×

NIC ASIA

कार्यदल संयोजक पन्थीको बयान : दस्तखत दुरुपयोग गरेर प्रतिवेदनमा हेरफेर भएको रहेछ

जेठ १०, २०८०

Prabhu Bank
NTC
Premier Steels

भुटानी शरणार्थी कार्यदलका संयोजक बालकृष्ण पन्थीले शरणार्थी प्रतिवेदनमा हेरफेर भएको प्रहरी समक्ष कागज गरेका छन् ।

Muktinath Bank

मूल प्रतिवेदन र संशोधित प्रतिवेदनमा व्यापक हेरफेर गरिएको तथा प्रविधिको प्रयोग गरी आफ्नो दस्तखतको दुरुपयोग गरिएको उनले खुलाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७६ कात्तिक १ गते पेश गरेको भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालिन समाधान पहिल्याउने उपायहरू सम्बन्धी प्रतिवेदनको केही खण्ड र भागहरूमा परिवर्तन देखिएको उनले बयानमा भनेका छन् ।


Advertisment
Nabil box
Kumari

‘प्रतिवेदनको बुँदा नम्बर २.६ (आ)को व्यहोरा पूर्णरूपमा फरक देखिएको छ’ प्रहरीलाई दिएको बयानमा उनले भनेका छन् । ‘विभिन्न कारणले छुट भएका भनी ५८१ परिवारले दिएको दरखास्तहरू वास्तविक रूपमा दर्ता हुन छुट भएका शरणार्थीहरू हुन् भन्ने आधार प्रमाण केही पनि देखिन आएन भन्दै ती दरखास्तवालाहरूको लगतमा नाम नराख्नुको कारणको बारेमा थप वाक्यहरूको खण्डमा फेरबदल भएको रहेछ,’ उनले गराएको बयान कागजमा उल्लेख छ ।

Vianet communication

‘प्रतिवेदनको पृष्ठ १७ मा उल्लेखित ३.७ नम्बरको बुँदालाई भाषा र व्यहोरा परिवर्तन गर्दै बुँदा नम्बर ३.२ लेखिएको छ र उपबुँदा (१)को व्यहोरालाई परिवर्तन गरिएको छ,’ पन्थीले प्रहरी समक्ष गरिदिएको कागजमा उल्लेख छ ।

‘प्रतिवेदनमा हाम्रो दस्तखत आधुनिक प्रविधिको दुरुपयोग गरी राखिएको महसुस भयो, हामीले सही हरी मन्त्रालयमा बुझाएको सक्कल प्रतिवेदन जुन २०७६ मंसिर १७ मा मन्त्रिपरिषद् सचिवालयमा प्रस्तावसहित पठाइएको हुनुपर्छ । प्रतिवेदनको पृष्ठ १८ निष्कर्ष खण्डको दोस्रो अनुच्छेदमा फेरबदल भएको छ,’ पन्थीले गरेको बयान कागजमा उल्लेख छ ।

‘प्रतिवेदनमा राखेको अनुसूचीहरूको फर्म्याट र फन्ट जुन र जस्तो प्रकारको छ, देखाइएको प्रतिवेदनमा निकै फरक फर्म्याट र फन्टमा छ,’ पन्थीले गरेको कागजमा थप लेखिएको छ,’ मन्त्रालयमा बुझाएको प्रतिवेदनमा जम्मा ९ वटा अनुसूची छन्, तर देखाइएको प्रतिवेदनमा १० वटा अनुसूची रहेका छन् ।’

त्यस बाहेक प्रतिवेदनको लेखाइको स्पेस म्यानेजमेन्ट र फन्ट पनि फरक पारेको भन्दै उनले प्रहरी समक्ष बयान दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x