×

NMB BANK
NIC ASIA

उपनिर्वाचनको सन्देश

वर्षौंसम्म सत्ता र शक्तिमा रजगज गरेका कांग्रेस–एमालेलाई रास्वपाको धक्का !

बैशाख १२, २०८०

NTC
Premier Steels

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ५ महिनापछिको उपनिर्वाचनमा परम्परागत बलिया शक्ति कांग्रेस र एमालेले नमीठो झट्का बेहोरेका छन् ।

Muktinath Bank

लोकतन्त्र दिवसकै दिन शुरू भएको मतगणनाको प्रारम्भिक रुझानले लोकतान्त्रिक शक्तिलाई तनहुँ र चितवनमा गतिलो धक्का दिने संकेत देखाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संयोगले १२ वैशाखको भूकम्प गएकै दिन तनहुँ र चितवनमा आएका परिणामले पुराना दललाई नमीठो धक्का दिएको छ । २०४६ सालपछि सत्तामा परम्परागत बलिया र प्रभावशाली दलले एकछत्र राज गर्दै आएका छन् । तर यिनीहरूको कर्मविरुद्ध बेथिति, भ्रष्टाचार, पछौटेपन र बेरोजगारीजस्ता मुद्दा अघि सारेर रास्वपा एकपछि अर्को चुनावमा हावी भएको हो । 


Advertisment
Nabil box
Kumari

माओवादी उपनिर्वाचनमा गठबन्धन उम्मेदवारको सहयोगी मात्रै भयो । तर घरघरसम्म संगठनको जालो भएका र सदस्यता वितरण गरेका कांग्रेस–एमालेले ४ मंसिरको भन्दा ठूलो झट्का बेहोर्न पुगे । रास्वपाले १ को बदलामा दुई सीट मात्रै जितेन, मतको ‘ट्रेन्ड’ हेर्दा चार वर्षपछि हुने स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि परम्परागत दललाई सहज नहुने देखाएको छ । 

Vianet communication

अर्को चुनावमा आफ्नोविरुद्धमा उठ्ने जोसुकै नेताविरुद्ध पनि घण्टी बजाइदिने आत्मविश्वास रास्वपाले यो उपनिर्वाचनबाट बटुलेको छ । 

गोजीमा पार्टीको सदस्यता प्रमाणपत्र बोकेर हिँडेकाले पनि कांग्रेस र एमालेको सट्टा रास्वपाका उम्मेदवारलाई रोज्नु पुराना दलका निम्ति कम्ता चुनौतीको विषय होइन । 

नागरिकका ‘पपुलिस्ट’ मुद्दा अघि सार्दै रास्वपाले परम्परागत दलप्रति वितृष्णा जगाएको छ । तर, यसलाई तोड्न सक्ने कार्यक्रम परम्परागत दलले ल्याउन सकेका छैनन् । न त उनीहरूकै कार्यकर्ता पनि उनीहरूलाई नै विश्वास गरिरहन तयार छन् । रास्वपाको यो लहरले कांग्रेस, एमाले, माओवादी, राप्रपासहितका दललाई अर्को निर्वाचनसम्म पुग्दा झन् चुनौतीपूर्ण हुने देखिन्छ । 

निश्चित आदर्श, सिद्धान्त कस्तो छ भन्ने प्रस्ट भइनसकेको दललाई नागरिकले आँखा चिम्लिएर भोट दिएका छन् ।

टेलिभिजन प्रस्तोता रवि लामिछानेले पार्टी खोलेको केही समयमै ४ मंसिरमा २० सीट जितेर परम्परागत दललाई चुनौती पेश गरेका थिए । 

५ महिनालगत्तै प्रतिनिधिसभाका तीन क्षेत्रमध्ये तनहुँ र चितवनमा उपनिर्वाचन हुँदा पहिलेको भन्दा पनि चेतावनी र सन्देश दिने गरी रास्वपाका दुई उम्मेदवार विजयी हुन पुगेका छन् । 

आफ्नै कमजोरीका कारण नागरिकता विवादमा सांसद र गृहमन्त्री पद गुमाए पनि रविले फेरि चितवन– २ बाट शानदार विजय हासिल गरे । 

nullयसक्रममा रविले ५४ हजार १७६ मत प्राप्त गरे । जबकि बढी भोट खस्दा ४ मंसिरमा उनले यही क्षेत्रबाट ४९ हजार ३०० मत प्राप्त गरेका थिए । 

संयोग कस्तोसम्म बनेको छ भने कांग्रेस र एमालेका चार उम्मेदवारले चितवन २ का २ निर्वाचनमा ल्याएको समग्र मतभन्दा २३८६ बढी मत रविले एउटै निर्वाचनमा ल्याए । 

