×

NMB BANK
NIC ASIA

नक्कली शरणार्थी प्रकरण

न्यायाधीश र सरकारी वकिलबीच ४ घण्टा सवालजवाफ: सानुको डायरीदेखि कोरिया पठाउने कुरासम्म

काठमाडाैं | जेठ २१, २०८०

NTC
Premier Steels

नक्कली शरणार्थी प्रकरणको थुनछेक बहसका क्रममा काठमाडौं जिल्ला अदालतमा आइतवार न्यायाधीश र सरकारी वकिलबीच रोचक सवालजवाफ चल्यो । करीब ४ घण्टा चलेको बहसका क्रममा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपाने र जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीबीच सवालजवाफ भएको हो ।

Muktinath Bank

यस प्रकरणमा पक्राउ परेका १८ प्रतिवादीको बयान सकिएपछि आइतवारबाट थुनछेक बहस शुरू भएको छ । बहसका क्रममा न्यायाधीशले जाहेरवालामध्ये पनि कोही प्रतिवादी हुन सक्छन् कि भनेर प्रश्न गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'जाहेरी त दिएका हुन्, तर ती जाहेरीकर्तामध्ये कसैले पैसा पनि उठाएका हुन सक्छन्,' खत्रीले भने, 'अब थप प्रमाणबाट पैसा उठाएर खाएको, ठगी गरेको, यसमा संलग्न भएको, बदनियत देखिएको अवस्थामा उनीहरू पनि प्रतिवादी हुन सक्छन् ।'


Advertisment
Nabil box
Kumari

न्यायाधीश न्यौपानेले नक्कली शरणार्थी भएर भुटान जान खोज्नेलाई पीडित कसरी भन्न सकिन्छ, उनीहरू पनि प्रतिवादी हुनुपर्ने होइन र ? भन्ने प्रश्न समेत गरेका थिए । साथै लिखत कीर्तेमा सबैलाई प्रतिवादी बनाइएकोमा पनि इजलासको प्रश्न थियो ।

Vianet communication

'संगठित अपराध भएकाले त्यसमा सामूहिक जिम्मेवारी हुन्छ । लिखत कीर्तेमा सबैको प्रत्यक्ष संलग्नता नदेखिए पनि रोस्पोन्सिबिलिटी यसमा जोडिएका सबैको हुन्छ । माधवप्रसाद आचार्यको क्रिमिनोलोजी, पेनोलोजी भन्ने पुस्तकमा समेत यसबारे उल्लेख छ,' खत्रीले बहसका क्रममा भनेका थिए ।

संगठित अपराधको कनेक्सन कसरी पुष्टि गर्नुहुन्छ भन्ने इजलासको अर्को जिज्ञासा थियो ।

मोबाइलमा भएका कुराकानीको आधारमा मात्रै हो कि कनेक्सनको अन्य कुनै डकुमेन्ट पनि छ ? भन्ने न्यायाधीशको प्रश्नमा खत्रीले थपे, 'रकम ट्रान्सफर गरेको विषय, कुराकानीको अडियो, बैनापट्टाका कागजदेखि घरजग्गा किन्ने/बेच्नेसम्मका काम, बैंक खातामा जम्मा भएको रकम, चेक, भौचर आदिको आधारमा संगठित अपराधको कनेक्सन जोडिएको हो ।'

त्यसबाहेक कोसँग कसको कस्तो कनेक्सन छ भन्ने तथ्य समेत उल्लेख गर्दै उनले यसबारे प्रस्ट पार्न खोजेका थिए ।

प्रतिवादी टेकनारायाण पाण्डेको हकमा केशव दुलालसँग भएको अडियो संवाद, प्रतिवादीहरू सानु भण्डारी र केशव दुलालले सबैलाई पोलेको अवस्था, प्रतिवादी सानुको घरबाट बरामद डायरीमा उल्लेख भएको लेनदेनको विवरण आदिको आधारमा पनि संगठित अपराध पुष्टि हुने खत्रीले जवाफ दिएका  थिए ।

सानु भण्डारीबाट बरामद भएको डायरीमा यसरी फलानो- फलानोले रकम लिएको भनी उल्लेख गरेको कुरालाई पनि प्रमाणको रूपमा लिनुपर्ने उनले बताएका थिए ।

सोहीबेला इजलासबाट डायरीमा लेखिएकै आधारमा अपराध भएको भनेर मिल्छ त भन्ने प्रश्न गरिएको थियो ।

