×

NMB BANK
NIC ASIA

सत्तारुढ दलको हविगत

चुनौतीको चाङमा माओवादी : प्रचण्डको सिंहदरबार यात्राले पार्टी संरचना भद्रगोल

काठमाडाैं | जेठ २६, २०८०

NTC
Premier Steels

१० वर्षे सशस्त्र द्वन्द्व चलाएको (माओवादी केन्द्र)ले पछिल्लो १६ वर्षमा अनेक उतारचढाव भोग्दै आएको छ । माओवादीले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा २४० सीटमा १२० सीट प्रत्यक्ष जितेर तहल्का मच्यायो । समानुपातिकतर्फ साढे ३१ लाख मत ल्याएर १०० सीट जित्दै माओवादीले आफ्नै नेतृत्वमा सरकार बनायो । 

Muktinath Bank

संविधानसभा निर्वाचन, संघीयता, समावेशिताजस्ता मुद्दा स्थापित गराउन माओवादी केन्द्रले ठूलो राजनीतिक योगदान पनि दियो । त्यसयताका निर्वाचनमा भने माओवादी केन्द्र झन् पछि झन् कमजोर बन्दै आएको छ । राजनीतिमा एउटा शक्तिको रूपमा छोटो समयमा उभार ल्याएको माओवादी छोटै समयमा चिराचिरामा विभाजित भएपछि भने कमजोर बन्दै गएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्ता र शक्तिको राजनीतिमा सानो दलका रूपमा सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । तर, दुई दल कांग्रेस र एमालेपछि तेस्रो दलको रूपमा स्थान पक्का गर्दै आएको माओवादीलाई गत मंसिरको निर्वाचनदेखि चुनौती थपिएको छ । पार्टी स्थापना भएको छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टीले २० सीट ल्यायो । उपनिर्वाचनमा थप एक सीट पनि जित्दा परम्परागत दललाई २०८४ को चुनावमा पुरानो विरासत थाम्न जटिल हुने देखिएको छ । यी दलभित्रको आन्तरिक मूल्यांकनमा नसच्चिए झनै कठिन अवस्था आउने बुझाइ छ । 


Advertisment
Nabil box
Kumari

२०६४ को निर्वाचन एक्लै लडेर प्रभावशाली उपस्थिति देखाएको माओवादी २३० बाट ८३ मा खुम्चियो । २०७४ मा एमालेसँग मिलेर चुनाव लड्दा ५३ सीटमा आएको माओवादी २०७९ भएको निर्वाचनमा कांग्रेससँगको गठबन्धनबाट लड्दा खुम्चेर ३२ सीटमा झर्न पुगेको छ । 

Vianet communication

टुटफुटको सकस, सांगठनिक रूपमा कमजोर रहेको माओवादीलाई अर्को दलको साथ पाउँदा पनि कम सीटमा खुम्चुनुपर्ने चुनौतीले घेरेको छ । 

कांग्रेस र एमालेको लडाईंले यही ३२ सीटको आधारमा सरकारको नेतृत्व गर्ने अवसर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । तर, चुनाव र सत्ता सन्तुलनमा कहिले एमाले र कहिले कांग्रेसतिर टाँसिनुपरेको माओवादीलाई थप चुनौती देखिएको छ । यसैले माओवादीका लागि अवसरभन्दा चुनौती बढी देखिएको छ । 

तेस्रो दलका रूपमा सरकार टिकाउनका लागि सबै प्रयत्न लगाउनुपरेको माओवादीका  आन्तरिक संगठन र संरचना चलायमान छैनन् ।

व्यवस्थित संगठन भएका कांग्रेस र एमाले समेत नयाँ दल रास्वपासँग तर्सिँदा माओवादी झन् बढी रक्षात्मक अवस्थामा पुगेको देखिन्छ । 

अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान एवं गृहमन्त्री भएका छन् । तर, सरकार टिकाउन र काम देखाउन गर्नुपरेको दौडधूपका बीच पार्टीमा भने असन्तुष्टि छ । पार्टीका मन्त्री पनि आफ्नै काममा व्यस्त हुँदा पार्टी संगठन र संरचनाका काम छायाँमा परेका छन् । 

