×

NIC ASIA

नारायणकाजीलाई बधाईको ओइरो

शरणार्थी प्रकरण: गृहमन्त्री श्रेष्ठलाई बधाई दिन कांग्रेसका युवा नेताहरूको 'डेलिगेसन'

बैशाख २७, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहमा एकपछि अर्को गर्दै प्रभावशाली नेताहरू तानिन थालेपछि राजनीतिक वृत्त तरंगित भएको छ ।

पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण यो ठगी प्रकरणमा समातिएपछि राजनीति वृत्त गर्माएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकार र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अगुवाइमा यो शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेपछि कांग्रेसका प्रभावशाली नेता एवं गृहमन्त्री खाँण नै तानिएका हुन् । 


Advertisment
Rupse Holidays
Nabil box

खाँणलाई बुधबार पक्राउ गरिएपछि कांग्रेस युवा नेताहरूले 'डेलिगेसन' नै गएर गृहमन्त्रीलाई बधाई दिएका छन् ।

Vianet communication

युव नेताहरू गुरुराज घिमिरे, डा. गोविन्दराज पोखरेल, मधु आचार्य, रञ्जित कर्ण र भुपेन्द्रजंग शाहीसहितका नेताले सिंहदरबार पुगेरै ठगीविरुद्ध लाग्ने जोसुकै भए पनि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् । 

नेताविशेष मात्र नभई जघन्य ठगीमा लाग्ने सबैलाई कारवाहीको दायरामा ल्याउन उनीहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । 

गृहमन्त्रीले आँट गरेर प्रभावशाली नेताविरुद्ध छानबिन गर्ने र अनुसन्धान अगाडि बढाउने गरी कारवाही अगाडि बढाएपछि कांग्रेसका युवा नेताहरूले गृहमन्त्री श्रेष्ठलाई बधाई दिएका छन् । 

जवाफमा गृहमन्त्री श्रेष्ठले नक्कली शरणार्थी ठगी प्रकरण राज्यविरुद्धकै अपराध भएको भन्दै दोषीले उन्मुक्ति नपाउने बताए ।

null

‘शरणार्थी प्रकरणमा यो संगठित ठगी मात्रै होइन राजयविरुद्धको अपराध हो । यसतर्फ पनि छानबिन हुन्छ,’ गृहमन्त्रीले भने, ‘दोषी उम्किँदैनन्, निर्दोष फस्दैनन् । गलत काम गर्ने जुन दलका जो नेता भए पनि अनुसन्धानको दायरामा आउँछन् । तर, निर्दोषलाई सामाजिक मर्यादा खराब हुने गरी पक्राउ नगर्न निर्देशन दिइएको छ ।’

गृहमन्त्री श्रेष्ठ यस प्रकरणमा अब कुनै हालतमा पछाडि नहट्ने 'मूड'मा देखिन्छन् ।

'बरु सरकार नै ढले पनि, सडकमै आउनुपरे पनि तयार, तर यस प्रकरणमा पछाडि नफर्किने गृहमन्त्री र वर्तमान सरकारको अडान हो,' गृहमन्त्री श्रेष्ठ निकट स्रोतले लोकान्तरसँग भन्यो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x