×

NMB BANK
NIC ASIA

लोकान्तर सम्पादकीय

आठौं वर्ष प्रवेशमा हाम्रो प्रतिबद्धता– आर्थिक मन्दीसँग जुध्दै खोजी पत्रकारितामा थप निखार

बैशाख २४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ ।

Muktinath Bank

यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्रति विशेष आभार प्रकट गर्न चाहन्छौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तपाईंहरूको शुभेच्छा, हौसला र प्रेरणाले लोकान्तर डट्कम यात्रामा अविराम खटिरहन सकेको छ भन्ने हाम्रो बुझाइ छ ।


Advertisment
Nabil box
Kumari

प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर २०७३ वैशाख २४ गते हामीले खोजी पत्रकारिताको एउटा नयाँ अध्याय शुरू गरेका थियौं ।

Vianet communication
Laxmi Bank

जुन सोच राखेर लोकान्तरको यात्रा शुरू भएको थियो त्यसमा थोरै भए पनि लक्ष्य प्राप्त गर्न सकेको हाम्रो मूल्यांकन छ ।

मूलधारका मिडियामा खोजी पत्रकारिताको धार भुत्ते हुँदै गइरहेको समयमा हामीले त्यसैलाई मूलमन्त्र मानेर कठिन यात्रा शुरू गर्‍यौं, जतिबेला चलनचल्तीको भाषामा अनलाइन भनिने डिजिटल पत्रिकालाई राज्यले ‘रिकग्नाइज’ नै गरेको थिएन । तर, अहिले अनलाइन पत्रिकाहरूमा आइरहेका खोजमूलक समाचारले मूलधार मिडियाको परिभाषा पूरै बदलिएको छ । हामी अघिअघि र परम्परागत मिडिया पछिपछिको अवस्था छ ।

सात वर्षको समयमा हामीले सुशासनलाई केन्द्रमा राखेर खोजमूलक समाचारलाई प्रधान विषय बनायौं । हामीले उठान गरेका कैयौं विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सकेर भ्रष्टाचार मुद्दा दायर गरेको छ । न्यायपरिषद्ले छानबिन गरेर न्यायाधीशसमेतलाई कारवाही गरेका धेरै उदाहरण छन् । सरकारले नीतिगत निर्णय सच्याएको छ । सांसदहरूलाई नियममा बस्न बाध्य बनाएको छ ।

राजनीतिको भित्री कुरा र समाजको बदलिँदो चित्रलाई हामीले पाठकसम्म पुर्‍याइरहेका छौं । जे होस्, ‘सिंहदरबार’ले हामीलाई पढ्न र सुन्न थालेको छ । यी विषयलाई हामीले हाम्रो सफलता ठानेका छौं । 

आगामी दिनमा हाम्रो मुख्य ध्यान खोजमूलक पत्रकारिताका माध्यमबाट पारदर्शी शासन स्थापनाका लागि सघाउनेतर्फ हुनेछ । ‘खोजी पत्रकारिता’ गर्छु भन्न सजिलो छ, व्यवहारमा उतार्न कठिन छ । पटक-पटक सरकारी कार्यालय धाएर सूचना ल्याउने र त्यसलाई पाठकसम्म पस्किने काम सहज छैन । तर, हामी त्यही अप्ठ्यारो काममा नतिजा निकाल्ने प्रयत्न गर्नेछौं । 

कोरोना महामारी, युक्रेन युद्धलगायतका कारणले देखापरेको आर्थिक मन्दीका कारण बजार नराम्ररी प्रभावित छ । त्यसको प्रत्यक्ष मार मिडिया उद्योगले सामना गरिराख्नुपरेको छ । यस चुनौतीलाई चिर्दै हामी नयाँ ऊर्जासाथ खोजमूलक पत्रकारिताको धारलाई अझ तेजिलो बनाउने प्रण गर्दछौं । 

खोजमूलक, विश्वसनीय र सन्तुलित सामग्री पस्कनुका अलावा हाम्रो मिडियालाई पाठकसामु अझ बढी परिचित गराउँदै अघि बढ्ने हाम्रो अभियान पनि निरन्तर चल्नेछ ।

सधैँझैं हाम्रा गल्ती-कमजोरी औंल्याएर सन्मार्गमा अघि बढ्न तपाईं समस्त पाठकको रचनात्मक सुझाव र प्रतिक्रियाको अपेक्षा हामी गर्दछौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार ४, २०८०

वर्षायाम शुरू नहुँदै असार २ गते शनिवार मध्यरातमा आएको बाढीका कारण पूर्वी पहाडी जिल्लामा धनजनको ठूलो क्षति पुगेको छ । ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्ला बाढीका कारण बढी प्रभावित भएका छन् । मध्यरातमा आ...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x