×

NMB BANK
NIC ASIA

चलेका गीतहरू

संगीत क्षेत्रमा वर्ष २०७९ : धेरैपछि गजलको चर्चा, यी हुन् बढी चलेका केही गीत

चैत २८, २०७९

NTC
Premier Steels

अघिल्ला दुई वर्षको तुलनामा २०७९ सालमा सांगीतिक क्षेत्र थप चलायमान रह्यो । कोरोना महामारीका कारण सुस्ताएको स्टेज कार्यक्रम यस वर्षदेखि लयमा फर्कियो ।

Muktinath Bank

यस हिसाबले पनि सांगीतिक क्षेत्रमा चर्चामा रहेका कलाकारहरू लगभग वर्षैभरी विदेश एवं स्वदेशका स्टेज कार्यक्रमको दौडधुपमा रहे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संख्याको हिसाबले यस वर्ष पनि सयौं गीतहरू युट्युबमा आए । स्रोता–दर्शकले रुचाउने र राम्रो भ्युज पाउने गीतहरू भने कमै संख्यामा आए । जसका कारण धेरै गीतमा गरिएको लगानी बालुवामा पानीसरह नै भयो । 


Advertisment
Nabil box
Kumari

यद्यपि, केही गीतहरूले भने स्रोता दर्शकको मन जित्दै युट्युबमा राम्रो भ्युज पाए । र, आफ्नो लगानी सुरक्षित गर्दै नाफामा समेत जान सफल भए । 

Vianet communication

यस वर्ष चर्चामा रहेका गीतहरूको कुरा गर्दा फरक–फरक जनराबाट प्रतिनिधित्व देखियो । 

एकातर्फ संगीतमा अलग जनराको प्रतिनिधित्व गर्ने सज्जनराज वैद्य, स्वप्न सुमन इत्यादिका गीतहरूलाई स्रोता दर्शकले रुचाए ।

अर्कोतर्फ शिव परियार, हिमाल सागर, उर्गेन दोङदेखि पशुपति शर्मा, शान्तीश्री परियार लगायतका गीतहरू पनि चर्चामा रहे । 

वर्षौंपछि गजल गीतको लोभलाग्दो चर्चा यस वर्ष देखियो । केही फिल्मी गीतहरूले समेत स्रोता–दर्शकको मन जिते । 

‘घुमी घुमी’देखि ‘जे छौ तिमी’सम्म

वर्षको शुरूआतमा वैशाखमा सार्वजनिक ‘घुमी घुमी’ बोलको गीतले स्रोता/दर्शकलाई फरक खालको स्वाद दियो । 

शान्तीश्री परियार र सुजन चापागाईंद्वारा स्वरबद्ध एवं विपिन कार्की र अञ्जना बराइली अभिनित गीत रुचाइयो । गीतले टिकटकमा चर्चा पायो । युट्युबमा पनि राम्रै भ्युज बटुल्यो ।

वसन्त विश्वकर्माको ‘रेलीमै’, प्रशान्त पौडेलको ‘सान्नानी जाम पोखरा’, बालगायक–गायिका सुप्रिम मल्ल ठकुरी र पूजा देवकोटाको ‘परान बाँकी छ’ लगायत गीतले स्रोता दर्शकबाट एक खालको माया पाए । उर्गेन दोङको ‘टाढा भए पनि २’ पनि राम्रै चल्यो । 

सन्तोष सुनारको ‘छम्मक छम्मक’ शीर्षकको गीतलाई रुचाइयो । उक्त गीतको भिडियोलाई ८ महिनामा ३ करोड प्लस भ्युज मिलेको छ । 

तीजमा भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीद्वारा स्वरबद्ध ‘झमझम झम्काना’ सर्वाधिक घन्कियो । शान्तीश्री परियारद्वारा स्वरबद्ध ‘खोली तारी देऊ न माझी दाइ’, पशुपति शर्माको ‘आफ्नो आफ्नो दुःख’ लगायतका गीतहरू पनि चर्चामा रहे । 

६ महिनाअघि उर्गेन दोङले सार्वजनिक गरेको ‘लजालु मायालु’ बोलको गीतलाई स्रोता दर्शकले औधी रुचाए ।

त्यसबेला टिकटकमा निकै छाएको गीतले अहिलेसम्म युट्युबमा ४ करोड ४ लाख प्लस भ्युज पाउन सफल छ । यो वर्षकै सर्वाधिक हेरिएको गीत हो । उर्गेन र बेनिशा पौडेलको युगल स्वर रहेको ‘हाम्रो यो माया’ गीत पनि स्रोता दर्शकहरूले रुचाए । 

समीर श्रेष्ठको ‘हेरन’, सज्जनराज वैद्यको ‘धैर्य’लगायतका अलग जनराका गीतहरू पनि स्रोता दर्शकहरूको निकै रोजाइमा परे । 

शिव परियारको स्वरमा सार्वजनिक ‘फूलै फूल दिन्छौ कि’को रिमेक भर्सन राम्रै चल्यो । आशिष अविरलको ‘छुनुमुनु छुनुमुनु’ शीर्षकको गीतले पनि राम्रो भ्युज पायो । 