‘आफ्नै नेतृत्वमा सरकार भएपछि पार्टीभन्दा त्यता ध्यान जानु एक हिसाबले ठीकै हो । तर, अध्यक्ष र वरिष्ठ नेता नै सरकारमा बढी केन्द्रित हुँदा पार्टीका आन्तरिक गतिविधितर्फ उहाँहरूको पर्याप्त ध्यान गएको छैन,’ माओवादी नेता शाह भन्छन्, ‘प्रचण्ड प्रधानमन्त्री भएपछि केन्द्रीय समिति बैठक बसेको छैन । बैठक नबस्दा केही पदाधिकारी तथा स्थायी समिति बस्ने र निर्णय गर्ने गर्दा विरोध पनि भएको छ । महत्त्वपूर्ण निर्णय गर्दा पनि केन्द्रीय कमिटीलाई बेवास्ता गर्दा अर्को असन्तुष्टि छ । साथै, संगठन परिचालन र नियमित गतिविधि अगाडि बढ्न सकेका छैनन् ।’ बीचमा एकपटक भर्चुअल बैठक बसे पनि माओवादीको केन्द्रीय कमिटी बैठक नबसेको एक वर्षभन्दा लामो समय भइसकेको छ । 

नयाँ पार्टीप्रति मुख्यगरी शहरी र शहरसँग जोडिएका ग्रामीण भेगका युवाको आकर्षण एवं पुराना दलहरूप्रतिको वितृष्णाले माओवादीका युवा पनि आत्तिएको उनीहरूको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । पार्टी पदाधिकारी र जिम्मेवार पदमा युवालाई नभई पाका नेतालाई अवसर दिइएको, पार्टी 'रिफर्म'को एजेन्डा नआएको, जनवर्गीय चुनावको आधारमा नभई तदर्थवादमा चलेको भन्दै युवा नेताहरू आत्तिएका छन् । 

यसबीचमा प्रदेशमा दुई महिने सदस्यता नवीकरण अभियान, पार्टीका प्रदेश समितिको संरचनात्मक विकास र गतिविधि हुनुपर्ने भए पनि गति नलिएको उनी बताउँछन् । 

‘प्रदेशलाई हेरेर केही कार्यक्रम बनाइएको छ, तर जति गति लिनुपर्ने हो त्यो भइरहेको छैन भन्ने छ,’ उनी भन्छन्, ‘कोभिड र निर्वाचनपछि अर्थतन्त्रमा गम्भीर चुनौती त एकातिर छन् नै अर्कातिर निर्वाचनपछि हामी गम्भीर आत्मसमीक्षामा अगाडि बढ्नुपर्ने अवस्था छ । छिट्टै एउटा बाटो नसमाते हाम्रा आगामी दिन थप कठिन बन्नेछन् ।’ 

माओवादीका युवा नेता विशाल खड्का अबको निर्वाचनमा एक्लै चुनाव लड्न सक्ने पार्टी बनाएर जानुपर्ने बताउँछन् । केन्द्र र प्रदेशका सरकार टिकाउने र यसको प्रक्रियामा मात्रै लागिरहे अर्को चुनाव आइहाल्ने भन्दै खड्का चुनौतीलाई बुझ्नुपर्ने बताउँछन् ।

‘हामी बलियो र ठूलो हुन्छौं भनेर गठबन्धनबाट चुनाव लड्यौं, तर देशैभर आफ्ना उम्मेदवार नहुँदा हाम्रो सात/आठ लाख भोट हरायो । देशैभर एक्लै उठेर प्रयत्न गर्दा झन् बढी लहर ल्याउन सकिन्छ,’ उनी भन्छन्, ‘माओवादीहरूको एकताले मात्रै ठूलो पार्टी बन्न सकिँदैन, तर एक हुँदा मनोविज्ञान बलियो हुन्छ । यसैले पूर्व माओवादीलाई एकताबद्ध बनाउने, दक्ष युवालाई राजनीतिमा प्रवेश र अवसरको बाटो दिएर जानुपर्छ ।’ 

