असार १८, २०७६
काठमाडौं – संखुवासभाको चैनपुर नगरपालिकाले आफ्ना लागि लोक सेवा आयोगले खोलेको विज्ञापन रद्द गर्न पत्र पठाएपछि शुरू भएको झमेला ‘लहरो तान्दा पहरो थर्कियो भनेझैं’ तन्किन थालेको छ । चैनपुर न...
लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टरमा रहेको तथ्याङ्क हराएपछि आज उम्मेदवारका लागि पुनः दरखास्त आह्वान गरेको छ ।
आयोगले डाटा सेन्टरबाट पहिले दरखास्त बुझाएको फारामको तथ्याङ्क हराएकाले उम्मेदवारलाई पुनःदखास्त गर्न आह्वान गरिएको आयोगका सूचना अधिकरी देवीप्रसाद सुवेदीले जानकारी दिए । उनले डाटा रिकभरी गर्न नसकिने भएपछि पुनः दरखास्त गर्नुपरेको बताए ।
“डाटा सेन्टरमा अवस्थित पूर्वाधारमा विसं २०७९ फागुन २३ गते समस्या सिर्जना भएपश्चात् डाटा सेन्टरबाट डाटा रिकभरीको कार्य भइरहेको तर प्रक्रिया कहिलेसम्म पूरा हुने र के कति डाटा रिकभरी हुने सम्बन्धमा यकीन गर्न नसकिने व्यहोराको जानकारी प्राप्त भएको छ”, उनले भने, “डाटा रिकभरी भएपछि अनिश्चितकालसम्म आयोगका पूर्वप्रकाशित विज्ञापनसम्बन्धी कार्यलाई यथास्थितिमा राखिरहन नमिल्ने भएकाले यही वैशाख १४ गतेको आयोगको निर्णयले पुनःदरखास्तका लागि आह्वान गरिएको हो ।”
आयोगले गत मङ्सिर, पुस र माघ महिनामा प्रकाशित ती पदका विज्ञापनमा पुनःदरखास्त आह्वान गरिएको हो । ती पदमा सम्बन्धित उम्मेदवारले आगामी जेठ १८ गतेभित्र पुनःदरखास्त पेस गरी सक्नुपर्नेछ ।
विसं २०७९ मङ्सिर महिनामा प्रकाशित राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सोसरहको पदको विज्ञापन, पुस महिनामा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणीको अप्राविधिक नायब सुब्बा वा सोसरह पदको विज्ञापन र माघ महिनामा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणी (प्राविधिक) नायब सुब्बा वा सोसरह र स्वास्थ्य सेवातर्फ पाँचौँ तहको पदको विज्ञापनमा पेस भएका दरखास्तसम्बन्धी विवरणको डाटा हराएको हो ।
पूर्वउम्मेदवारले दरखास्त दस्तुर बुझाएको राजस्वसम्बन्धी विवरण सरकारको राजस्व व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त गरी अनलाइन दरखास्त प्रणालीमा अद्यावधिक गरिसकिएको हुँदा पुनःदरखास्त पेस गर्ने उम्मेदवारले दरखास्त दस्तुर बुझाउनुपर्ने छैन ।
पुनः दरखास्त आह्वान गरिएका विज्ञापनमा साविकमा जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो । सोही समूहको विज्ञापनमा मात्र आवेदन गर्नुपर्नेछ ।
यसपूर्व दरखास्त पेस गर्ने कुनै उम्मेदवारको प्रोफाइल आयोगको दरखास्त प्रणालीमा उपलब्ध नभइ लगइन गर्न असमर्थ भएको अवस्थामा त्यस्ता उम्मेदवारले साविकमा दरखास्त पेस गर्दा आफूले उल्लेख गरेको मोबाइल नम्बर प्रयोग गरी नयाँ प्रोफाइल खोली पुनः दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
काठमाडौं – संखुवासभाको चैनपुर नगरपालिकाले आफ्ना लागि लोक सेवा आयोगले खोलेको विज्ञापन रद्द गर्न पत्र पठाएपछि शुरू भएको झमेला ‘लहरो तान्दा पहरो थर्कियो भनेझैं’ तन्किन थालेको छ । चैनपुर न...
नेपालका ‘आइक्यु मास्टर’ कुमार तिमल्सिनाले सामान्य लगाव र धैर्य कायम गर्न सकेमा लोकसेवाको परीक्षा उत्तीर्ण गर्न सकिने बताएका छन् । उनले संसारमा कोही पनि जान्ने र नजान्ने नहुने बताउँदै परीक्षाको व्यापक ...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ६ कर्मचारीहरूलाई बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सचिवालयले उनीहरूलाई नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्राङ्कित तृतीय श्रेणी, नापी अधिकृत पद...
काठमाडौं, १८ पुस — स्कूले जीवनमा औसत विद्यार्थी नै हुन् उनी । ६५ प्रतिशत अंक ल्याएर प्रवेशिका परीक्षा उत्तीर्ण गरेका छन् । एसएलसीसम्म हरेक कक्षामा प्रथम भएपनि उनले आफ्नो विरासतलाई उच्च शिक्षाका क्रममा चाहिँ का...
लोकसेवा आयोगले बुधबार आयोगसँग सम्बन्धित सूचनाहरु प्रकाशित गरेको छ । जसअनुसार विज्ञापन संशोधन र अन्तरवार्तासम्बन्धित सूचना प्रकाशित गरिएको छ । आयोगका सूचनाहरु यसप्रकार छन्–
लोकसेवा आयोगले नायव सुब्बा पदमा विज्ञापन खुलाएको छ । राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरहका पदहरूमा खुला तथा समावेशीतर्फ विज्ञापन खुलाएको हो । न्यूनतम योग्यता पुगेक...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...