डोमा ह्याल्मो युट्युबमा चार महिनाअघि सार्वजनिक ‘कालो चस्मा लाऊ भन्छ...’ गीत निकै चल्यो । विशेषगरी यस गीतको टुक्कामा टिकटक बनाउनेहरू बढ्दै गएसँगै गीतले राम्रो भ्युज पाउँदै गयो ।  उक्त गीतको भिडियोले २ करोड ७ लाख प्लस भ्युज पाइसकेको छ । 

शान्तीश्री परियार र निश्चल दवाडीको स्वर रहेको लोकदोहोरी गीत ‘सोल्टी बजार’ले पनि राम्रो चर्चा पाउन सफल रह्यो । 

यता प्रकाश दूतराजको ‘मन भुल्छ’, ‘जुन माया’सँगै उनले भूमिका गिरीसँग मिलेर गाएको ‘देउरालीमा’बोलको गीतलाई पनि रुचाइयो । 

हिमाल सागर र अनु चौधरीको स्वर रहेको ‘ए हो र माया...’ वर्षको हिटमध्ये शीर्षस्थानमा पर्ने गीत हो । 

उक्त गीतमा लाखौं टिकटक भिडियो बनेका छन् भने भिडियोले ४ महिनामै २ करोड प्लस भ्युज पाउन सफल रह्यो ।

यस्तै, गायक टंक तिमिल्सिनाको ‘मेरी चम्पा’ गीत पनि छोटो समयमै युट्युबमा करोड क्लबमा प्रवेश गर्‍यो । 

तिलकसिंह पेलाको स्वरमा स्वरबद्ध ‘के लत बस्यो मलाई’ बोलको गजल गीत यस वर्ष निकै छायो । दुई महिनाअघि सार्वजनिक यस गजलको सर्वत्र प्रशंसा भयो भने गजलमा लाखौंले टिकटक भिडियो बनाए । भिडियोले युट्युबमा भ्युज पनि राम्रो पायो ।

चैतमा सार्वजनिक हरिवंश आचार्यको ‘काउली’ शीर्षकको गीत पनि चर्चामा रह्यो भने दुई सातायता सार्वजनिक स्वप्न सुमनको गीत ‘जे छौ तिमी’ यतिबेला सर्वाधिक चर्चामा छ ।

स्वप्न सुमनको गीतमा लाखौं टिकटक भिडियो बनेका छन् भने भिडियोले ८४ लाख प्लस भ्युज पाइसकेको छ । दुई सातादेखि यो गीत ट्रेन्डिङ नम्बर वानमै छ । चर्चाको कुरा गर्दा गतवर्ष सार्वजनिक ‘धोकेबाज हौ तिमी’ गीत यसवर्ष पनि निकै चर्चामा रहन सफल रह्यो । 

फिल्मी गीत कति हिट ?

विगतका वर्षका फिल्मी गीतहरूले अन्य गीतको लोकप्रियतालाई उछिनेको पाइन्थ्यो । यसवर्ष भने फिल्मीभन्दा बाहिरी गीतहरू नै बढी चर्चामा रहे ।

यद्यपि, एकाध फिल्मी गीतले स्रोता दर्शकमाझ राम्रो चर्चा कमाए । ‘झिंगेदाउ’ फिल्ममा समावेश गीत ‘आगो विना बिँडी जल्दैन’लाई स्रोता दर्शकहरूले रुचाए । टिकटकमा निकै छाएको शान्तीश्री परियार र प्रवीन बेडुवालद्वारा स्वरबद्ध यो गीतको भिडियोले युट्युबमा ७५ लाख प्लस भ्युज पाएको छ । 

फिल्म ‘सम्हालिन्छ कहिले मन’मा समावेश ‘जरुरी कुरा छ’बोलको गीत पनि चर्चामा रह्यो । १ करोड २५ लाख भ्युज पाएको यो गीतमा अञ्जु पन्त र सुरेश लामाको स्वर छ । 

फिल्म ‘राधा’मा समावेश तीजविशेष गीत चर्चामा रह्यो । सज्जा चौलागाईँ र स्वस्तिका ढकालको स्वरमा रहेको ‘पाउमा पाउजु’ शीर्षकको उक्त गीतले झण्डै करोड भ्युज पाइसकेको छ । 

फिल्म ‘बाबरी’मा समावेश ‘बाबरी रंग’ पनि यस वर्षको चर्चित फिल्मी गीत हो । यसमा अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर छ । ‘फूलबारी’ फिल्ममा समावेश ‘माया रैछ र’ पनि यस वर्षको अर्को हिट फिल्मी गीत हो । यो गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर छ । 

फिल्म ‘छक्का पञ्जा ४’का भने दुईवटै गीत हिट हुन सफल भएका छन् ।ती गीतहरू हुन्, डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको ‘दर्शन सलाम’ र बाबुल गिरीको स्वर रहेको ‘सिरुपाते जुंगामा’ । यी दुईवटै गीतहरू टिकटकमा निकै छाएका छन् भने युट्युबमा लोभलाग्दो भ्युज पाएका छन् ।

‘दर्शन सलाम’को भ्युज त १ करोड ७४ लाख प्लस पुगिसकेको छ । वैशाखको १ गतेबाट प्रदर्शनमा आउने ‘जारी’ फिल्मको गीत ‘चरी बस्यो’ पनि यतिबेला चर्चामा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x