नयाँ पार्टीप्रति मुख्यगरी शहरी र शहरसँग जोडिएका ग्रामीण भेगका युवाको आकर्षण एवं पुराना दलहरूप्रतिको वितृष्णाले माओवादीका युवा पनि आत्तिएको उनीहरूको अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।

पार्टी पदाधिकारी र जिम्मेवार पदमा युवालाई नभई पाका नेतालाई अवसर दिइएको, पार्टी 'रिफर्म'को एजेन्डा नआएको, जनवर्गीय चुनावको आधारमा नभई तदर्थवादमा चलेको भन्दै युवा नेताहरू आत्तिएका छन् । 

‘नयाँ पुस्ता प्रविधि, सम्बन्ध, ज्ञान विज्ञानले दक्ष छ भने पार्टी परम्परागत रूपले चल्दा प्रभावकारी ढंगले चल्न सक्दैन,’ खड्का भन्छन्, ‘संगठन परिचालन र पार्टीलाई सामाजिकीकरण गर्ने, पार्टी संगठनका स्वरूप र क्रियाकलापलाई जोड्न महाधिवेशनले दिएको विशेष संगठनात्मक सम्मेलनको म्यान्डेटलाई पूरा गर्नुपर्छ । यसपछि पार्टीमा देखिएको कमजोरी हल भएर जान्छन् ।’

२०७८ पुसमा आठौं महाधिवेशनले विशेष संगठनात्मक सम्मेलन गर्ने भने पनि अध्यक्ष प्रचण्ड यसका लागि अझै तयार भएका छैनन् । 

पुराना ठूला दलसँगको उतारचढावपूर्ण सम्बन्ध र नयाँ दलको चुनौतीले पूर्व माओवादीलाई एक ठाउँमा उभिनुपर्ने चुनौती थपिएको छ । कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति बनाएर केही चरण कुराकानी भए पनि समाजवादी मोर्चा र पार्टी एकताले मूर्त रूप लिन सकेको छैन । एमाले बाहेकका शक्तिलाई समेटेर नयाँ र बलियो समाजवादी मोर्चा बनाउने तयारी माओवादीको छ, जसमा डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, विप्वलसहितका दललाई मिलाउने तयारीमा माओवादी देखिन्छ, तर यसले पनि मूर्त रूप लिएको छैन । 

सरकार जाँदा यसपटक प्रधानमन्त्री प्रचण्डलाई केही न केही सुधार देखिने गरी काम गर्नुपर्ने चुनौती छ । यही चुनौतीका बीच नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अहिलेसम्म गरेको कामका लागि चौतर्फी प्रशंसा पनि पाइरहेको छ । तर, अदालती प्रक्रियामा पुगेको यो विषयको अन्तिम किनारा कसरी लाग्छ भन्नेबाट सरकारलाई हेर्ने दृष्टिकोण थप प्रस्टिन्छ । शरणार्थी प्रकरणले तत्काल माओवादीका लागि लाभदायकजस्तो देखिएको छ । तर पनि आगामी चुनावसम्मै प्रभाव पार्नेगरी यसको लाभ उसले उठाइरहन सक्ने देखिन्न । 

माओवादीमा २३ सदस्यीय पदाधिकारी र ३८६ सदस्यीय केन्द्रीय कमिटी छ । साथै स्थायी कमिटी, वैकल्पिक केन्द्रीय सदस्य, सात प्रदेश संरचना छन् । प्रदेशमा इन्चार्ज पनि तोकिएको छ, तर मधेश प्रदेशमा मातृका यादव र गिरिराजमणि पोखरेलबीच को हावी हुने भन्नेमा विवाद छ । इन्जार्ज रहेका गणेश शाहले मिलाउन नसकेको आरोप दुवैले लगाउँदै आएका छन् । ३४ विभागमा संगठन, स्कूल, जलस्रोत तथा ऊर्जा, शहरी र स्वास्थ्य विभाग सक्रिय छन् । बाँकी विभाग राम्रोसँग चल्न सकेका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x