कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना एक अर्कालाई हेरेर मुसुमुसु हाँसे । कृषिमन्त्री बेदुराम भुसाल त झन् दंगै परेरै हाँसे । उनीहरूतिर हेर्दै बजेट भाषण गरिरहेका अर्थमन्त्री डा. महत रोस्ट्रममै हाँसे । सांसदहरूले संसदीय शैलीमा एक तालमा ताली बजाएर हाँसोलाई ‘अनुमोदन’ गरे ।
सबैलाई हसाउँने बुँदा थियो, ‘गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने’ घोषणा । मुलुकले आर्थिक संकट झेलिरहेको बेला गाँजा खेतीको अध्ययन गरिने घोषणाले सांसदहरू उत्साहित देखिएका हुन् ।
केही वर्षअघि संसदमा गाँजाखेती व्यवस्थित गर्न विधेयक नै दर्ता भएपछि यसको वैधानिकताबारे बहस शुरू भएको थियो । केही अभियन्ताहरूले मुलुकको आर्थिक स्रोतको माध्यम बन्न सक्ने भन्दै निरन्तर बहस गर्दै आएका छन् ।
२०औं शताब्दीमा नेपाललाई विश्व बजारमा पहिचान गराउने गाँजाको ठूलै कूटनीति छ । प्रतिबन्धपछि पछिल्लो पुस्तालाई गाँजाखेती मुलुकको आर्थिक स्रोतको मुहान हो भन्ने हेक्का छैन ।
नेपालमा गाँजाको उत्पादन कहिलेदेखि भयो ? ठ्याक्कै तथ्याङ्क मिल्दैन । तर यसको धेरै वर्णनहरूले शताब्दीऔंदेखि गाँजा प्रचलनमा थियो भन्ने पुष्टि गर्छ ।
‘वैदिक ऋषिहरू सोम पान गर्दथे । यो भुंजवत पर्वतमा हुने एक किसिमको लहरा थियो । यसलाई कुटेर दूध मिलाएकोलाई गवाशीर भन्दथे । दही मिलाएकोलाई दध्याशीर भन्दथे । यो पान गरेपछि शरीरमा विभिन्न स्फूर्ति, उत्साह, उमङ्गको सञ्चार हुन्थ्यो । मनमा मोहक मस्ती दिनुको साथै सुर्याईँ र उत्साहको वृद्धि हुन्थ्यो । यो अस्वस्थ्यकर र विवेकहीन स्थिति ल्याउने पेय होइन’, कुलचन्द्र कोइरालाले ‘नेपालको साँस्कृतिक परम्परा र राजमुकुट (२०४५ नेपाल राजकीय प्राज्ञ–प्रतिष्ठान), ऋग्वैदिक संस्कृति एवं आर्य परंपरा, पेय वस्तु उप शीर्षक’मा उल्लेख गरेका छन् ।
कोइरालाले यति विघ्न खण्डन राहुल सांस्कृत्यायनको व्याख्यालाई गरेका छन् । सांस्कृत्यायनले सोमलाई ‘भाँग’ भनेका छन् । कोइरालाले भनेका छन्– ‘भाँगको नशा, मस्त बनाउने मात्र हुँदैन । शक्तिहीन, संज्ञाहीन र डरपोक एवं निस्तेज पनि बनाउँछ । यस्तो किसिमको नशाको यत्रो महात्म्य अवश्य गाइने थिएन । भाँग सर्वव्यापी झारपात हो । यो उच्च पहाडी भू–भागमा र समतल मैदानमा पनि व्यापक छ । भाँग नै सोम भएको भए भूंजवत पहाडमा मात्र पाइने र आर्यहरू समतल भू–भाग (उत्तर प्रदेश) मा झरेपछि महँगो मोलले किन्नु पर्ने अवस्था पर्दैन्थ्यो । भाँग तराईको भू–भागमा पनि जङ्गलै फेला पर्छ ।’