डायरीको कुरा के हो, डायरी परीक्षण भएको हो कि होइन ? भनेर न्यायाधीश न्यौपानेले सोधेका थिए ।

उक्त प्रश्नको जवाफमा खत्रीले, 'त्यो डायरी सानु भण्डारीले मेरो घरबाट बरामद भएको होइन भने पनि बरामदी मुचुल्कामा उक्त डायरी भण्डारीकै घरबाट बरामद भएको उल्लेख छ । बरामदी मुचुल्का त आफैंमा स्वतन्त्र प्रमाण हो नि, श्रीमान । '

बहसका क्रममा सरकारी वकिलले अन्य आधार तथा प्रमाणको पनि जिकिर गरेका थिए ।

'सानु भण्डारीको खातामा ३४ जनाले पैसा हालेका छन् । त्यो ३४ जना पैसा हाल्ने व्यक्तिहरूकै नाम उक्त डायरीमा उल्लेख गरिएको छ,' बहस गर्दै खत्रीले इजलासमा भने, 'टेकनाथ रिजालले उसको खाताबाट ५ लाख रुपैयाँ झिकेको छ । केशव दुलालले रकम झिकेको छ । सन्दीप रायमाझीको खातामा पैसा राखेको देखिन्छ । रामशरण केसीले पैसा हालिदिएको देखिन्छ । ती सबैको कनेक्सन देखिन्छ श्रीमान ।'

प्रतिवादीहरूबीच पैसा लेनदेन भएको देखिनुलाई पनि संगठित अपराधको कनेक्सनका रूपमा लिनुपर्ने जिकिर उनले गरेका थिए ।

'उनीहरूले कारोबारको पैसा हो भनेर त भएन । यही मुद्दाका प्रतिवादीहरू र जाहेरवालाहरूबीच लेनदेन हुनु संयोग त हुँदै होइन,' उनले बहसका क्रममा भने, 'करोडौं रुपैयाँको कारोबार गरेको हो भने त्यो कुन कारोबार हो ? त्यसको एकाउन्टदेखि अन्य प्रमाण पनि पेश गर्नुपर्ला नि ! त्यस्तो केही प्रमाण पनि पेश गरिएको छैन ।'

थप जिकिर गर्दै इजलासमा उनले भने, 'केशव दुलालले बरामद भएको डायरी सानुको नै हो, त्यसमा मलाई दिएको पैसाको, कारोबारको हिसाब–किताब लेखेको हुनुपर्दछ, लेनदेनको काम भएको हो भनी अदालतमै स्वीकार गरेको देखिन्छ ।'   

खत्रीले थपे, 'यो बिग प्रोग्राम हो । झापाका नासु सुरेन्द्रराज दाहाललाई  सानु भण्डारीले मैले मात्र यो प्रोजेक्ट पार लगाउन सक्छु । यो एक्स्पोज भयो भने बर्बाद हुन्छ । यो प्रोजेक्टलाई अरूले गर्न सक्दैन भनेर भनेका छन् ।'

त्यसबाहेक केशव दुलालले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई 'एयरपोर्ट'बाट सुनको 'लाइन' मिलाउन सकिन्छ भनेर सोध्दा पछि कुरा गरौंला भनेको विषयलाई पनि उनले उल्लेख गरे ।

त्यसबाहेक कोरियामा श्रमिक पठाउन श्रममन्त्रीसँग गृहमन्त्रीमार्फत कुरा गर्नुपर्‍यो भन्दै सचिव पाण्डेसँग कुरा गरिनुले पनि संगठित अपराध भएको देखिने जिकिर खत्रीले गरेका थिए ।

'त्यसबाहेक सर्वोच्च अदालतमा पनि लाइन मिलाउने कुरा गरेका छन्,' उनले थपे, 'विभिन्न अपराधसँग जोडिएको विषयमा पनि कुराकानी भएको प्रमाण देखिनुले यी सबै प्रतिवादीहरूलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गरी पाऊँ ।'

सरकारी वकिल खत्रीले समग्रमा सबै प्रतिवादीको कसूर पुष्टि हुने जिकिर लिएका थिए । सोमबार पनि सरकारी वकिलहरूले नै बहस गर्नेछन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोजेको भन्दै पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा 'बादल'का सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मियाँसहित १८ जना र फरार रहेका १२ जना गरी ३० जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

थुनछेक बहसपछि प्रतिवादीलाई साधारण वा धरौटी तारेखमा छाड्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने निर्णय हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x