×

NMB BANK
NIC ASIA

अकला मन्दिर पुनर्निर्माण : काम अपुरो गरेर ठेकेदार बेपत्ता

गोरखा | जेठ २२, २०८०

NTC
Premier Steels

भूकम्पले क्षति पुर्‍याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्त्व बोकेको प्रसिद्ध अकला मन्दिर पुनर्निर्माणको काम अलपत्र परेको छ ।  

Muktinath Bank

गोरखा नगरपालिका–१४ स्थित गोप्लिङमा रहेको अकला मन्दिर झण्डै ३ वर्षदेखि पुनर्निर्माणको काम अलपत्र रहेको मन्दिरका पुजारी भोजराज जैसीले बताए । गोरखा भूकम्पले क्षति पुर्‍याएपछि पुनर्निर्माण शुरू गरिएको अकला मन्दिर २०७८ असोजभित्रै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अझैसम्म पनि निर्माण पूरा हुन नसकेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोरखा नगरपालिकाले ‘अकला मन्दिर पर्यटकीय पूर्वाधार’ परियोजनामार्फत २४ लाख १० हजार ८८५ रुपैयाँमा गोर्बुङ राना निर्माण सेवासँग मन्दिर पुनर्निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।


Advertisment
Nabil box
Kumari

ठेकेदार कम्पनीको लापरबाहीका कारण मन्दिर पुनर्निर्माणको काम अलपत्र परेको हो । मन्दिर पुनर्निर्माण अलपत्र पारेको कम्पनीलाई नगरपालिकाले पटक–पटक म्याद थप गर्दा समेत पुनर्निर्माणको काम सम्पन्न हुन नसकेको नगरपालिकाले जनाएको छ ।

Vianet communication

दैनिक सयौं भक्तजन पूजाआजाका लागि पुग्ने गरेको अकला मन्दिर पुनर्निर्माणको काम नहुँदा अलपत्र मन्दिरमा भक्तजन पूजा गर्न बाध्य भएको पुजारी जैसीले बताए । ‘काठ भएन भनेर ठेकेकारले काम गर्न नसकेको भन्दै आएको छ,’ उनले भने, ‘काम अपुरो गरेर ठेकेदार कता गयो भन्ने थाहा छैन ।’

नगरपालिकाले मन्दिर निर्माणका लागि स्टेमेट डिजाइन गर्ने क्रममा काठको मूल्य नराखी डिजाइन गरेर ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेकाले काठ कसले उपलब्ध गराउने भन्ने विवादका कारण निर्माणको काममा समस्या भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर महतले बताए ।

‘नगरपालिकाले ठेक्का गराउँदा काठको मूल्य नै नराखी गराएको रहेछ,’ उनले भने, ‘अहिले हामीले वरपर रहेको ५ समितिमार्फत काठ जोहो गरिरहेका छौं, अब केही दिनमा बाँकी रहेको काम अघि बढाउँछौं ।’

मन्दिर पुनर्निर्माणका लागि ठेक्का सम्झौता गर्ने क्रममा पुनर्निर्माणका लागि आवश्यक पर्ने काठ स्थानीय वन समितिले काठ उपलब्ध गराउने शर्तमा ठेक्का सम्झौता भएको अध्यक्ष महतको भनाइ छ तर स्थानीय सामुदायिक वनले काठ उपलब्ध गराए पनि अपुग भएकाले मन्दिर निर्माणमा ढिलाइ भएको उनले बताए ।

अहिले थप ३ सामुदायिक वनबाट ३०० सेफ्टी काठ उपलब्ध भएकाले मन्दिरका लागि आवश्यक झ्याल ढोका निर्माणको काम सुरु भएको अध्यत महतले बताए । मन्दिरका लागि आवश्यक झ्याल, ढोका कलात्मक र पुरानै संरचनाअनुसार हुनुपर्ने भएकाले बाहिरबाट कामदारले काम गरिरहेको उनको भनाइ छ ।  

मन्दिरको पुनर्निर्माणको काम अलपत्र परेपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत निर्माणाधीन मन्दिरको अवलोकन गरेर निर्माणको काम अघि बढाउन निर्देशन दिएका थिए । स्थानीयले भने नगरपालिकाका प्राविधिकको कमजोरीका कारण पनि मन्दिर पुनर्निर्माणमा ढिलाइ भइरहेको आरोप लगाएका छन् ।

ठेकेदार कम्पनीका जीवन रानाले सम्झौता अनुसारको काठ नपाउँदा काम सम्पन्न गर्न नसकेको स्वीकार गरेका छन् । ‘नगरपालिकासँग सम्झौताका क्रममा नै स्थानीय वन समूहले आवश्यक काठ दिने शर्तमा काम थालेको हो,’ उनले भने, ‘समितिले समयमा काठ नदिँदा झ्याल, ढोका, नाल र मुसल बनाउन पाएनौं अनि काम रोकियो ।’

उनले आवश्यक काठ उपलब्ध भएको थप ४ महिनामा काम सक्ने दाबी समेत गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x