जिल्लाको राजनीतिमा परिचित अनुहार कांग्रेस पूर्व सभापति जीतनारायण श्रेष्ठ र एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने रविविरुद्ध उठ्दा अघिल्लोपटकको जति मत पनि ल्याउन सकेनन् । 

कतिसम्म भने आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न २ करोड घुस बुझाउनुपर्ने भन्दै पैसा मागेको अडियो सार्वजनिक भए पनि रविलाई यसले कुनै असर गरेन । बरु चितवनले पहिलेभन्दा झन् बढी मतान्तरले उनलाई जितायो । बरु बदलामा कांग्रेस र एमालेका उम्मेदवारलाई दण्डित गरियो । 

सत्ता गठबन्धनका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चासहितका दल एक ठाउँमा उभिँदा पनि रास्वपासँग केही नलाग्ने स्थिति बनेको देखियो ।

४ मंसिरमा रास्वपाका नाममा औसत उम्मेदवार उठाउँदा हेभीवेटलाई पाखा लगाएर चुनाव जिते । रास्वपाले अब अर्थशास्त्रमा विद्वता हासिल गरेका स्वर्णिम वाग्ले जस्ता व्यक्तिलाई बोकेर हिँड्ने र अर्को चुनावमा झन् ठूलो सुनामी ल्याउने संकेत समेत दिइसकेको छ । 

यही स्थितितर्फ संकेत गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा गम्भीर स्थिति सिर्जना भएको बताउन बाध्य भएका छन् । 

‘राष्ट्रपतिले चुनाव जित्नुभएको छ र हाम्रो बलियो क्षेत्रमै कमजोर परिणाम आयो,’ देउवाले सोमबार संसदीय दलको बैठकमा भनेका थिए, ‘ठूला दलप्रति जनताले चासो दिएनन् । अब पार्टीलाई सुधार्ने जनमुखी कार्यक्रम ल्याउनुको विकल्प छैन । अब हामी सुध्रिनुपर्छ ।’ 

आफूहरूको वर्षौंको काम गराइका प्रक्रिया र शैलीसँग नागरिक असहमत रहेको बुझ्न देउवाको यो भनाइ काफी देखिन्छ । एमालेका प्रदीप ज्ञवालीले परम्परागत दलको अपिललाई जनताले भरोसा गर्न नसकेको र सुधारको माग उपनिर्वाचनले गरेको बताउँछन् ।

null

‘अपेक्षा गरिएको भन्दा फरक प्रतिस्पर्धा उपनिर्वाचनमा देखियो । हामीले अपेक्षा गरेको जति मत पाउन नसकेको सही हो । यस्तो किन भयो भनेर पार्टीको समितिले रिपोर्ट देलान्,’ ज्ञवालीले भने, ‘तर एउटा कुरा के सत्य हो भने हाम्रो अपिललाई जनताले भरोसा गर्न नसकेको देखियो । हामीमा सुधारको माग गरेको र रास्वपाप्रति आकर्षण देखिएको सही हो ।’  

तर, रास्वपाले आकर्षक ढंगले नारा बिकाए पनि समाधान र विकल्प उनीहरू नै देश चलाउने  ठाउँमा पुगे पनि रातारात दिन नसक्ने ज्ञवालीको तर्क छ । 

‘पपुलिजमको जगमा रास्वपा पार्टी बनेको छ । हाम्रा समस्या र सीमा केहो भन्ने प्रस्ट नहुँदै आकर्षक ढंगले उहाँहरू प्रस्तुत हुनुभएको छ,’ उनी भन्छन्, ‘तर समाधान विकल्प र ठोस कार्यसूची उहाँहरूमा छैन । समाधान दिन नसक्दा नागरिकमा फेरि पनि थप नैराश्यता आउन सक्छ ।’ 

अहिलेसम्म केही भएन भन्ने रास्वपाले निर्माण गरेको भाष्य नै गलत भएको उनी बताउँछन् ।

‘जनताको चासो सुशासनमा छ । उहाँहरूले यसलाई क्यास गरेको सही हो । तर पहिलो कुरा जे भाष्य निर्माण गर्नुभएको छ अहिलेसम्म केही भएन भन्ने त्यो उहाँहरूका लागि गह्रुंगो पर्छ,’ ज्ञवाली भन्छन्, ‘नेपाली समाजमा असन्तुष्टि  भजाउन सकिन्छ, तर रातारात सबै सिस्टम भत्काएर चमत्कार गर्ने र कायापलट गर्ने हाम्रो अर्थतन्त्र र क्षमता छैन । हरेक कुरामा तत्काल डेलिभरी दिन सकिँदैन । यसका चरण र प्रक्रिया हुन्छन् ।’

