×

NMB BANK
NIC ASIA

लाल आयोगको प्रतिवेदनबारे चर्चा

लाल आयोगको प्रतिवेदन: सर्वोच्चको अल्पकालीन आदेशले रोक्यो, सूचना आयोगले वकिल समेत राख्न सकेन

जेठ ४, २०८०

NTC
Premier Steels

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वोच्चको आदेशका कारण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसकिएको दाबी बिहीवार प्रतिनिधिसभा बैठकमा गरे ।

Muktinath Bank

रास्वपा सांसद शिशिर खनालले सोधेको प्रश्नको जवाफमा प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषय सर्वोच्च अदालतसँग सम्बन्धित रहेको बताएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'सर्वोच्च अदालतको फैसलालाई कुनै हिसाबले पुनरावेदन गरेपछि त्यसलाई खुला गरेर लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भन्ने मेरो मान्यता छ,' प्रधानमन्त्री प्रचण्डले भनेका थिए ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीको उक्त दाबीपछि सामाजिक सञ्जालमा यस विषयलाई लिएर चर्चा परिचर्चा भइरहेको छ ।

Vianet communication

मधेश प्रदेश सरकारका पूर्व मुख्यन्यायाधिवक्ता समेत रहेका दीपेन्द्र झाले प्रधानमन्त्रीको दाबीका सम्बन्धमा प्रश्न उठाउँदै सर्वोच्चको एउटा परमादेश नै फेसबूकमा राखे ।

झाले फेसबूकमा राखेको परमादेशमा लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्नू भनेर भनिएको छैन । बरु 'सूचना दिनुपर्ने कि नपर्ने भन्ने विषयमा ३ महिनाभित्र निर्णय गर्नू' भनी सूचना आयोगलाई आदेश गरिएको छ ।

२०७६ असोज ३० गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले उक्त परमादेश गरेको थियो ।

सर्वोच्चको आदेशको अंश :

null

null

तीन महिनाभित्र निर्णय गर्नु भने पनि सूचना आयोगले तत्कालीन अवस्थामा कुनै निर्णय गरेन ।

संवेदनशील परिस्थिति रहेको र उक्त प्रतिवेदन हेरेपछि कुनै निर्णय लिनैपर्ने भएकाले तत्काल निर्णय नगरी त्यसलाई तामेलीको अवस्थामा राखेको एक तत्कालीन आयुक्तले लोकान्तरसँग बताए ।

'सूचना हेरेपछि कुनै निर्णय लिनैपर्ने अवस्था थियो, तत्कालीन अवस्थामा प्रतिवेदन सार्वजनिक हुँदा मधेशी/पहाडीबीच साम्प्रदायिक सद्भाव खल्बलिने परिस्थिति बुझेपछि हामीले प्रतिवेदन नै नहेरी त्यसलाई तामेलीको अवस्थामा राखेका थियौं,' ती पूर्व आयुक्तले लोकान्तरसँग भने ।

यसरी निर्णय नलिनुको अर्को कारण थियो, तत्कालीन आयुक्तहरू आफ्नो कार्यकालको अन्तिम चरणमा थिए ।

आयोगमा नयाँ आयुक्तहरू आएपछि २०७८ फागुन ५ गते सूचना उपलब्ध गराउनुपर्ने आदेश भयो । आयोगले 'मागेको सूचना ६० दिनभित्र उपलब्ध गराउनू' भनेर प्रधानमन्त्री कार्यालयलाई आदेश गरेको थियो ।

null

त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सूचना दिन नमिल्ने जिकिरसहित आयोगको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुग्यो ।

उक्त रिटमा प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले आयोगको आदेश कार्यान्वयनमा रोक लगाउने गरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ बताउँछन् ।

'त्यस मुद्दामा विपक्षीका रूपमा हामीले लिखित जवाफ समेत पेश गरेका छौं,' गुरुङले लोकान्तरसँग भने, 'तर, महान्यायधिवक्ताको कार्यालयले हाम्रो पक्षमा बहस गरिदिन मानेन । वकिल राखेर मुद्दा लड्न बजेट भएन । पछि हामीले वकिल राख्नकै लागि सञ्चार मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग ५ लाख बजेट माग गरेका छौं, तर बजेट नआउँदा वकिल राख्न सकिएको छैन ।'

उक्त मुद्दा सर्वोच्चमा विचाराधीन छ । प्रधानमन्त्रीले यही अल्पकालीन अन्तरिम आदेशका आधारमा प्रतिवेदन सार्वजनिक गर्न नमिलेको जिकिर गरेका हुन् ।

मधेश तथा थरुहट आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधिका सम्बन्धमा उच्चस्तरीय छानबिनका लागि सरकारले सर्वोच्चका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरेको थियो ।

वर्षौं बित्दा पनि उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन ।

प्रतिवेदन सार्वजनिक भएमा टीकापुरसहितका घटनाले राजनीतिक आन्दोलनको मान्यता पाउने अपेक्षासहित नागरिक उन्मुक्ति तथा तराई-मधेशकेन्द्रित दलहरूले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x