‘ऋग्वेदमा इन्द्र र अग्निका स्तुतिमा भनिएका मन्त्रभन्दा बढ्ता सोमको लागि भनिएका मन्त्रहरू छन् । ब्राम्हाण वर्ग (चेतनशील वर्ग)को पनि राजा, सारा लहरा वनौषधिको पनि राजा, तेज, बल, वीर्यबर्द्धक, युद्धवीर अमृतमय मानिएको सोम भाँग नै हो भनेर किट्न खोज्नु योभन्दा हास्यास्पद तर्क के हुनसक्छ ?’, कोइरालाले प्रश्न गरेका छन् । कोइरालाका यी तर्क सायद नेपालमा गाँजा प्रतिबन्ध लाग्नु र लागूऔषध घोषणा भएका कारण अपव्याख्या हुनसक्छ ।
गाँजा र हिप्पी युग
नेपालको ऐतिहासिक रूपरेखाबारे फ्रान्सिस ह्यामिल्टनद्वारा लिखित पुस्तक सन् १८१९ मा बेलायतबाट प्रकाशित भयो । ‘एन अकाउन्ट अफ द किङ्डम अफ नेपाल’ नामक उक्त पुस्तकमा गाँजाबारे उल्लेख गरिएको छ । ‘ठूलो मात्रमा उत्पादन हुने गाँजा, चरेशको बजार पनि यहाँ राम्रो छ’, ह्यामिल्टनले उल्लेख गरेका छन् । त्यस्तै २००८ साल खाद्य तथा कृषि मन्त्रालयले प्रत्येक जिल्लामा १० विघाहभन्दा बढी जमिनमा गाँजाखेती नगर्न वडा हाकिमहरूलाई निर्देशन गरेको देखिन्छ ।
औसत समाजका मान्छेभन्दा भिन्न जीवन शैलीमा रम्ने हिप्पीहरू । मुलतः अमेरिकी र युरोपियन मुलुकका युवाहरू थिए । सन् १९६० र १९७० को दशक हो, हिप्पी युग । उनै हिप्पीहरू हुरुरु नेपाल भित्रिएका थिए । ठमेल, झोछें, मरुहिटीमा हिड्ने, आर्ट गर्ने उनै हिप्पीहरू हुन् नेपाली गाँजा खपत गर्ने ग्राहक । संयोग वा योजनाबद्धरूपमा नेपाल संयुक्त राष्ट्रसंघको कमिसन अन नार्कोटिक ड्रगको पक्ष राष्ट्रमा उभियो । सोही कारण नेपालले लागूऔषध नियन्त्रण ऐन–२०३३ मार्फत् गाँजा खेती, भण्डारण, ओसारपसार र सेवनलाई प्रतिबन्ध लगायो ।
हिप्पीकालीन समयमा नेपालको गाँजाको स्वर्णकालीन युग रह्यो । आखिरमा हिप्पी युग अन्त्य गर्न अमेरिकाले ठूलै भूमिका खेल्यो र हिप्पी युग समाप्त पार्यो । यता नेपालले २०२६ सालमा भारतमा अवैध रूपमा गाँजा निकासी भएकाले लाइसेन्सको व्यवस्था समेत गरको थियो । तर, सोही समय ‘नार्कोटिक्स कन्ट्रोल बोर्डले गाँजालाई लागुऔषधको दर्जा दियो । नेपाल राष्ट्र संघको सदस्य भएका नाताले ‘सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६’ मा समावेश गर्न बाध्य भयो । नेपालमा २०३३ सालदेखि गाँजा प्रतिबन्द लगायो ।
बल्ल गाँजा संसद्छिर्यो
नेपालले लागूऔषध नियन्त्रण ऐन–२०३३ मार्फत् गाँजा खेती, भण्डारण, ओसारपसार र सेवनलाई पूर्ण प्रतिबन्ध लगाएको छ । अहिलेसम्म सोही ऐनअन्तर्गत गाँजाखेती, उत्पादन, ओसार पसार गर्नेलाई कानुनी कारवाही गर्दै आएको छ । गाँजाका धेरै उपयोगिता र औषधिबारे अभियानताहरूले बहस चलाउँदै आइरहेका बेला पूर्वकानुनमन्त्री शेरबहादुर तमाङले संसदमा २०७६ फागुन १९ गते ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक–२०७६’ संघीय दर्ता गराएपछि गाँजाखेतीले वैधता पाउनु पर्छ भनेर चर्चा हुँदै गयो ।
