×

NIC ASIA

छानबिन

नक्कली शरणार्थी प्रकरण : सचिव पाण्डेलाई सरकारी वकिलका ४५ प्रश्न, सबैमा इन्कारी बयान

बैशाख २८, २०८०

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बहालवाला सचिव टेकनारायण पाण्डेले जिल्ला सरकारी वकिल कार्यालयमा इन्कारी बयान दिएका छन् ।

Muktinath Bank

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उनीसँग लिइएको बयानमा ‘होइन’ भन्दै उनले इन्कारी बयान गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक सरकारी वकिलका अनुसार हालसम्म झण्डै ४५ वटा प्रश्नहरू सोधिएकोमा सबै आरोपहरूमा उनले इन्कारी बयान दिएका हुन् । ‘मैले नक्कली मानिसलाई भुटानी शरणार्थी बनाएर पठाउन कुनै पनि काम गरेको छैन’ भन्दै पाण्डेले सबैमा इन्कारी बयान दिएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

पहिले पक्राउ परेका प्रतिवादीहरूसँग फेला परेका डायरीहरूमा पाण्डेको नामसहित लेनदेन गरिएको संकेत फेला परेपछि पाण्डेलाई पक्राउ गरिएको ती सरकारी वकिलले खुलाए । ‘डायरीमा विभिन्न संकेतहरू देखिएपछि नै पाण्डेलाई पक्राउ गरिएको हो,’ ती सरकारी वकिलले लोकान्तरसँग भने, ‘अहिले उहाँले बयानका क्रममा इन्कार गरेको भए तापनि हामीले प्राप्त सबै प्रमाण तथा आधारहरूको विश्लेषण गरिरहेका छौं ।’ 

Vianet communication

२३ करोड रुपैयाँजति बिगो राखिएकोमध्ये उनको उत्तरदायित्व कति हुन्छ भन्ने विषयको पनि अनुसन्धान जारी नै रहेको उनले बताए । ‘अनुसन्धानको क्रम जारी नै रहेकाले बयानका धेरैजसो कुराहरू अहिले बाहिर एक्स्पोज गर्न मिल्दैन,’ उनले थपे, ‘केही दिनभित्र अनुसन्धान पूरा भएपछि मात्र भन्न सकिन्छ ।’

त्यसबाहेक सचिव पाण्डेको मोबाइलबाट बिचौलियासँग ह्वाट्सअपबाट च्याट भएको तथा मोबाइलबाट एसएमएसमार्फत समेत कुराकानी भएको देखिएको छ । प्रहरीले ती सबै प्रमाणको पनि सुक्ष्म विश्लेषण गरी अनुसन्धान गरिरहेको ती सरकारी वकिलले बताए ।

गृहसचिव भएको बेला नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहजीकरण गरिदिएको तथा त्यसबापत बिचौलियाहरूबाट रकम लिएको अभियोगमा पाण्डे पक्राउ परेका हुन् ।

उनलाई तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले सचिवको रूपमा गृह मन्त्रालयमा ल्याएका थिए ।

सचिव पाण्डेले इन्कारी बयान दिए पनि प्रहरीले प्रमाणका आधारमा अनुसन्धान जारी राखेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x