्यले पनि चार फिल्म एकसाथ जुध्दा असर सबैलाई हुने बताए । आफ्नो एक खालको दर्शक भएकाले ‘नाइँ नभन्नू ल ६’ चल्नेमा ढुक्क रहेको आचार्य बताउँछन् ।

राम्रो मिति भनेर प्रदर्शनमा ल्याइएका फिल्म चल्छन् नै भन्ने ग्यारेन्टी नहुने निर्माता संघका अध्यक्ष नवल खड्का बताउँछन् । 

‘फिल्म चल्न रिलिज मिति मात्र राम्रो भएर हुँदैन, फिल्म पनि राम्रो हुनुपर्छ । राम्रो फिल्म अन्य मितिमा प्रदर्शनमा आउँदा पनि राम्रो चल्ने गरेका थुप्रै उदाहरण छन्,’ उनले भने, ‘फिल्म नराम्रो भए राम्रो मितिमा पनि चल्दैन । राम्रो फिल्मलाई रिलिज मितिले व्यवसायका लागि प्लस मात्र गर्ने हो ।’ 

यसवर्ष पनि चाडबाड र बिदा नभएको समयमा प्रदर्शनमा आएका केही फिल्महरूले राम्रो व्यापार गरेका छन्, जसको उदाहरणका रूपमा जेठमा प्रदर्शनमा आएको ‘कबड्डी ४’, कात्तिकमा प्रदर्शन भएको ‘महापुरुष’, फागुनमा प्रदर्शनमा आएको ‘छक्का पञ्जा ४’ ईत्यादिलाई लिन सकिन्छ । 

ब्रान्ड नेमदेखि स्टारको फिल्म

फागुन १९ यता नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छैनन् । अब, आउँदो शुक्रवार ‘प्रेमा’ नामक नेपाली फिल्म प्रदर्शनमा आउँदैछ । त्यसको सात दिनपछि चैत २४ मा ‘प्रसाद २’ र ‘वहाब’ गरी दुईवटा नेपाली फिल्म रिलिज हुने तयारीमा छन् । त्यसपछि नयाँ वर्षको अवसर पारेर चारवटा फिल्म एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेका हुन् । यसअघिका सबै शृंखला हिट भएकाले ‘नाइँ नभन्नू ल ६’ प्रतीक्षित मानिएको छ । विकासराज आचार्य निर्देशित यो फिल्ममा आँचल शर्मा, आशीर्वाद क्षेत्री, प्रियंका कार्की, केकी अधिकारी, सरोज खनाल, अथर्व उप्रेती, अनुभव रेग्मी लगायतको अभिनय छ । 

उपेन्द्र सुब्बाको लेखन एवं निर्देशन रहेको ‘जारी’ अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनित फिल्म हो । ‘कबड्डी’ फ्रेम्ड निर्देशक रामबाबु गुरुङ निर्मित यो फिल्ममा प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बूलगायतको अभिनय छ । कलाकार र निर्माण टीमका कारण यो फिल्म प्रतिक्षित मानिएको छ । 

दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनित ‘बिहे पास’ पनि विभिन्न कारणले चर्चामा रहेको फिल्म हो । प्रवेश पौडेल निर्देशित यो फिल्ममा दयाहाङ र प्रकृतिका साथमा शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, श्याम राई लगायतको पनि अभिनय छ । 

वैशाख १ मा प्रदर्शनमा आउने तयारीमा रहेको अर्को फिल्म हो, ‘बुलाकी’ । लक्ष्मण सुनार निर्देशित अनि मौलिक कथामा निर्माण भएको यो फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, प्रकाश कंडेल, सुशील पोखरेल, रमेश बुढाथोकी लगायतको अभिनय छ । यो फिल्मले पनि फस्टलूकबाटै एक किसिमको प्रशंसा कमाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x