×

NMB BANK
NIC ASIA

गीत गाएकै कमाइले घर बनाएकी रचना भन्छिन् – मनैदेखि देखेको सपना पूरा हुने रहेछ

काठमाडाैं | कात्तिक १९, २०८०

NTC
Sarbottam
तस्वीर : विश्वास खनाल/लोकान्तर डटकम
Premier Steels
Marvel

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । 

Muktinath Bank

थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइसकेकी छन् । गीत गाएरै गृहजिल्ला झापामा एक वर्षअघि पक्की घर बनाइसकेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आमाबुवालाई नयाँ घर बनाएर राख्ने रचनाको सानैदेखिको सपना थियो । विदेश गएर कमाएर भएपनि घर बनाउँछु भन्ने उनी सोच्ने गर्थिन् । 


Advertisment
Nabil box
Kumari

‘पुरानो घर माटोको थियो । धेरै डर पनि थियो । सर्प, मुसाहरू आउने गर्थ्यो । एकपटक सर्प ओछयानमै झरेको थियो । त्यो देखेर पनि घर चाहिँ जसरी पनि बनाउँछु भन्ने सोच पलाएको थियो’ हालसालैको भेटमा रचनाले लोकान्तरसँग भनिन् । 

Vianet communication
Laxmi Bank

यद्यपि, संगीतबाट त्यो सपना पूरा गर्न पाउँदा प्राउड फिल गरिरहेको उनी बताउँछिन् । ‘छरछिमेकका दाइहरु विदेश गएर पैसा कमाएर नयाँ घर बनाउनुभएको हुन्थ्यो । गाउँमा त्यस्तो देखेको भएर पनि होला, म पनि विदेश गएर पैसा कमाएर घर बनाउँछु भन्ने सोच्थेँ,’ उनले भनिन् – ‘जे होस् गीत गाएर घर बनाउन सफल भए । सबैको माया र आशीर्वादले यो सम्भव भएको हो । साँच्चिकै मनैदेखि सपना देखेपछि पूरा हुँदोरहेछ भन्ने लाग्यो ।’ 

घर बनाउन सुरु गर्दाको क्षण समेत रचनाले सेयर गरिन् । दिनरात नभनी गीतहरू रेकर्ड गर्ने उनले खातामा १० लाख रूपैयाँ जम्मा भएपछि घर बनाउन सुरु गरेकी थिइन् । ३५ लाख हाराहारी खर्चमा घर निर्माण भएको उनले बताइन् । 

बुवाआमालाई नयाँ घरमा राख्ने सपना पूरा गरेकी रचनाको अबको सपना चाहिँ के छ त ? २१ वर्षीया रचनाले हाँस्दै भनिन् ‘अर्को घर बनाउने काठमाडौंमा । त्यो चाहिँ कहिले पूरा हुन्छ थाहा छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x