यतिखेर गाँजा संसारका थुप्रै मुलुकमा वैधानिक रूपमा उत्पादन भइरहेका छन् । अमेरिकाको १८ राज्यमा प्रगोग गर्न पाइन्छ । त्यस्तै बेल्जियम, कोलोम्बिया, इजरायल, स्पेन, पेरु, अजेन्टिनालगयत मुलुकमा उपयोग गर्न खुला गरिएको छ । एसियाली मुलुकमा थाइल्याण्डले गाँजा फुकुवा गरिसकेको छ । सन् २०१८मा औषधिका रूपमा प्रयोग गर्न अनुमति दिएको थाइ सरकारले ९ जुन, २०२२ देखि गाँजाको सेवन तथा बिक्री वितरण गर्न खुला गर्ने निर्णय गरिसकेको छ ।
‘२०१७ मा संसारमा ५ हजार १९ टन सुकेको गाँजा, १ हजार १ सय ६१ टन चरेस, ९ टन केटामाइन, ३.५ टन गाँजाको नशादायक हेलोसिनोजित उत्पादन भएको पाइयो । १८ करोड ८० लाख जनाले गाँजा सेवन गर्ने गरेको भेटियो । अघिल्लो वर्षहरूमाभन्दा सन् २०१७ मा सुकेको गाँजाको सेवन गर्ने व्यक्तिहरूको संख्या ७ प्रतिशतल बढेको पाइयो । नशादायक हेलोसिनोजिन खानेहरू ७ गुणाले बढेका थिए । केटामाइन खाने ३४ प्रतिशत र चरेस लगायत गाँजाको रेजिन सेवन गर्नेहरू भने ३१ प्रतिशतले घटेको तथ्याङ्क छ,’ ‘नेपालमा गाँजा वैज्ञानिक अवधारणा’ पुस्तकमा नारायण घिमिरेले सन् २०१९ मा प्रकाशित वल्र्ड ड्रगको प्रतिवेदनमा उल्लेखित तथ्यलाई उदृत गरेका छन् ।
२०औं शताब्दीमा विश्व बजारमा नेपाललाई चिनाउने गाँजाखेती सोमबारदेखि वैधानिक बहसमा प्रवेश गरेको छ । बजेट भाषणमा ‘गाँजाखेतीको सम्भाव्यता’ अध्ययन भनेर अमूर्त रूपमा बुँदा राखिएको छ । नेपालमा गाँजाखेतीका लागि उर्वर भूमि हो । शताब्दीऔंअघि ऋषिहरूले समेत सेवन गर्थे भन्ने स्थापित भाष्य हो । यदि त्यसो हुँदैन थियो भने शिवरात्रिका दिन जय शम्भो भनेर पशुपतिनाथमा भाँग (गाँजा) सेवन गर्नेहरूको घुइँचो पक्कै लाग्ने थिएन ।
बैदिककालदेखि आधुनिक नेपालसम्म गाँजाखेतीको इतिहास जोडिएको छ । विश्व बजारमा पहिचान भइसकेको गाँजालाई वैधानिक बाटो खुल्ने आशा बजेट भाषणले जगाएको छ । यो अवसरलाई भरपुर उपयोग गरेर नेपाली अर्थतन्त्रलाई उभो लगाउन गाँजाखेती, उत्पादन, बजारीकरण, नियमनका लागि ऐन निर्माणमा ढिलाइ गर्नुहुँदैन । यसो हुँदा बजेट भाषणमा जसरी सभामुख, राष्ट्रियसभा अध्यक्ष, अर्थमन्त्री र कृषिमन्त्री हाँसे त्यस्तैगरी गाँजाखेती गर्ने नेपाली किसान पनि खुशीले मस्त हाँस्न पाउने छन् ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...