×

NMB BANK
NIC ASIA

आमाको मुख हेर्ने दिन अन्धाअन्धी मन्दिरमा भक्तजनको घुँइचो

बैशाख ७, २०८०

NTC
Premier Steels

मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको बगडा गाउँस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

Muktinath Bank

आमाबुवालाई भगवान्को स्वरुपको रूपमा लिइएमानिने  सो स्थानमा आज आमाको मुख हेर्ने दिन भक्तजनको घुँइचो लागेको हो । 
जिल्लाको उत्तरपूर्व कुनामा धनुषा जिल्लासँग जोडिएको लोहारपट्टी नगरपालिकाको वडा नं १ बगडामा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थल पौराणिक एवं धार्मिक महत्वको रहेकाले  यहाँ हजारौँ महिला पुरुष दर्शनका लागि आएको स्थानीय रामकृष्ण यादवले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

द्वापर युगमा श्रवणकुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी वाण लागेर आफ्नो छोराको मृत्यु भएको सुनेपछि आफ्नो प्राण पनि त्याग गरेको किंबदन्ती छ ।
टाढा टाढाका दर्शनार्थीको ओइरो लाग्ने गरेकाले  विगतका दिनमा यस स्थानमा दैनिक मेला लाग्ने गरेकामा  आमाको मुख हेर्ने वा बुवाको मुख हेर्ने दिनमा भने अत्यधिक भीड हुने स्थानीयवासी हेमशङ्कर यादवले बताए । 
आजका दिन यस यस स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका पटनासम्मका मानिस दर्शनका लागि आउने गरेको अर्का स्थानीयवासी शिवचन्द्र यादवले बताए । 


Advertisment
Nabil box
Kumari

द्वापर युगमा श्रवणकुमारले तिर्खाएका आफ्ना अन्धाअन्धी आमाबुवालाई महोत्तरीको बगडास्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन नजिकैको महदैया तपनपुरको कमलदहमा पानी लिन गएको बेला राजा दशरथको शब्दभेदी वाण लागी उनको मृत्यु भएको थाहा पाएपछि ती वद्ध दम्पतीले पनि यसै स्थानमा प्राण त्याग गरेका थिए ।

Vianet communication

अन्धाअन्धीले प्राण त्याग गरेकाले यो स्थान अन्धाअन्धी स्थानको नामले चर्चित भएको र कालान्तरमा मन्दिर पनि बनाइएको थियो । पछिल्लो समय सम्बन्धित निकायको उदासिनताका कारण यस स्थानको संरक्षण सम्वद्र्धनका लागि कुनै पनि पहल हुन नसक्दा यो पौराणिक  तथा एतिहासिक स्थल ओझेलमा पर्दै गएको स्थानीयवासीले आरोप लगाउँदै यो स्थललाई संरक्षण र सम्वद्र्धन गरी पर्यटकीयस्थलका रुपमा विकास गर्न सम्बन्ध निकायसँग जोडदार माग गरे  । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x