×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

एमालेले किन गरेन टोपबहादुरलाई निलम्बन ?

बैशाख २७, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

Muktinath Bank

नेकपा एमालेको मंगलबार बसेको सचिवालय बैठकमा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गर्ने कार्यमा संलग्न रहेको आरोप लागेका सचिव टोपबहादुर रायमाझीबारे छलफल भएको छ । 
बैठकले रायमाझीले विधि र कानुनसम्मत घटनालाई अनुसन्धान गर्न सघाउनुपर्ने निर्णय गरेको छ ।  तर, उनी दोषी देखिई नसकेकाले निलम्बनको तहमा भने नगइएको सो पार्टीले जनाएको छ ।  
अध्यक्ष केपी शर्मा ओलीलाई नै ढाँटेर फरार भएपछि एमालेले रायमाझीलाई निलम्बन गर्ने चर्चा थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सचिवालय बैठकपछि एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमाले विधिको शासन मान्ने पार्टी भएकाले अनुसन्धानमा सघाउने जानकारी दिए । उनले सचिव रायमाझीको विषयमा पार्टीले तत्काल कुनै निर्णय भने नगर्ने बताए । ‘कमरेड टोपबहादुर रायमाझीले जुन अनुसन्धानको सन्दर्भमा उहाँको नाम आएको छ । कानून र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक कानून पूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ’ उपमहासचिव गुरुङले भने ।
००००
यसैगरी प्रहरीको फरार सूचीमा रहेका प्रतिनिधि सभा सदस्यसमेत रहेका रायमाझीको घरमा प्रहरीले खानतलासी गरेको छ । मंगलबार रायमाझीको सातदोबाटोस्थित निवासमा काठमाडौं प्रहरी परिसरको टोलीले खानतलासी गरेको हो ।


Advertisment
Nabil box
Kumari

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले अनुसन्धानका विभिन्न पाटाहरू हुने भएकाले खानतलासी भएको हुनसक्ने बताए । नक्कली शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा तानिएका रायमाझी पक्राउ पुर्जी जारी भएदेखि फरार छन् । 
००००
प्रहरीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहका थप दुई जनालाई पक्राउ गरेको छ । यससँगै पक्राउ पर्नेको संख्या १० जना पुगेको छ । 
प्रहरीले मंगलबार काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई  पक्राउ गरेसँगै यो संख्या १० पुगेको हो । 

Vianet communication

यसअघि पक्राउ परेकामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव  टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् । 
००००
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वैशाख २४ गतेको सभाको बैठकमा सत्तापक्षका सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको शब्द रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन् । मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष तिमिल्सिनाले सत्तापक्षका सांसद रमेशजंग रायमाझीले प्रयोग गरेको ‘टोपबहादुर रायमाझी ओलीको झट्केलो छोरो हो’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।
००००
झापामा पहिचान पक्षधरहरुले निकालेको जुलुसका क्रममा प्रहरीले गोली चलाएको छ । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधरले मंगलबार साँझ दमकमा निकालेको राँके जुलुसका क्रममा दुई पक्षीय झडपको अवस्था भएपछि प्रहरीले गोली चलाएको हो । 

झडपका क्रममा जुलुसमा सहभागी गजेन्द्र फागो र दीक्षा क्षेत्री घाइते भएका छन् । उनीहरुको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।
००००
नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा छलफलका लागि १० वटा एजेन्डा तय गरेको छ । मंगलवार बसेको सचिवालय बैठकले बिहीवारदेखि शुरु हुने केन्द्रीय कमिटी बैठकमा छलफलका लागि १० वटा एजेन्डा तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।
००००
सरकारले ४४ जना सहसचिवहरूको सरुवा गरेको छ । वैशाख २६ गते बसेको मन्त्रिपरिषदको बैठकले एक साथ ४४ जना सहसचिवहरूको सरुवा गरेको हो । 
००००
सरकारले विदेशबाट फर्किँदा दुईवटा मोबाइल ल्याउन पाइने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले झिटीगुन्टा नियमावली संशोधन गर्दै विदेशबाट आउनेले दुईवटा मोबाइल ल्याउन पाउने गरी निर्णय गरेको जानकारी सरकारकी प्रवक्ता रेखा शर्माले दिइन् ।
००००
साताको पहिलो दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ अङ्कमा पुगेको छ ।
००००
वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमा समेत योगदान पुग्छ ।

यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै नेपालसहित ६५ देशका नागरिकले अनुमति पाएका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार हिमाल आरोहण अनुमतिबाट हालसम्म रु रु ७४ करोड छ लाख राजस्व सङ्कलन भएको छ ।
००००
नक्कली भुटानी शरणार्थी प्रकरणमा देश नै तरंगित भएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । 
दुई चरणसम्म एमाले अध्यक्ष ओलीसँग प्रचण्डले भेट गरेका थिए । आइतवार शीर्ष तीन नेताबीच कुराकानी भएपछि फेरि मंगलवार प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा डेढ घण्टा छलफल भएको हो ।
००००
कक्षा १२ को वार्षिक परीक्षा मंगलबारदेखि सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आउँदो जेठ ५ गतेसम्म सञ्चलन हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x