तर पनि रास्वपाप्रति देखिएको लहरले मूलधारका हरेक पार्टीलाई सोचनीय बनाएको उनी मान्छन् । 

तनहुँमा पनि उस्तै धक्का

५ महिना अघिमात्रै भएको निर्वाचनमा तनहुँ १ बाट कांग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेल २५ हजार ३६१ मत ल्याएर विजयी भएका थिए । एमालेका एकबहादुर रानामगरले १९ हजार ९८१ मत प्राप्त गरेका थिए । पौडेलले ५ हजार ३८० मतान्तरले जितेका थिए । कांग्रेससँग निरन्तर टसलमा रहेका गोविन्दराज जोशीले पनि स्वतन्त्रबाट ६ हजार ८८६ मत ल्याएका थिए । तर त्यो निर्वाचनमा रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत मात्रै ल्याए । 

पौडेल राष्ट्रपति भएपछिको उपनिर्वाचनमा कांग्रेसले तनहुँको राजनीतिमा इमान्दार छवि बनाएका गोविन्द भट्टराईलाई उम्मेदवार बनायो । लामो समय तनहुँको राजनीतिमा संघर्ष गरेर यसपटक टिकट पाए पनि रास्वपाको लहरमा भट्टराईकै केही लागेन । 

लाभको पद नलिएका, इमान्दार छवि बनाएका र जिल्लाकै विकासमा जोडिएका भट्टराई जीतसम्म पुग्न सकेनन् । पौडेलले ल्याएको भन्दा ५ हजार मात्रै कम ल्याए पनि कांग्रेसबाटै बिच्किएर रास्वपामा पुगेका अर्थशास्त्री स्वर्णिम वाग्लेसँग उनको केही लागेन । कांग्रेसले गोविन्दराज जोशी पक्षलाई मनाउन नसक्दा र एमालेले राम्रो उम्मेदवार उठाउन नसक्दाको फाइदा तनहुँमा स्वर्णिमले उठाए । 

null

अघिल्लोपटक एमालेका एकबहादुर रानामगरले पौडेलविरुद्ध १९ हजार ९८१ मत ल्याएका थिए । तर, काठमाडौं– ६ मा ४ मंसिरमा पराजित भएका सवेन्द्र खनाललाई उम्मेदवार बनाउँदा उसले झन् बढी क्षति बेहोर्‍यो । खनालले ८ हजार ४८८ मत ल्याउँदा एमालेको ११ हजार ४९३ मत गुमाउन पुगे । जुन एमालेको पनि पनि उत्तिकै क्षति र चिन्ताको विषय हो । 

कांग्रेस एमालेमात्रै होइन, रास्वपा सबै दलका निम्ति अब टाउको दुखाइको विषय बन्ने पक्का छ । किनकी कांग्रेस, एमाले, माओवादी, राप्रपाको सदस्यता लिएकाले समेत रास्वापाका उम्मेदवारलाई भोट दिएको देखिन्छ । 

परम्परागत दलविरुद्ध झन् हावी हुने रविको चेतावनी

शानदार जीत दर्ता गरेपछि चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रवि लामिछानेले अबको आफ्नो अर्को चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री बन्ने, वडा र पालिका तहसम्म रास्वपाका घण्टीका उम्मेदवारलाई विजयी बनाउने उद्घोष गरेका छन् । 

‘हामी नगारिकका समस्यालाई समाधान गर्न चाहन्छौं । तपाईंहरूको सुन्दर भविष्य कोर्न काम गर्न चाहन्छौं,’ रविले भनेका छन्, ‘५ वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउन सक्ने गरी रास्वपालाई ठूलो पार्टी बनाउने छौं । अबको चुनावमा वडा-वडा पालिकापालिकामा घण्टी बजाउँछौं ।’ 

यतिमात्रै होइन परम्परागत दलका नेताको भ्रष्टाचार छानबिन गर्ने, सुशासन दिने, रोजगारी वृद्धि गर्ने जस्ता लोकप्रिय नारासमेत लामिछानेले विजयी सभाबाटै अगाडि सारिसकेका छन् । 

गत स्थानीय तहको निर्वाचनमा काठमाडौं, धरानसहितका पालिकामा स्वतन्त्र पार्टीका उम्मेदवारप्रति लहर देखिएको थियो । यसैबाट उत्साही हुँदै पार्टी खोलेका रवि प्रतिनिधिसभा निर्वाचन र उपनिर्वाचनमा आफ्नो पक्षमा देखिएको लहरबाट उत्साही भएका छन् ।

यसैले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने र जनजीविकाका सबाललाई प्राथमिकता दिने संकेत उनले गरिसकेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x